चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु,चिकित्सक फरार
१३ चैत्र २०७७, शुक्रबार १७:०१
सिरहा । सिरहामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वास्थित अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको हो । वान्ता आउने र ब्लडप्रेसर बढेपछि सोही गाउँपालिका-३ डन्डाटोल घर भएका महतो चैत ९ गते क्लिनिकमा भर्ना भएका थिए ।
‘क्लिनिकमा भर्ना भएकै दिनदेखि बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटकपटक अन्यत्र रिफर गर्न भने पनि चिकित्सक सञ्जय यादवले ‘यहीँ ठिक हुन्छ’ भन्दै जबरजस्ती राखेको लालबिहारीको भनाइ छ ।
चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । चिकित्सक डा. सञ्जय यादव भने फरार भएको सिरहा प्रहरीले जनाएको छ ।
सिरहा प्रहरीका अनुसार क्लिनिक कुनै निकायमा दर्ता छैन । दर्ता भएका क्लिनिकमा पनि बिरामी भर्ना लिन पाइँदैन । तर, सिरहामा यस्ता घटना यसअघि पनि पटक-पटक दोहोरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया