१५ चैत्र २०७७, आईतवार ११:३४ – Page 7 – Nagarikabhiyan : National News

मिथिला मध्यमा परिक्रमा आज सम्पन्न हुँदै, होली भोली मनाइने

जनकपुरधाम । मिथिलाको बहुचर्चित धार्मिक एवां एतिहासिक ‘मिथिला माध्यमिकी’ परिक्रमा सम्पन्न आज हुँदै छ। १४ दिन अघि शुरु भएको यात्रा आज १५ दिन जनकपुरको अन्तरगृह परिक्रमासंगै सम्पन्न हुनेछ ।

जनकपुरबाट विधिवत रुपमा शुरु भएको परिक्रमा फागु पुर्णिमा अर्थात आजको दिन जनकपुरको अन्तरगृह परिक्रमा पछि सम्पन्न भएपछि जनकपुरमा फागु उत्सव मनाउने तयारी शुरु हुनेछ । परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्टबाट मुक्ति एवं इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ।

फागुन औसींका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट परिक्रमा सुरु भएको थियो। मिथिलाविहारी (रामजानकी) को डोला जनकपुर ल्याई विभिन्न मठमन्दिरका डोला समाहित गरेर परिक्रमा प्रारम्भ गरिन्छ। फागु पूर्णिमा अर्थात् अजकै दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी यो उत्सव समापन गरिन्छ।

परिक्रमा धनुषा र महोत्तरीका दर्जनौं धार्मिक/ऐतिहासिक स्थानको ९० किलोमिटर र भारतको ३० किलो मिटर गरी १ सय २० किलोमिटर भूभागको यात्रा गरिन्छ। बृहत्, मध्य र अन्तरगृह गरी ३ प्रकारको परिक्रमा गरिन्छ। तर विभिन्न समस्याका बाबजुद परिक्रमामा सहभागी हुनेको संख्या अहिले पनि उल्लेखनीय छ।

परिक्रममा रामजानकीको डोलासँगै परम्परागत बाजागाजासहित मौलिक पहिरनमा लाखौं नरनारी सहभागी हुने गर्छन्।

१५ दिने परिक्रमाअन्तर्गत क्रमशः जनकपुरको हनुमाननगर, भारत विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल )भारत) र यात्राको अन्तिम दिन अर्थात् १५औं दिन जनकपुरको अन्तरगृहपरिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुन्छ।

परिक्रमामा धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत भारतका सीतामढी, मधुवनी, दरभंगालगायत स्थानबाट हजारौं हजार श्रद्धालु भक्तजन तथा साधुसन्त सहभागी हुन्छन्। प्रायः वृद्ध उमेरका मानिसको बढी सहभागिता हुन्छ।

टायरगाडा्, साइकल र टाउकोमा बन्दोबस्तीका समान लिएर हरेक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुइँ खनेर चुलो बनाई खाना पकाउनु, भजन/किर्तनलगायत धार्मिक गतिविधि गर्नु परिक्रमामा सहभागीको धर्म हो।

पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् । त्यस्तै परिक्रमामा बास बस्ने हरेका ठाएँका स्थानीयबास्दिा र विभिन्न संघसंस्थाहरुले सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् ।

स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुण्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।

ब्याजवापत श्रमसँगै यौन शोषण

साेलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ। छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ।

शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताए। आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ।

“ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उनको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो”, भावुक हुँदै पीडित महिलाले भनिन्, “आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ।”

घरायसी कामसँगै तीन÷चार दिनको अन्तरमा उनीमाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ। “ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”, महिलाले भनिन्, “दिनभरि कामको थकानसँगै उसलाई यौन चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो।”

आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उनको भनाइ छ। गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ तर पीडक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताए।

यौन प्यास मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ। “शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो”, महिलाले सुनाइन्, “केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ।”

श्रम शोषण गरिरहेका पीडक राईले २०७५ सालदेखि भने निरन्तर यौन शोषणसमेत गर्ने गरेको पीडित महिलाले बताइन्। पीडित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौन प्यास मेटाउने गरेको महिलाको गुनासो छ। रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्कीसमेत दिने गरेको उनले बताइन्।

खड्गबहादुरको व्यवहारको विषयमा पीडितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ तर आफूहरुसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ।

खड्गबहादुर र पीडित महिलाबीचको सम्बन्धका बारेमा पीडकको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको आरोप छ। घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ।

महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता

सामान्य विवाद हुँदा समेतछिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ। आफूहरु पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले बताइन्। जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई रु एक लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ।

यता पीडित पक्षले भने आफूहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन्। पीडक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशङ्का आफूहरुमा रहेको पीडित महिलाको भनाइ छ।

अब झनै ज्यान जोखिममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ। पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाइ छ।रासस

नेपालमा एक लाख १७ हजार क्षयरोगी

काठमाडौँ । सरकारी आँकडाअनुसार वार्षिक हजारौँ नयाँ क्षयरोगी भेटिने गर्छन् । यति धेरै सङ्ख्यामा क्षयरोगी थपिँदा समेत क्षयरोगी चिन्न गाह्रो हुन्छ । समाजको डरले उसले रोग लुकाएर राखेको हुन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोण पुरानै रहेको बताए ।

समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको जानकारी दिँदै रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनी बताउँछन् । नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका निर्देशक डा. भट्टचनले हाल देशमा नयाँ तथा पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगी रहेको अनुमान गरिएको बताए । करिब ४१ हजार क्षयरोगी पत्ता लाग्न नसकेको जानकारी उनले दिए। क्षयरोग सर्वेक्षणअनुसार हाल नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ ।

अहिले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला र ७२ जिनएक्स्पर्ट केन्द्र एवं दुईवटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोग निदान सेवा प्रदान गरिँदै आइरहेको उनले बताए । यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, छ डीआर होस्टल, एकवटा डीआर होम छन् ।

गत वर्षको तथ्याङ्कअनुसार औषधि प्रतिरोधी क्षयरोगका ३८४ जना बिरामी अर्थात् करिब १७ प्रतिशत मात्रै उपचारको दायरामा आएका थिए । निर्देशक भट्टचनका अनुसार सरकारले दिगो विकास लक्ष्यलाई पछ्याउँदै सन् २०३० मा क्षयरोगमुक्त देश बनाउने योजना भने जारी नै राखेको जानकारी गराए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईको सपना पूरा हुँदै, आजदेखि घरघरमा मेलम्चीको पानी

काठमाडौं ।  कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आज आईतवार खस्नेछ ।

अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन । आयोजनाका अनुसार तयारी पूरा भएको छ ।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आईतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताएका छन् । उनका अनुसार मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल) का पुराना पाइपलाइनबाटै वितरण गरिने भएको छ ।

सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्ने छ । मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ ।

सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो । पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो । मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो तर अहिले ६० लाखभन्दा बढीको बसोबास छ । तापनि अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ ।

बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले पानीको महसुल तत्कालका लागि पुरानै रहने बताएका छन् । ‘पुरानो सिस्टमबाट मेलम्चीको पानी थपिने हो,’ राणाले भने, ‘नयाँ सिस्टमको परीक्षण सकिएपछि नयाँ धाराबाट पनि पानी आउने छ ।’

नयाँ र पुराना दुबै पाइपलाइनबाट पानी आउन थालेपछि मात्रै नयाँ महसुल निर्धारण गरिने राणाको भनाइ छ । सरकारले हालै मात्र महसुल निर्धारण आयोगलाई पूर्णता दिएको छ ।

काठमाडौंमा सुरूमा ४ करोडदेखि साढे ६ करोड हुँदै साढे ८ करोड लिटर मेलम्चीको पानी झर्नेछ । बैशाखसम्म मात्रै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौं आइपुग्नेछ । ‘ट्रायल पनि हुन्छ, पहिलो दिनमै सबै ठाउँमा पानी नआउन सक्छ,’ उनले भने ।

उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने छ । यो उपत्यकाको मागअनुसार एकतिहाइ हो । उपत्यकामा पूर्णरूपमा पानीको माग धान्न यांग्री र लार्केको पानी ल्याइने छ ।

प्रवक्ता पन्तका अनुसार यांग्री र लार्केको पानी ल्याउन ९ किलोमिटर सुरुङ खन्ने तयारी छ । यी २ आयोजनाबाट १७–१७ करोड लिटर पानी थपिने छ । ‘कुन विधिबाट काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन,’ उनले भने । यांग्री र लार्केको सुरुङ निर्माण गर्न ५ वर्षभन्दा बढी लाग्ने देखिएको छ । मेलम्ची, यांग्री र लार्केबाट गरी उपत्यकामा ५१ करोड पानी ल्याउने योजना छ ।

आयोजनाका अनुसार घरमा बस्ने व्यक्तिको अनुपात हेरी बिहान, बेलुकी पानी आउने छ । घरमा दिने पानीको पाइप आधा इन्चको छ । औसतमा ५०० लिटर पानी दिँदा धेरै व्यक्ति बस्ने घरमा २ हजार लिटरसम्म जानेछ ।

मेलम्चीको सुरुङ निर्माण गर्न २०६५ फागुन ८ गते चिनियाँ कम्पनीसँग २०७० असोज ३० गतेभित्र काम सक्ने गरी सम्झौता गरिएको थियो । तर ६.५ किलोमिटर खन्ने तथा सपोर्ट लगाउने काम सम्पन्न गरे पनि १ वर्षभित्र सम्झौताअनुसार काम हुने नदेखिएपछि २०६९ असोज १० गते सम्झौता रद्द गरिएको थियो ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले गत वर्ष कात्तिकमा गरेको अध्ययनअनुसार सो समय सम्झौताको १५ प्रतिशत मात्रै भौतिक काम भएको थियो ।

हेडवक्र्स तथा सुरुङ निर्माणका बाँकी काम सम्पन्न गर्न २०७० असार ३१ गते इटालीको सीएमसी डी राभेन्नासँग सम्झौता भएको थियो । त्यसअनुसार २०७३ असोज १४ गते सक्ने कबोल भए पनि काम हुन सकेको थिएन । त्यसै समयमा भूकम्प र नाकाबन्दीबाट आयोजना थप प्रभावित बनेको थियो ।

कबोलअनुसार धेरै काम भए पनि सीएमसी इटालीमा इन्सोभेलेन्सी प्रक्रियामा गएको र आयोजनालाई जानकारी नगराई अचानक छाडी हिँडेका कारण निर्माण कार्य अवरुद्व भएको थियो । सोही कारण ठेक्का सम्झौता रद्द भएको समिति सभापति कल्याणीकुमारी खड्का संयोजक रहेको समितिको अध्ययन प्रतिवदेनमा उल्लेख गरिएको छ ।

आयोजनाको सुरूआती लागत १७ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ अनुमान गरिएको थियो । तर सुरुङ, हेडवक्र्स, सडक लगायतमा झण्डै ३० अर्ब खर्च भइसकेको जनाइएको छ ।

उपत्यकामा पानी वितरण गर्न केयूकेएलले १ हजार १०० किलोमिटर पाइपलाइन निर्माण गरेको छ । २०० किलोमिटर पाइपलाइनको काम अघि बढेको छ । प्रत्येक घरमा चैतभित्रै पानी पुर्‍याउने गरी धारा जडान गरिएको छ । १ लाख १० हजार धारा जडान गर्नुपर्नेमा अधिकांश सम्पन्न भइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा देखाएका थिए मेलम्चीको सपना । भट्टराईले निर्वाचनका बेला मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका थिए । त्यसको २९ वर्षपछि त्यसले साकार रूप लिँदैछ ।

उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मेलम्चीसहित २२ वटा विकल्प २०४१ सालमा पहिचान गरिएको मेलम्ची खानेपानी विकास समितिको २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारले खानेपानीको खोजी गर्ने क्रममा २०२९ सालदेखि पानीका सम्भाव्य स्रोतहरुको अध्ययन थालेको पनि प्रतिवेदनमा जनाइएको छ ।

‘विक्रम संवत् २०४९ सालको तुलनात्मक अध्ययनले प्रत्येक नदीबाट १७ करोड लिटरका दरकाले दैनिक ५१ करोड लिटर पानी काठमाडौं उत्पत्यकामा आपूर्ति गर्न उपयुक्त हुने आर्थिक तथा प्राविधिक रूपमा उत्तम विकल्प हुन आएका मेलम्ची, यांग्री र लार्के नै हुन् भन्ने निष्कर्ष निकालेको थियो,’ प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राणाले सरकारले मेलम्चीको अध्ययन २०३५ सालमा थालेको बताए । त्यसबेला बिनी एण्ड पार्टनरलाई अध्ययन गर्न जिम्मा दिएको थियो ।

लगानीकर्ता पहिचान गरी आयोजना कार्यान्वयन गर्न २०५२ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो । २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसपछि २०५७ सालमा एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने सहमति जनाई ऋण सम्झौता गरियो। आयोजनाको काम २०५८ र सुरुङ निर्माण २०६६ सालमा थालिएको थियो । यसरी आयोजनाको काम सुरू भएको २० वर्षमा मेलम्चीको पानी काठमाडौं सुन्दरीजलसम्म आइपुगेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

 

आज पहाडी भेगमा होली मनाइँदै, तराईमा भोलि मनाइने

काठमाडौं ।  आज रङहरुको पर्व होली फागूपूर्णिमाको दिन पहाडी भेगमा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ। तराईमा भोलिमात्रै होली मनाइन्छ।

 

फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ।फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन्। होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ।

काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरुभएको मानिन्छ। होलीपर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ। तर तराईका थारु समुदायमा होली तीनदिनसम्म मनाइन्छ ।

अझ कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु र कठरिया समुदायले करिब पन्ध्रदिनसम्म होली धुमधामकासाथ मनाउने गर्छन् । होली पर्व सदभावको पर्व हो, वैरभाग नराखी स्वतन्त्रतापूर्वक मनाउने गरिन्छ ।

बस र स्कुटर ठोक्किँदा बाबुछोरीसहित ३ जनाको मृत्यु

काठमाडौं ।  बस र स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ ।

शनिबार साँझ  चितवन जिल्लाको भरतपुर महानगरपालिका–२२ पटिहानी पकौडी बजार स्थित सवा ६ बजेतिर स्कुटरमा बाबुछोरी  चढेकाहरु र  बस ठोक्किँदा  दुर्घटनामा तीनैजनाको  ज्यान गएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको छ ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरु तीनैजना मोहनले चलाएको ना ४० प ७०८२ नम्बरको स्कुटरमा सवार थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए ।

स्कुटरविपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएको डिएसपी थापाले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई भरतपुरको सरकारी अस्पतालमा पठाइएको थियो ।

उपचारको क्रममा सोही अस्पतालमा साँझ ७ बजेतिर उनीहरुको निधन भएको डिएसपी थापाले जानकारी दिए ।

 

थ्री नेसन्स कप – नेपाल फाइनलमा

काठमाडौं ।  नेपाल र बंगलादेशबीच  शनिबार भएको “थ्री नेसन्स कप” फुटबलको खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग पनि गोलरहित बराबरी खेलेको हो । यसैगरी  नेपालका तीन खेलाडीले राष्ट्रिय टिमका लागि डेब्यु गरेका छन् ।

मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती-११ मै डेब्युको अवसर पाएका थिए भने डिफेन्डर निशान खड्का खेलको ७१ औं मिनेटमा रञ्‍जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गर्न सफल रहे ।  अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ । यसअघि नेपालले किर्गिस्तानसँग पनि बराबरी खेलेको थियो ।

होली के हो र यो किन मनाइन्छ ? यस्तो छ महत्व

काठमाडौं ।  होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होलीको अवधीमा कुनै पनि शुभ कार्य जस्तै, मुण्डन, विवाह, घरको मुहूर्त, व्यापार प्रतिष्ठानको शुरुवात निषेध मानिन्छ । यस पटकको होली पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइदै छ ।

होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।  मान्यता अनुसार हिरण्यकश्यपका पुत्र प्रहलाद भगवान विष्णुका परमभक्त थिए । तर उनको विष्णु भक्तिबाट हिरण्यकश्यप आक्रोशित थिए । त्यसैले उनले आफ्नै पुत्र मार्ने योजना बनाई बहनी होलिकाको काखमा प्रहलाद बसाई अग्निमा बसाए । तर विष्णु कृपा प्राप्त भई होलिका जलेर भस्म भइन् भने प्रहलाद सुरक्षित भए । सोहि समयबाट होलिका दहको खुसीमा हरेक बर्ष होली मनाउने गरिन्छ ।

होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । असत्यमाथि सत्यको जीत हुन्छ भन्ने  होलीले पौराणिक सन्देश बोकेको छ ।

थ्रि नेशन्स कप नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । थ्रि नेशन्स कपको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने र जीत हात पार्नु पर्ने दवावमा छ ।

 

आफ्नो पहिलो खेलमा नेपाल किर्तिस्तानको २३ वर्ष मुनिको टोलीसँग गोल रहित बराबरीमा रोकिएको थियो । दर्जन भन्दा बढी अवसर पाएपनि नेपालले किर्गिस्तान विरुद्ध गोल गर्न सकेन । २९ मिनेट सम्मद श खेलाडीमा समेटिएको किर्गिस्तानलाई पराजित गर्न नसकेपछि प्रशिक्षक वालगोपाल महर्जन ओलोचीत भएका थिए । त्यसैले नेपाल आज जीत हात पार्ने लक्ष्यमा छ ।

 

बराबरीको नतिजाले पनि नेपाल फाइनल पग्ने छ । आजको खेलले फिफाबाट मान्यता पाएको हुँदा यसको नतिजाले वरियतामा पनि असर गर्नेछ ।  प्रशिक्षक महर्जनले अघिल्लो खेलमा गरेको गल्ति सच्याउँदै मैदान उत्रने बताएका छन् ।  नेपाल पहिलो खेलमा फनिसिङमा कमजोर देखिएको थियो । बंगलादेशले भने किर्गिस्तानलाई एक शून्य गोलले हराएको थियो । सो खेलमा उसले आत्मघाती गोल उपहार पाएको थियो । जस्त सहित बंगलादेशले फाइनलमा स्थान बनाइसकेको छ ।

 

त्यसैले आजको खेलमा नेपाल बढी दवावमा हुनेछ । नेपाल र बंगलादेश बीच करिब चार महिना अघि भेट भएको थियो । बंगलादेशमा भएको दुइ मैत्रीपूर्ण खेलमा नेपाल पहिलोमा दुइ शून्यले पराजित भएको थियो । दोस्रो खेल गोल रहित बराबरीमा सकिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

स्वस्थ रहन ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं ।  व्यक्ति स्वस्थ भए समाज स्वस्थ हुन सक्छ समाज स्वस्थ भए सिंगो राष्ट्र स्वस्थ हुन सक्छ । आउनुस स्वस्थ रहन मद्दत गर्ने केहि यस्ता उपायहरुमा ध्यान दिने गरौ ।

 

१. सरसफाई

स्वास्थ्यको लागि सरसफाई सबैभन्दा महत्वपूर्ण पक्ष हो । कुनै व्यक्ति कति सभ्य छ भन्ने कुरा उसले सरसफाईमा कति ध्यान दिएको भन्ने कुरामा भर पर्दछ । स्वास्थको लागि आफ्नो व्यक्तिगत सरसफाई र आफु बस्ने कोठा, घर, आगन वरिपरिको सफाई दुबैमा ध्यान दिनुपर्ने हुन्छ ।

२. पानी

हाम्रो शरिरमा ८० प्रतिशत पानीको मात्रा र बाँकी २० प्रतिशत मात्र अन्य तत्व रहेको हुन्छ । नुहाई, धुवाई तथा शरिरको बाहिरी सरसफाईको लागि पानि नभई हुदैन । पानीको आवश्यकता शरिरको बाहिरी सफाईको लागि जति छ त्यो भन्दा धेरै शरिरको भित्री सफाईको लागि हुन्छ । जसरी निरोगी र स्वास्थ्यको लागि बाहिरी सरसफाईको आवश्यकता पर्दछ त्यसैगरी भित्री सफाईको आवश्यकता हुन्छ र शरिरको भित्री सरसफाईको लागि प्रशस्त रुपमा पानी पिउनु अनिवार्य छ ।

३. आहार

हरेक प्राणीहरु खानकै लागि संघर्ष गरिरहेका हुन्छन । खानाकै लागि मानिसहरुले पनि ठूलो दुःख र परिश्रम गरिरहेका छन । आदिम मानिसहरु खानाकै उत्पादन, संकलन, भण्डारका लागि एक ठाउमा स्थिर भई बस्न थाले र मानव समाज फिरन्ते युगबाट कृषि युगमा रुपान्तरण भएको थियो ।

४. विहार

यो संसार नै निश्चित नियममा चलेको छ । नियम बाहिर गएपछि प्राकृतिक असन्तुलन हुन्छ र संसार नासिन्छ । बिहान हुनु, घाम लाग्नु, अस्ताउनु, रात हुनु, ऋतु फेरिनु, बर्षा हुनु, ठंडी आउनु प्राकृतिका नियमित क्रियाकलापहरु हुन् । यस्ता नियमित प्राकृतिक क्रियाकलापहरु परिवर्तन भएमा जीव जगतकै अस्तित्वमा संकट आउन सक्छ । यस्तै प्रकारले हाम्रो आफ्नो स्वास्थ्यको लागि पनि हामी निश्चित नियमहरु पालना गर्नुपर्दछ र नियममा चलेनौं भने हाम्रो स्वास्थ्यमा पनि गडबडी हुन्छ ।

५. वायु

प्राणी जगतको अस्तित्व खास वातावरणमा सम्भव छ जुन वातावरण पृथ्वीको वरीपरी वायूमण्डलको रुपमा रहेको छ । यो वायूमण्डलमा अक्सिजन, कार्बनडाइ अक्साइड, हाइड्रोजन, नाइट्रोजन, आदि विभिन्न ग्यासहरु छन र तीनमा अक्सिजन सम्पूर्ण प्राणी जगतको प्राणवायू हो । खान नपाए हप्तौं बाच्न सकिन्छ, पानी नपाए चार दिन बाच्न सकिन्छ तर श्वाश लिन बन्द गरे हामी दुई मिनट पनि बाच्न सक्दैनौं । मानिस तथा प्राणीहरुको लागि अक्सिजनको धेरै महत्व छ । हाम्रो शरिरमा प्रशस्त अक्सिजन भयो भने छुट्टै स्फूर्ती आउछ र अक्सिजनको मात्रा कम भयो भने जागर लाग्दैन, अल्छी लाग्छ, हाई आउछ ।

६. विचार

कुनैपनि काम गर्नु भन्दा पहिला त्यो कामको बारेमा मनबाट कल्पना गरिन्छ । म कम्जोर छु, विरामी छु भन्ने नकारात्मक विचार सोची रहियो भने त्यसले शरिरमा रोग प्रतिरोधि क्षमता नास गर्ने रसायन उत्पादन गर्दछ र अझै कम्जोर र रोगी भईन्छ । त्यही भएर रोगी भएपनि निरोगी बन्नतर्फ सवै लाग्नु पर्दछ ।

७. प्राकृतिक उपचार

प्राकृतिक उपचार भनेको आहार, विहारमा सुधार गर्ने र पानी, माटो, प्रकाश, योग, ध्यान, मसाजका माध्यमबाट उपचार गर्ने हो । यस पद्धतीमा रोग अनुसार चिसो पानी, तातो पानी, स्टीम बाथ, एनिमा, मसाज, माटो, प्रकाश तथा योगा विधिहरु अपनाएर उपचार गरिन्छ साथै रोग अनुसार आहारमा सुधार र परहेज गर्नु पर्दछ ।

८. आर्युवेदिक उपचार

यस धर्तीमा उपलब्ध सबै प्रकारका अन्न, कन्दमूल, फलफुल, बनस्पती बोटविरुवा हाम्रा लागि औषधि हुन । हामीले निश्चित तौरतरिका र नियम अपनाएर प्रयोग गर्न जान्यौं भने औषधि नत्र बिष पनि हुन सक्दछ । पूर्विय संस्कृति र परम्परा अनुसार जडिबुटीबाट उपचार गर्ने पद्धती “आर्युवेद” चार वेद मध्यको एक हो । यस पद्धतीमा मानिसको शारिरिको भौतिक संरचना एकै प्रकारको भएतापनि शरिरको प्रकृति फरक-फरक हुन्छ र त्यस अनुसार उपचार गर्नु पर्दछ । आर्युवेद अनुसार मानिसको शरिर वात, पीत्त र कफ गरी ३ प्रकृतिका हुन्छन । रोग निदानको लागि शरिरको प्रकृति अनुसार जडिबुटी सेवन गर्नु पर्दछ र आहार विहारमा सुधार गर्नु पर्दछ ।

९. प्रकृतिको देन

प्रकृतिको देनलाई जबसम्म हामीले बुझ्न सक्ने छैनौं तबसम्म हामी रोगको दल दलमा फस्नेछौं । जसरी मानवको जन्म भएको हुन्छ त्यसरी नै प्रकृतिले हामीलाई हरेक कुरा दिएको छ । हाम्रो सानो लापरबाहीले गर्दा हामी रोगी हुने गरेका हुन्छौं यसतर्फ सबैको ध्यान पुग्न जरूरी देखिन्छ ।

आज २०७७ चैत्र १४ गते शनिवारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जानेछैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

माधव समूहको दुई रणनीति : सके ओलीसंग मिल्ने नभए प्रचण्डसँग सहकार्य

काठमाडौं । लामो समयपछि अध्यक्ष केपी शर्मा ओलीसँग एउटै बैठकमा बस्न माधव नेपाल समूह तयार भएको छ । शुक्रबार कंलकी बैठकबाट निर्णय गर्दै नेपाल समूह ओलीले डाकेको बालुवाटार बैठक सहभागी हुन पुग्यो । तर, पार्टी भित्रै संघर्ष गर्न भन्दै बैठकमा सहभागी हुन पुगेको नेपाल समूह पुष्पकमल दाहालसँग समेत निरन्तर छलफल गरिराखेको छ । अ‍ोलीले मिल्न जाँदा पेलेको अवस्थामा दाहाल नेतृत्वको माओवादी केन्द्रसँग मिल्न सकिने सम्भावनाका विषयमा पनि नेपाल समूहले छलफल चलाउँदै आएको छ ।

शुक्रबार बिहान कोटेश्वस्थित एक व्यापारीको घरमा दाहाल र नेपालबीच भेटवार्ता भएको छ । भेटमा दाहाल र नेपालबीच आगामी दिनमा के कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा छलफल भएको बुझिएको छ । यसअघि बिहीबार पार्टीलाई स्पष्टीकरण बुझाउनु भन्दा अघि पनि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष दाहालसंग परामर्श गर्नुभएको थियो ।

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमाले र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद चर्किएको छ । ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ ।
खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ । उता ओलीले पनि आफू पक्षीय नेताहरुको बैठक बोलाएर खनाल–नेपाल समूहका नेताहरु जिम्मेवारी खोस्ने देखि कारवार्ही र स्पष्टीकरण समेत मागीसकेको छ ।

एमालेमा ओली र माधव समूह आ–आफ्नै रणनीतिका साथ अघि बढीरहेका छन् । माधव नेपाल पक्षले तत्काल एमाले छाड्न चाहेको छैन । एमाले छाडेर जाँदा कार्यकर्ता छुट्ने र बाँकी रहेका सांसदको पद पनि जोखिममा पर्ने भएकाले एमालेभित्रै संघर्ष गर्न चाहेको छ । भने ओली पक्षले माधव नेपाल समूहलाई कारवार्हीका सबै प्रक्रिया पर्याएर पार्टी सदस्य र सांसद सदस्यबाट समेत खनाल–नेपाललाई कारवार्ही गर्ने र अन्य नेताहरु व्यत्तिगत कुराकानी गरेर पार्टीमा फर्काउने रणनीतमा छन् ।

को के रणनीतिमा ?

माधव समूह
नेकपा (एमाले) को खनाल–नेपाल समूह पार्टीभित्रै संघर्ष गर्ने निष्कर्षमा पुगेका छन् । यसअघिदेखि नै छुट्टै भेला र बैठक गर्दै आइरहेको खनाल–नेपाल समूहको शुक्रबार कलंकीस्थित एक पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार शुक्रबार दिउँसो ३ बजे अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको दलको बैठकमा खनालसहित सांसदहरु सहभागी पनि भए । माधव पक्षधरका सांसदहरूको नेतृत्व गर्दै बैठकमा उपस्थित हुनुभएका नेता खनालले पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राख्नुभएको थियो ।

यदि ओली पार्टीलाई पुरानै अवस्थामा फर्काउन सहमत नभए नयाँ ढंगबाट जाने नेपाल पक्षको तयारी छ । त्यो भनेको पुष्पकमल दाहालसँग सहकार्य गर्ने । चाँडै आफ्नो पक्षका कार्यकर्ताहरू संगठित गरेर तलदेखि माथिसम्म कमिटीहरू बनाउने र माओवादी केन्द्रसँग सहकार्य गर्ने रणनीतिमा नेपाल समूह छ ।

ओली पक्षबाट भइरहेको अपमान, खिसिटिउरी र निषेधलाई सहन नसकिने भन्दै जति ढिला गर्यो उति आफूहरुको शत्ति कमजोर कमजोर हुने र सांसदहरू जस्तै नेता कार्यकर्ता पनि बाहिरिन सक्ने खतरा बढेकोले चाँडो भन्दा चांडो वार कि पार गर्न नेपालमाथि पनि दबाब छ ।

ओली समूह
ओली समूहमा पनि पार्टीलाई फुट्न दिनुहुँदैन भन्ने भन्दा माधव समूहलाई तत्काल कारवार्ही गरेर पार्टी सुद्रिढ बनाएर आगाडी बढाउनु पर्ने दबाब बढाएका छन् । जसका कारण पार्टीको तल्लो कमिटिहरुमा समेत नेता कार्यकर्ता विभाजित देखिएका छन् । ओली पक्षमा माधव नेपाल समूहले पुष ५ यता नै पार्टी फुटाएको भन्दै उनीहरुहरु पार्टीमा आउनु वा फुटेर फेरि पुष्पकमल दाहालसँग जानुसँग सरोकार नरहेको बताइरहेको छ ।

माधव नेपाल पक्षबिनाको पार्टी निर्माण भइसकेकाले अब कुनै पनि सर्त मानेर यसअघि बनेका कमिटीहरू खारेज हुन नसक्ने ओलीले बटमलाइन लिइसक्नुभएको छ । उहाँले कुनै गुटसंग सम्झौता नगर्ने पनि बताउँदै आउनुभएको छ ।जनता समाचारबाट

नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : ओली

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले पठाएको स्पष्टीकरण ‘कारबाहीयोग्य’ रहेको धारणा व्यक्त गरेका छन्। यसअघि ७ चैतको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गरेको नेपाल समूह शुक्रबार बोलाइएको एमाले संसदीय दलको बैठकमा उपस्थित भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले यसअघि चार जना नेतालाई सोधिएको स्पष्टीकरणपत्रको सवालमा पनि चर्चा गरेका थिए । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरणपत्रको जवाफ हेर्दा कारबाहीयोग्य रहेको कुरा बताएको सुनाए ।

ओलीले नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकरात्मक रहेको संसदीय दलको बैठकमा बताएका थिए। ‘प्रधानमन्त्रीले भनेको शब्द यही हो- प्राप्त भएका स्पष्टीकरण नकरात्मक र कारवाहीको भागीदार छ। बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।’

आजको बैठकमा प्रधानमन्त्री ओलीले गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठक र चैत्र ५ र ७ गतेको संसदीय दलको बैठकले गरेका निर्णय कुनैपनि हालतमा फिर्ता नहुने प्रष्ट पारेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने,‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड सञ्चालनमा

काठमाडौँ  ।  नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंक लिमिटेडले एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ ।

माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरूले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त कार्डमार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम् अमेरिकी डलर ५०० बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सकिनेछ ।

आफने कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सक्नुहुनेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

 

प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन, छ मन्त्रीले लिए सपथ

विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन भएको छ। तत्कालीन नेकपामा देखिएको आन्तरिक कलहका कारण माओवादीतर्फका मन्त्रीले छाडेपछि खाली रहेको मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईले नयाँ मन्त्री नियुक्ति गरेका हुन्। मन्त्रिमण्डलका नयाँ अनुहारहरूमा माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएका प्राथमिकतामा छन्।

नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङसहित उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले र राजकुमार ओझा छन्।आङ्बुहाङलाई अर्थ मन्त्रालय दिइएको छ भने सामाजिक विकास मन्त्रालयमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाएका छन्।

कला घलेले कृषि राज्यमन्त्री र राजकुमार ओझाले वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पद तथा गोपनियताको सपथ खुवाए भने मुख्य मन्त्री राईले राज्य मन्त्रीलाई सपथ खुलाएका छन्।

यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए भने सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गरेका थिए।

काठमाडौंको वायु प्रदुषितले हवाई उडान बन्द

काठमाडौं ।  वायु प्रदूषण एक्कासी ह्वातै बढेपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । शुक्रबार दिउँसो पौने ४ बजे काठमाडौं गुणस्तर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा मापन भएको छ।

विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जनाए । उनका अनुसार आइएफआर र भीएफआर उडान हुन नसकेको हो । आज शुक्रबार काठमाडौंको आकाशमा बाक्लो तुँवालो लागेको छ । लामो समयदेखि वर्षात् नभएपछि काठमाडौंको आकाशको सतहमा धुलोको कणको मात्रा बढ्दै गएको हो। वायु प्रदूषण अत्यधिक बढेर काठमाडौं फेरि बदनाम हुन पुगेको छ।

त्रिभुवन विमानस्थलबाट जहाज उडान/अवतरणका लागि ८ सय मिटरसम्मको क्षेत्र खुल्नुपर्ने हुन्छ। तर भिजिबिलिटी त्यो भन्दा तल झरेपछि आन्तरिक र बाह्य दुवै उडान रोकिएका हुन्।