१३ चैत्र २०७७, शुक्रबार १७:०१ – Page 8 – Nagarikabhiyan : National News

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु,चिकित्सक फरार

सिरहा । सिरहामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वास्थित अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको हो । वान्ता आउने र ब्लडप्रेसर बढेपछि सोही गाउँपालिका-३ डन्डाटोल घर भएका महतो चैत ९ गते क्लिनिकमा भर्ना भएका थिए ।

‘क्लिनिकमा भर्ना भएकै दिनदेखि बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटकपटक अन्यत्र रिफर गर्न भने पनि चिकित्सक सञ्जय यादवले ‘यहीँ ठिक हुन्छ’ भन्दै जबरजस्ती राखेको लालबिहारीको भनाइ छ ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । चिकित्सक डा. सञ्जय यादव भने फरार भएको सिरहा प्रहरीले जनाएको छ ।

सिरहा प्रहरीका अनुसार क्लिनिक कुनै निकायमा दर्ता छैन । दर्ता भएका क्लिनिकमा पनि बिरामी भर्ना लिन पाइँदैन । तर, सिरहामा यस्ता घटना यसअघि पनि पटक-पटक दोहोरिएका छन् ।

होली जस्ता विभिन्न चाडपर्वमा मदिराको विज्ञापन नगर्न प्रेस काउन्सिल नेपालको अनुरोध

काठमाडौं ।  होलीजस्ता चाडपर्वमा मदिरालाई जोडेर विज्ञापन प्रचारप्रसार नगर्न प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यमलाई  निर्देशन दिएको छ ।

पत्रकार आचारसंहिता २०७३ विपरित काम गर्ने केहि सञ्चार माध्यमले होलीलाई लिएर मदिराहरुको विज्ञानपन प्रचारप्रसार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर विज्ञापन नगर्न निर्देशन दिएको हो ।

।

होली जस्ता विभिन्न चाडपर्वमा मदिराको विज्ञापन नगर्न आमसञ्चारमाध्यमलाई अनुरोध गर्दै विज्ञापन गरेको पाइएमा थप कानुनी प्रकृया अबलम्बन गर्न बाध्य हुने चेतावनी दिएको छ।

कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या  ३०२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित १ सय ५६ थपिएका छन् ।

आज ७० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७६ हजार ६ सय ६५ संक्रमित भएपनि २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ सय ९९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २२ लाख ५६ हजार ३ सय  जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५२ जना  रहेको छ ।

नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु, माधव समूहका नेतासमेत सहभागी

काठमाडौं ।  बिहीबार प्रधानमन्त्री  केपी ओलीले बोलाएको संसदीय दलको बैठक आज माधव समूहका नेतासमेत सहभागीले बैठक बालुवाटारमा सुरु भएको छ ।

 

पार्टी अध्यक्ष ओलीले विधान विपरित काम गरेको भन्दै बैठकमा नजाने अडान लिएका नेपाल समूहका नेता शुक्रबार बालुवाटार बैठकमा गएका हुन् । बैठकअघि बसेको केन्द्रीय कमिटीका सदस्यको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको हो । वरिष्ठ नेता झलनाथ खनालसहितका नेता बालुवाटार पुगेका हुन् ।

 

नेपाल र खनाल नेपाल समूहले आफ्ना अडानलाई यतावत राख्दै संसदीय दलको बैठकमा जाने निर्णय गरेको रघुजी पन्तले जानकारी दिए । बैठकमा को जाने वा नजाने भन्ने विषयमा छलफल नभएको तर बैठकमा गएर आफ्ना कुरा राख्ने निर्णय भएको उनको भनाइ छ ।

‘बैठकमा साथीहरू जानुहुन्छ र आफ्नो कुरा राख्नुहुन्छ,’ पन्तले भने, ‘पार्टीलाई बलियो र गतिशील बनाउनका लागि विधि र पद्दतिमा चलाउन संघर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ ।’

नेपाल–खनाल केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा गएरै अडानलाई कायम राख्ने निर्णय गरेको हो । विधानविपरित भएका निर्णय खारेज नभएसम्म पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीसँग सहमति नहुने निष्कर्ष बैठकको छ ।

बिहीबार नै ओलीले संसदीय दलको बैठक बालुवाटारमा बोलाएका हुन् । सरकारी निवासमा बोलाएको बैठकमा नेपाल समूहका केही नेता भने अनुपस्थित हुने भएका छन् । नेता पन्थले भने व्यक्तिगत कारण केही नेता उपस्थित नहुने दाबी गरे ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदैनौ: पौडेल

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय  प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपममा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्वपूर्ण कार्य रहेको बताए ।

वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुलुकलाई जोगाउन सबै दललाई आग्रह गरे । उनले सबै राजनीतिक दलबीच आपसी सहमतिमा सरकारको विकल्प खोज्ने गरी छलफल एवं गृहकार्य जारी रहेको औंल्याए । नेता पौडेलले आफ्नो पार्टीबाट वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउँदै अहिलेको अवस्थामा सत्तालाई प्राथमिकतामा नराखिएको स्पष्ट पारे ।

काठमाडौंमा चल्ने सवारीसाधनमा आजैदेखि कडाइ

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो।

सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरू राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको उनले बताए।

कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ। शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।

रामधुनी र कोशीका नागरिक संगठनका सदस्यहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

 सुनसरी । सुनसरीको रामधुनी नगरपालिका र कोशी गाउँपालिकाका नागरिक संगठनका सदस्यहरुको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्रको आयोजना र रामधुनी नगरपालिका तथा कोशी गाउँपालिकाको समन्वयमा दुवै पालिकाका नागरिक संगठनका सदस्यहरुको लागि क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम शुक्रबार सम्पन्न भएको हो । पालिकामा सरकारको कामलाई प्रभावकारी बनाउन नागरिक समाजको भुमिका, पालिकामा सुशासन, पारदर्शिता, जवाफदेहिता र वीधिको शासन स्थापना गर्न चाल्नुपर्ने कदमका बारेमा क्षमता अभिवृद्धि तालिम दिएको आयोजकले जनाएको छ ।

सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा नागरिक संगठनका सदस्यहरुको अर्थपूर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको जिल्ला सहजकर्ता रमेश भट्टराईले जानकारी दिनुभयो ।

तालिमको क्रममा सहजकर्ताहरुले सहभागीहरुलाई पालिकाको सामाजिक परिवेश तथा पहुँच ,स्थानीय तह तथा संरचनाको आयामहरु,मानव अधिकारमुखी अवधारणाको विकास,विकास र अधिकारको बुझाई, अवधारणाको क्रमबद्ध विकास,प्रतिनिधित्व र सहभागिता, पालिकामा भएगरेको अभ्यास र महत्व, नेता र नेतृत्व,यसको महत्व, नागरिक संगठनको गुण शैली र भमिका,नेतृत्व विकास र उत्प्रेरणा र उत्प्रेरणाका तत्वहरु लगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिममा कोशी र रामधुनीका २५ जना नागरिक संगठनका सदस्यहरुको सहभागिता रहेको थियो । मानव अधिकारका साथै सु–शासनका लागि स्थानीय स्तरमा पहल गर्दै आई रहेको सवाल र पदाधिकारीहरु पुर्ण रुपमा जवाफदेहिताको अभ्यासका बारेमा छलफल भएको थियो । तालिममा सहभागी भएकाहरुलाई संस्थाका निस्छल खडाल, दिवेश स्यामी, कविता चपागाई, फटिक थापा, रामधुनीका प्रशासयिक अधिकृत ओमकार न्यौपाने, कोशीका प्रमुख प्रशासयिक अधिकृत खगेन्द्र गिरी, मानव अधिकार सञ्जालका अध्यक्ष रमेश भट्टराई लगायतले प्रशिक्षण दिनुभएको थियो ।
१, सुनसरीको नागरिक संगठनका सदस्यहरुको लागि क्षमता अभिवृद्धि तालिमका सहभागीहरु । तस्विर : जयकृष्ण यादव । इनरुवा

 

 

ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट

काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए। उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ।

गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ। योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ।

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो। जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो। यस्तैगरी, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ। मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

भूमिहीन र सुकुम्बासी रहेका झापाका ८० हजार परिवारलाई जग्गाधनी पुर्जा दिने

काठमाडौं ।  झापा जिल्लाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका ८० हजार परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने गरी भूमि सम्बन्धी समस्या समाधान आयोगले काम तीव्र बनाएको आयोगका अध्यक्ष प्रेम गिरीले बताए ।

 

आयोगले ती परिवारको भूमि सम्बन्धी समस्या समाधान गरी धनीपुर्जा प्रदान गर्छ” अध्यक्ष गिरीले भने, “अघिल्ला आयोग, टोली, जग्गा दर्ता समितिले अधुरा छोडेका काम समेत यो आयोगले पूरा गर्छ ।

 

भूमि सम्बन्धी समस्या समाधानमा राजनीतिक दललगायत अन्य सरोकारवालासँग समेत छलफल र सहजीकरण गर्ने, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले सहज सेवा लिन सक्ने वातावरण तयार गर्ने विषयमा जोड छ । भने अबको डेढ महिनाभित्र सबै पालिकाबाट भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन भइसक्ने  अध्यक्ष गिरीले बताएका हुन् ।

 

संविधानले मौलिक अधिकारको रुपमा निर्दिष्ट गरे अनुसार आयोगले मुख्य रुपमा तीन वटा कामलाई प्राथमिकतामा राखेर  भूमिहीन दलित र भूमिहीन सुकुम्बासी, भोगचलन गरिरहेको अव्यवस्थित बसोबासी र विगतका अधुरा काम समेत पूरा गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

 

आयोगले ऐलानी, प्रतिजग्गा र आवात भएको जमिनको विषयमा निर्णय गरेपनि संघ संस्था तथा नेपाल सरकारकै जग्गाको विषयमा केही गर्न नसक्ने जनाइएको छ । आयोगले स्थानीय तहसँग सम्झौता गरेर मात्रै काम गर्ने र स्थानीय तहलाई नै जिम्मेवार बनाएर वास्तविक सुकुम्बासीसम्म पुग्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष गिरीको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको बिदा सुची सार्वजनिक, कर्मचारीलाई कति दिन बिदा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकका  कर्मचारीहरुका लागि सार्वजनिक विदाको सुची जारी गरेको छ । सुची अनुसार अबदेखि बैंकका कर्मचारीले  ३१ दिन सार्वजनिक विदा पाउने  हो । नयाँ वर्षको पनि विदा पाउने भएको छन् ।

बैकका कर्मचारीहरुले ५ दिन दशै विदा र ४ दिन तिहारको विदा पाउने भएका छन् । बैकको कर्मचारीहरुले मछिन्द्रनाथको भोटोजात्रा, गाई जात्रा, घोडे जात्रा, इन्द्र जात्रामा पनि विदा पाउने भएका छन् । अन्य धर्म तथा समुदायका चाडपर्वहरुमा पनि १० दिनको विदा पाउने भएका छन् ।

त्यस्तै, गर्मी महिनाको हकमा बैंकहरु आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबार १० देखि साँढे बजेसम्म खुला रहने भएको छ ।

नेपाल-खनाल समूहका केन्द्रीय सदस्यहरुको बैठक राजधानीमा शुरु

काठमाडौं ।  नेकपा एमालेका  नेपाल-खनाल समूहका केन्द्रीय सदस्यहरुको बैठक राजधानी काठमाडौंको कलंकी स्थित मेघा पार्टी प्यालेसमा शुरु भएको छ ।

आज बसेको केन्द्रीय सदस्यहरुको बैठकले भावी रणनीति बनाउन  खनाल नेपाल पक्षको बैठकमा आजै अपरान्हका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागि हुने नहुने बारे छलफल हुँदैछ ।

स्रोतका अनुसार खनाल नेपाल पक्षका सांसदहरु शुक्रवारको बैठकमा सहभागि हुँदैछन् । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले अपरान्ह ३ बजे बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरेका छन् । चैत्र ७ गते शनिवारको बैठकमा खनाल नेपाल पक्ष सहभागि भएको थिएन ।

खनाल नेपाल पक्षको बैठकमा स्पष्टीकरणको जवाफ पठाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल हुने बताइएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएकोमा नेपाल र रावलले बिहीवार स्पष्टीकरण बुझाएका थिए ।

अर्का एक केन्द्रीय सदस्यका अनुसार जिल्ला तहसम्म समानान्तर गतिविधि सञ्चालन गर्ने तयारी छ । खनाल नेपाल पक्षले युवा र विद्यार्थी संगठनको राष्ट्रिय भेला गरी समानान्तर कमिटी गठन गरिसकेको छ । युवा संघको अध्यक्षमा नरेश शाही र विद्यार्थी संगठनको अध्यक्षमा सुदेश पराजुलीलाई जिम्मेवारी दिइसकेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भने गुटगत भेलालाई निरन्तरता दिएको भन्दै नेपाल समूहसँग सम्झौता नगर्ने बताएका छन् । ओलीले गुटसँग सौदावाजी नगर्ने सांसद र केन्द्रीय सदस्यसँग व्यक्तिगत तवरमा छलफल गर्ने बताउँदै आएका छन् ।

भारतबाट आएका तीन जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिममा भारतबाट आएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३ जनाको स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार डोटीका एक जना र कैलालीका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गौरीफन्टा नाका भएर आएका शंकास्पद २३ जनाको स्वाब परीक्षण गरिएको थियो ।

यस्तै सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका–१ का ४४ वर्षीय पुरुष, धनगढी(३ का ४५ वर्षीया महिला र पुनर्वास नगरपालिका(५ का ५४ वर्षीय पुरुषको आइसीयूमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

ग्यास सिलिण्डर विस्फोट हुँदा होटल सञ्चालकको मृत्यु र ५ ग्राहक घाइते

काठमाडौं ।  भक्तपुरमा खाना पकाउने ग्यास विस्फोट हुँदा होटल सञ्चालकको मृत्यु र ५ ग्राहक घाइते भएको छ ।

 

सूर्यविनायक नगरपालिका ५ सृजनानगरस्थित भीमेश्वर मःमः एण्ड चिकेन हाउसका सञ्चालक टिकाराम बस्नेतको शुक्रबार बिहान ज्यान गएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।

दोलखा सैलुङ गाउँपालिका ६ का ३९ वर्षीय बस्नेत परिवार भक्तपुरमा होटल सञ्चालन गर्दै आएका थिए।

शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा सञ्चालित होटलमा गत चैत ८ गते साँझ खाजा बनाउने क्रममा सिलिण्डर बिस्फोट भएको हो। खाजा खान आएका ५ जना ग्राहक पनि घाइते भएका छन्। घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ।

उनीहरुलाई तत्काल डा.इवामुरा अस्पता सल्लाघारी र मध्यपुर अस्पताल ठिमीमा लगिएको छ। बस्नेतको भने किर्तीपुर बर्न सेन्टरमा उपचारकै क्रममा शुक्रबार ज्यान गएको हो।

दोलखा सैलुङ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की गम्भिर घाईते छन्।

झापाको बुद्धशान्ति गाउँपालिका २ घर भई हाल सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक नगरपालिका ५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा पनि घाइते छन्।

उनीहरुको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बाँके, नेपालीहरूलाई भारत जान रोक

काठमाडौं ।  भारतमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थाले पछि नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ ।

 

बाँकेका स्थानहरूलाई किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान नेपालीहरूलाई भारत प्रवेशमा  रोक लगाइएको छ ।

भारतबाट कोरोना संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

साथै भारतबाट आएका नागरिकहरू १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने छ । यो सँगै भारतबाट फर्किने नेपालीहरूका लागि स्वास्थ्य परीक्षणका लागि जमुनाह नाकामा स्वास्थ्य कक्ष पनि स्थापना गरिएको छ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा प्रदेश-२ मुख्यमन्त्री राउतका पीएसओको मृत्यु

काठमाडौं ।  जनकपुर बर्दिवास स्थित ट्रकले ठक्कर दिँदा  मोटरसाइकल दुर्घटनामा प्रदेश-२ का  मुख्यमन्त्री लालबाबु राउतका पीएसओको मृत्यु भएको छ ।

धनुषाको जनकपुर बर्दिवास सडखण्ड अन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई मदनजंग कापरको मृत्यु भएको हो ।

शुक्रबार विहान करिब ३ बजे बर्दिवासबाट जनकपुरतर्फ आउँदै गर्दा असई कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको बताइएको छ ।

प्रहरीले ठक्कर दिने ट्रकलाई सुनसरीबाट नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उपेन्द्र यादवले भने संविधान र संसदमाथि ओलीले प्रहर गरे “ओलीलाई सरकारबाट हटाउनैपर्छ”

काठमाडौं ।  आज शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार भेटघाटमा  जसपाका  अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको र वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताएका छन् ।

 

सर्वोच्चको फैसलालले विघटित प्रतिनिधि सभा पुनस्थापित गरे पनि संविधान र संसदमाथि प्रहार गरेपछि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले ओलीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ, अध्यक्ष यादवले बताए ।

 

प्रधानमन्त्री ओलीले अहिले फेरि पुनःस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप पनि लगाए । उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताए ।

‘राष्ट्रपतिले बोलाएको सर्वदलीय वैठकमा पनि प्रधानमन्त्रीले स्पष्टरुपमा संसदलाई निकम्मा देखाएर फेरि भंग गर्ने भरमग्दूर प्रयास गर्नुभएकै हो,’ यादवले भने,’राष्ट्रिय सभा बैठक नबोलाउनु पनि त्यसकै लागि हुनसक्छ ।’

सरकारसँग पार्टी नेताहरुले गरेको वार्ता रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागिमात्र भएको भन्दै यादवले जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारे । ‘राजबन्दीको रिहाई र मुद्दा फिर्ता एउटा पाटो हो, सरकारमा सहकार्य अर्को पाटो हो,’ यादवले भने, ‘ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी हो, त्यसैले जसपा यो सरकारमा कुनै हालतमा जान्न ।’

अहिलेको राजनीतिक अस्थिरता,अन्योलताको मुख्य कारण वर्तमान सरकार र प्रधानमन्त्री ओलीको निरंकुश,संविधान र स्वेच्छाचारी प्रवृत्ति भएको यादवले आरोप लगाए ।

पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले पार्टी नफुट्ने दावी गरे । ‘सरकारसँग भइरहेको वार्तालाई लिएर केही भ्रम उत्पन्न भएको छ, तर पार्टी फुट्दैन,’ यादवले भने, ‘फुट्नेहरुको अस्तित्व रहन्न, विगतमा लगानी गरेर फुटाल्नेहरुले पनि के पाए भन्ने थाहा पाइसके ।’