माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड सञ्चालनमा – Nagarikabhiyan : National News

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड सञ्चालनमा

काठमाडौँ  ।  नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंक लिमिटेडले एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ ।

माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरूले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त कार्डमार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम् अमेरिकी डलर ५०० बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सकिनेछ ।

आफने कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सक्नुहुनेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।