बाँके, नेपालीहरूलाई भारत जान रोक – Nagarikabhiyan : National News

बाँके, नेपालीहरूलाई भारत जान रोक

काठमाडौं ।  भारतमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थाले पछि नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ ।

 

बाँकेका स्थानहरूलाई किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान नेपालीहरूलाई भारत प्रवेशमा  रोक लगाइएको छ ।

भारतबाट कोरोना संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

साथै भारतबाट आएका नागरिकहरू १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने छ । यो सँगै भारतबाट फर्किने नेपालीहरूका लागि स्वास्थ्य परीक्षणका लागि जमुनाह नाकामा स्वास्थ्य कक्ष पनि स्थापना गरिएको छ ।