ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा प्रदेश-२ मुख्यमन्त्री राउतका पीएसओको मृत्यु – Nagarikabhiyan : National News

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा प्रदेश-२ मुख्यमन्त्री राउतका पीएसओको मृत्यु

काठमाडौं ।  जनकपुर बर्दिवास स्थित ट्रकले ठक्कर दिँदा  मोटरसाइकल दुर्घटनामा प्रदेश-२ का  मुख्यमन्त्री लालबाबु राउतका पीएसओको मृत्यु भएको छ ।

धनुषाको जनकपुर बर्दिवास सडखण्ड अन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई मदनजंग कापरको मृत्यु भएको हो ।

शुक्रबार विहान करिब ३ बजे बर्दिवासबाट जनकपुरतर्फ आउँदै गर्दा असई कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको बताइएको छ ।

प्रहरीले ठक्कर दिने ट्रकलाई सुनसरीबाट नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।