काठमाडौंको वायु प्रदुषितले हवाई उडान बन्द
१३ चैत्र २०७७, शुक्रबार १७:११
काठमाडौं । वायु प्रदूषण एक्कासी ह्वातै बढेपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । शुक्रबार दिउँसो पौने ४ बजे काठमाडौं गुणस्तर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा मापन भएको छ।
विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जनाए । उनका अनुसार आइएफआर र भीएफआर उडान हुन नसकेको हो । आज शुक्रबार काठमाडौंको आकाशमा बाक्लो तुँवालो लागेको छ । लामो समयदेखि वर्षात् नभएपछि काठमाडौंको आकाशको सतहमा धुलोको कणको मात्रा बढ्दै गएको हो। वायु प्रदूषण अत्यधिक बढेर काठमाडौं फेरि बदनाम हुन पुगेको छ।
त्रिभुवन विमानस्थलबाट जहाज उडान/अवतरणका लागि ८ सय मिटरसम्मको क्षेत्र खुल्नुपर्ने हुन्छ। तर भिजिबिलिटी त्यो भन्दा तल झरेपछि आन्तरिक र बाह्य दुवै उडान रोकिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया