नेपाल राष्ट्र बैंकको बिदा सुची सार्वजनिक, कर्मचारीलाई कति दिन बिदा ?
१३ चैत्र २०७७, शुक्रबार १३:२७
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकका कर्मचारीहरुका लागि सार्वजनिक विदाको सुची जारी गरेको छ । सुची अनुसार अबदेखि बैंकका कर्मचारीले ३१ दिन सार्वजनिक विदा पाउने हो । नयाँ वर्षको पनि विदा पाउने भएको छन् ।

बैकका कर्मचारीहरुले ५ दिन दशै विदा र ४ दिन तिहारको विदा पाउने भएका छन् । बैकको कर्मचारीहरुले मछिन्द्रनाथको भोटोजात्रा, गाई जात्रा, घोडे जात्रा, इन्द्र जात्रामा पनि विदा पाउने भएका छन् । अन्य धर्म तथा समुदायका चाडपर्वहरुमा पनि १० दिनको विदा पाउने भएका छन् ।

त्यस्तै, गर्मी महिनाको हकमा बैंकहरु आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबार १० देखि साँढे बजेसम्म खुला रहने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया