१७ चैत्र २०७७, मंगलवार १४:१३ – Page 4 – Nagarikabhiyan : National News

एमालेले जारी गर्‍यो यस्तो सर्कुलर (पूर्णपाठसहित)

काठमाडौं। नेकपा एमालेले पार्टी पंक्तिमा २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ। पार्टीको गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा एमालेले ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो।

मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकले पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेकाले सोको आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयनका लागि सम्पूर्ण पार्टी पङ्क्तिमा निर्देशन जारी गरिएको सर्कुलरमा भनिएको छ।

जसमा पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसलाहरूका सम्बन्धमा सविस्तार ब्याख्या गरिएको छ भने विभिन्न आन्तरिक आदेश र निर्णयहरूबारे जानकारी गराइएको छ। ओलीले पार्टीका कार्यकर्तालाई जुनसुकै बेला निर्वाचनमा जान तयार रहन निर्देशन पनि दिएका छन्। अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले जुनसुकै बेला निर्वाचनमा जान तयार रहनेगरी क्रियाशील हुन भनिएको छ।

अन्तरपार्टी निर्देशनमा ओलीले भनेका छन्, ‘संसदको पहिलो बैठकको परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ।’ अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि आफूहरुको प्रयास केन्द्रित हुने तर सबै विषय आफ्नो इच्छा वा निर्णयमा मात्र निर्भर नहुने पनि ओलीले प्रस्ट पारेका छन्।

‘सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुप कै प्रभावकारी भूमिका खेल्ने र जुनसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ,’ निर्देशनमा भनिएको छ। लोकपाटी न्यूज

अन्तरपार्टी निर्देशनको पूर्णपाठ

प्रदेश २ को होली : ग्याङ फाइटदेखि चक्कु प्रहारसम्म, साढे ५ सय सवारीसाधन नियन्त्रणमा

जनकपुरधाम ।  प्रदेश २ मा होलीको दिन (सोमबार) कुटपिटदेखि चक्कु प्रहारसम्मका घटना भएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका- १ मा कुटपिट भएको हो । त्यस्तै, धनुषाको मिथिला नगरपालिका- १ मा चक्कु प्रहार भएको छ ।

मटिहानी- १ मा दुई समूहबीच भएको कुटपिटमा परी १४ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीका अनुसार धनुषाको मिथिला- १ मा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । चक्कु प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । टुडेपाटी-

यस्तै, प्रदेश- २ मा होलीको दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ६५ जनालाई कारबाही गरिएको र ५ सय ४७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका डीएसपी नवरतन पौडेलले जानकारी दिए ।

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा मुख्यमंत्री तथा कानुन मन्त्री समक्ष ज्ञापन

शहबाज खान/कपिलवस्तु

काठमाडौ ।  लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएका इतिहास छ। देशको हरेक परिर्वतनमा अल्पसंख्यक मुस्लिम समुदायले निस्वर्थ र निडरताका साथ देशको हक हितका लागि ठूलो भूमिका खेल्दै आएको छ । तर नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायलाई उसको वास्तविक हक अधिकार दिएको छैन ।

 

शिक्षा रोजगारी, चाड पर्व विदा लगायत बिषयहरुमा शुरूदेखि अहिलेसम्म पनि सौतेलाे व्यबहार गरेको सबैलाई अवगत नै छ। अल्पसंख्यक मुस्लिम समुदायको हक हित तथा अधिकार दिलाउनको लागि लामो समय देखि निस्वार्थ रुपमा समय समयमा नेपाल सरकारको ध्यानाकर्षण गराउदै आफ्नो समुदायको हकहित अधिकारको लागि लडदै आएकाे राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी महासचिव मौलाना मशहूद खां नेपालीहरूले समुदायको हकहित अधिकारको लागि लड़ने क्रममा भारतको मदरसा शिक्षा परिषदकाे मान्यता दिएको मोलवी,आलिम डिग्रीलाई नेपाल सरकारले समकक्षता दियाे तथा लुम्बिनी प्रदेश सरकारले मदरसा बोर्ड खडा गर्न सफलता पनि पाए ।अहिले पनि उहाँहरुको लड़ाई नेपाल सरकारसँग विभिन्न बिषयमा चलिरहेको छ ।

 

लुम्बिनी प्रदेशमा मदरसा बोर्ड गठन भइ सके पछि प्रदेश २मा पनि मदरसा बोर्ड गठन गराउनको लागि राष्ट्रीय मदरसा संघ नेपालको टोली प्रदेश नं.२को सिरहा, धनुषा, सप्तरी, जनकपुरहरुमा रहेका मदरसा ब्यबस्थान समितिहरुसँग भेंट घाट गरी उहाहरुको मांग र समस्या बारे बुझी हिजो आइतवार का दिन प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्र कुमार यादव तथा भौतिक पूर्वाधार विकास म न्त्रीर माननीय जितेन्द्र सोनल संग भेंट गरी प्रदेश २ मा मदरसा बोर्ड गठन गरी मदरसाको विकास, समृद्धि एवम् व्यवस्थितरूपमा अगाडि बढाउन माँग गर्दै आन्तरिक मामिला तथा कानुन मंत्री माननीय ज्ञानेन्द्र कुमार यादव र माननीय मुख्यमन्त्रीको उपस्थिति नरहेकोलेे उहाको ज्ञाापन पत्र कानून मन्त्री लाई हस्तांतरण गरेका हुन।

 

उक्त ज्ञापन पत्र यस संघीय गणतन्त्र नेपालको २ नं.प्रदेश सबै भन्दा बढ़ी अल्पसंख्यक मुस्लिम समुदायले बसोबास गर्ने प्रदेश हो।यस प्रदेशमा बसोबास गर्ने मुस्लिम समुदाय धार्मिक, साँस्कृतिक, शैक्षिक सबै क्षेत्रमा हर तरहले पिछाडिएको अवस्थामा छन्।संगठनको अभावमा मुस्लिम समुदाय अन्य समुदाय जस्तो राजनितिक शैक्षिक तथा आर्थिक मुद्दामा अगाडि बढ़्न सकेका छैन्। कुनै पनि समुदाय को उन्नति, प्रगति,वृत्ति बिकासमा शिक्षाको महत्वपूर्ण योगदान हुन्छ।तर मुस्लिम समुदायका बाल बालिकाले अध्ययन गर्ने मदरसाहरु ज्यादै दयनीय अवस्थामा छन् ।

 

नेपाल सरकारले मदरसाहरुलाई मान्यता दिएको छैन त्यस्तै मौलानाहरुको दरबन्दीको ब्यबस्था गरेको छैन।चन्दा दान सहयोगबाट अधिकांश मदरसा सञचालनमा रहेका छन्।तसर्थ यस प्रदेश नं.२ मा रहेका मदरसाहरुलाई समयानकुल परिवर्तन गरी शैक्षिक गुणस्तरमा सुधार तथा अभिवृद्धि गर्ना जरुरी छ । मदरसामा अध्यापनरत मौलानाहरुको वृत्ति विकास गरी दरबन्दी मिलान गर्न अवश्यक छ।यसरी समग्ररुपम अल्पसंख्यक मुस्लिम समुदायको शैक्षिक अवस्थामा सुधार गर्ने बोर्ड गठन हुन अवश्यक छ। बोर्ड गठन भएमा मात्र त्यसले मदरसाहरुको हितमा काम गरेर शैक्षिक गुणस्तरमा सुधार गर्न सकिनेछ। यसै सिलसिलामा लुम्बिनी प्रदेशमा मदरसा बोर्ड गठन भइ कार्य प्रारंम्भ भै सकेको ब्यहाेरा समेत अवगत गराउन चाहन्छु। अन्तमा, सम्पूर्ण अल्पसंख्यक मुस्लिम समुदायको धरोहरकोरुपमा रहेका मदरसा शिक्षाको गुणस्तर अभिवृद्धि गरी शैक्षिक वृत्ति विकास गर्न अबिलम्ब प्रादेशिक मदरसा बोर्ड गठन गरेर कार्य प्रारम्भ गर्न अल्पसंख्यक मुस्लिम समुदायको मनोबल बढ़ाई हौसला प्रदान गर्न हुन माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रीज्यू समक्ष याे राष्ट्रीय मदरसा संघ नेपाल हार्दिक अपील गर्दछ-भनिएकाे छ । उक्त टोलीमा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, संघका महासचिव तथा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खान नेपाली, उपाध्यक्ष शैख जैस मक्की, सदस्य शैख अनवार अहमद, सल्लाहकार मौलाना जहीर अहमद बरेलवी,प्रेस सल्लाहकार शहबाज खान रहेका थिए ।

भविष्यमा आउन सक्ने महामारीलाई समयमै रोक्न २३ मुलुकको यस्तो छ योजना

एजेन्सी 

काठमाडौं ।  भविष्यमा आउने महामारीलाई समयमै रोक्न र उत्पन्न हुन सक्ने महामारी विरुद्ध लड्न विश्वका २३ मुलुक र विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय सन्धिको योजनामा सहमत भएका छन् ।

हाल कोरोना भाइरस (कोभिड–१९) को महामारीजस्तै अन्य कुनै महामारी निस्किन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सन्धी आवश्यक रहेको निष्कर्षसहित विश्वका २३ मुलुकले यसमा सहमति जनाएका हुन् ।

उक्त सन्धीअनुसार महामारी नियन्त्रणको लागि विश्वभर समानरुपमा औषधि, खोप र अन्य स्वास्थ्य सामग्री पुर्‍याउनु पर्नेछ । कुनै पनि महामारी एकल प्रयासमा समाधान हुन नसक्ने भएकाले सबै मुलुक यसमा सहभागी हुनुपर्ने उनीहरुको भनाइ छ ।

यो सन्धीको उद्देश्य भविष्यमा कुनै महामारी उत्पन्न हुन लागेको अवस्थामा राम्रो सूचना प्रणाली, विवरणहरु शेयर गर्ने, खोप उत्पादन तथा वितरण, औषधि र पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु पुर्‍याउनु रहेको छ ।

कोरोना महामारीले विश्वका सबै मानिसहरु सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुँदैनन् भन्ने देखाइसकेकाले समयमा नै विश्वका सबै मुलुकबाट महामारी हटाउन उक्त अन्तराष्ट्रिय सन्धीले महत्वपूर्ण भूमिका निर्वाह  गर्नेछ ।

फैसला पुनरवलोकनको माग गर्दै प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता भंग गर्ने फैसलाविरुद्ध पुनरवलोकनको निवेदन लिएर माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र लीलामणि पोखरेल लगायतलाई लिएर प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् ।

साविक नेकपाको अध्यक्षका रूपमा मुद्दाका एक विपक्षी प्रचण्ड पुनरवलोकनमा गएपनि अर्का विपक्षी एवं एमाले अध्यक्ष केपी शर्मा ओली र निर्वाचन आयोग भने पुनरवलोकनमा गएका छैनन् ।

सर्वोच्च अदालतले १५ दिनभित्र नयाँ नामसहित एकता गर्नका लागि समय दिएपनि सो समयमा दुई दलले कुनै छलफल गरेनन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ ३ गते नेकपा गठन गरी निर्वाचन आयोगमा दल दर्ता गरेका थिए । निर्वाचन आयोगमा दर्ता भइसकेको आफ्नो पार्टीको नाम खोसिएको भन्दै ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

सहिद नगरभित्र त्यस्तो कुनै प्रकारको वायु प्रदुषण छैन, विद्यालयहरु संचालन नै रहने – मेयर यादव

काठमाडौं ।  धनुषा जिल्लाको सहिद नगरपालिका भित्र कुनै प्रकारको वायु प्रदुषण नभएकोले नगर भित्रका सबै विद्यालयहरु संचालन नै रहने नगर प्रमुख उदय बरबरिया यादवले नगरको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
राजधानीमा वायु प्रदूषण बढेपछि देशभरका  शिक्षण संस्था ४ दिनका लागि बन्द गर्ने शिक्षा,बिज्ञान तथा प्रबिधि मंत्रालयले सोमबार प्रेस विज्ञप्तिमा जानकारी दिए । विज्ञाप्तिमा उल्लेख भएका अनुसार मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मंत्रालयले गरेको प्रेस विज्ञप्तिका अनुसार देशभरका शिक्षण संस्था बन्द गर्न भनिए पनि यस नगरपालिका भित्र त्यस्तो कुनै प्रकारको वातावरणीय प्रदुषण  नभएकोले नगर भित्रका सम्पूर्ण विद्यालय संचालनमा ल्याउन र आ-आफ्ना नानी बाबूहरुलाइ पूर्वत: बिधालय पठाउन हुन सम्पूर्ण अभिभावकलाई यस नगरका प्रमुख यादवले विज्ञप्तिमा अनुरोध गरिएका हुन् ।

भूईमा सुत्नु हुन्छ कि बेडमा ? यस्ता छन् भूईमा सुत्नुका फाइदाहरु !

पहिला-पहिला हाम्रा पुर्खा भूईमा सुत्ने गर्दथे । त्यस बेला त्यस्तै परिस्थिती थियो । तर समय परिवर्तनसँगै अहिले त्यो अवस्था छैन । आजकाल प्राय मानिस भुँईमा सुत्ने गर्दैनन् । समय परिवर्तन भएसँगै मानिसहरुले प्रतिष्ठाकै लागि भुँईमा सुत्न छोडेका छन् । मानिसका इच्छा, आकांक्षा, आवस्यकताहरु पनि फराकिला हुँदै गयो ।

यहि सिलसिलामा मानिसहरुकाे सुत्ने चालचलन पनि परिवर्नन हुँदै गयो । सुख सयल र सोखिन जीन्दगीका लागि मानिसहरुले सुन, हिरा जस्ता विभिन्न बहुमुल्य धातु जडित बिस्तारा प्रयोग गर्न थाले । नरम बेडमा सुत्दा केही समय आरम मिल्ने भएता पनि यसले स्वास्थ्यमा असर गर्न सक्छ । तसर्थ भुईमा सुत्ने गर्नुहोस् । जसले शरीरलाई आराम दिनुको साथै स्वास्थ्यको लागि पनि फाइदा हुन्छ ।

यदि कम्मर र गर्दनमा पीडा भएको छ भने, भुईमा सुत्नुस् । भुईमा सुत्ने गर्नाले यस्ता समस्याले सताउँदैन । निरन्तर रुपमा कम्प्युटरमा काम गर्ने, झुकेर हिड्ने, सही पोजिसनमा नबस्ने, गलत तरिकाले सुत्ने गर्नाले मानिसहरुमा काँध र गर्दन दुख्ने समस्या हुन्छ । तसर्थ यी समस्याबाट छुटकारा पाउनको लागि भुईमा सुत्ने गर्नाले यो समस्या बाट छुटकारा पाउन सकिन्छ । धेरै थाकेर निद्रा लागको छैन भने पनि भुईमा सुत्ने गर्नाले गजबको निद्रा पर्नुका साथै उठेपछि ताजापन अनुभव हुन्छ । शरीरको क्षमता अनुसार भुइमा सुत्ने गर्नाले आनन्दित महसुस हुन्छ ।

हुन न त कम्मर दुख्ने समस्या अहिले आम समस्या जस्तै बन्दै गएको छ । यसले जुनसुकै उमेर समुहका मानिसलाई पनि सताउँछ । यदि तपाईहरुमा पनि यस्तो समस्या छ भने भुईमा सुत्नुहोस । जसले राहत मिल्छ । भुईमा सुत्दा शरीरमा सही रक्तसञ्चार हुन्छ । यसका साथै दिमागको तालमेल सही हुन्छ र स्वस्थ रहन्छ ।

ओली-मोदी सम्बन्धले लियाे नयाँ उचाइ

काठमाडौं । यतिबेला नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुमधुर सम्बन्ध छ । दुवै नेताहरू आआफ्नो देशमा निकै शक्तिशाली छन् । अन्तर्राष्ट्रियस्तरमा पनि दुवै नेताको विशिष्ट उचाइ बनेको छ । ओलीले शान्तिका लागि संघर्षरत देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन सके । मोदीले भारतलाई विश्वकै शक्तिशाली बनाउने गरी प्रगति पथमा बढाउन सके । नेपाल ओलीमय हुँदा भारत मोदीमय छ । यसकारण दुवै नेताहरू मिलेर आफ्नो देशलाई समृद्धिको युगमा केन्द्रित गर्न सकिरहेका छन् ।

ओली भारतलाई निकै बुझेका नेतामध्ये हुन् । मोदी पनि नेपाललाई निकै बुझेका नेता हुन् । प्रधानमन्त्री नहुँदै मोदीले नेपालको भ्रमण गरेको खुलिसकेको छ । उनी नेपालको हिमाल, पहाड र तराई पुगेका थिए । हिमालयमा तपस्या गरेका थिए । त्यसैले उनी प्रधानमन्त्री भइसकेपछि पनि पटकपटक नेपाल भ्रमणमा आए । मोदीको भ्रमण धार्मिक पनि रह्यो । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम पुगे । त्यागी मोदीमा आध्यात्मिक चिन्तन छ । ओलीमा पनि आध्यात्मिक चिन्तन देखिन्छ । उनी पूर्वीय दर्शनबाट निकै प्रभावित छन् । आफ्नोपन न्यानो मान्छन् । राष्ट्रवादी भावनाले ओतप्रोत छन् ओली । मोदीमा पनि मातृभूमिप्रति अगाध माया छ । उनले भन्ने गरेका छन्, ‘पहिला देश अनि पार्टी ।’ यसरी ओली र मोदीबीच केमेस्ट्री मिलेको छ ।

देशभक्त र पूर्वीय दर्शनका प्रेमी भएकाले ओली र मोदीबीच गाडा मित्रता देखिन्छ । जसरी ओलीले आफ्नो देशमा धर्म संस्कृतिको संरक्षणमा भूमिका खेलिरहेका छन् त्यसरी नै ओलीले पनि देशमा संस्कृतिको जगेर्नामा जोड दिइरहेका छन् । कम्युनिस्ट नेताले धर्म मान्दैनन् भन्ने धारणालाई गलत सावित गरेका छन् । पशुपतिनाथको विशेष पूजा मात्र गरेनन् जलहरी चढाउन बजेटकै विनियोजन गरे । कतिपयले यो कदमको आलोचना गरे पनि ओली झन् लोकप्रिय बन्न सफल भएका छन् । यता ओली लोकप्रिय छन् उता मोदी लोकप्रिय छन् । दुवैबीचको सुमधुर सम्बन्धले नेपाल भारतबीचको सम्बन्धलाई अझ उचाइ प्रदान गरेको छ ।

नेपाल र भारतबीच बेलाबेलामा समस्याहरू नआउने होइनन् । तर, कूटनीतिक माध्यमले यसको समाधान हुने गरेको छ । ओली र मोदी युगमा जस्तोसुकै समस्या पनि कूटनीतिक माध्यमले समाधान हुने गरेको छ । सीमासम्बन्धी समस्या नआएको होइन । केही समय संवादहीनताको अवस्था पनि बन्यो । तर, प्रधानमन्त्री तहमै संवाद भई संवादहीनतामा आइसब्रेक भयो । कालापानी क्षेत्रको सीमा समस्यामा पनि दुवै देशले मन माझेर कुराकानी गरे । समस्याको समाधान कूटनीतिक माध्यमले नै गर्ने सहमति बन्यो । जस्तोसुकै समस्या आए पनि राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धले निरन्तरता पाइनै रहेको छ । ओली प्रधानमन्त्री भइरहँदा जलविद्युत्का क्षेत्रमा महत्वपूर्ण काम अगाडि बढ्यो । अरुण तेस्रोको पूर्वाधार विकासको शिलान्यास नै भयो । अरुण तेस्रो भारतीय कम्पनीले निर्माण गरिरहेको छ । निर्माण सम्पन्न भएपछि नेपालको विकासमा अभूतपूर्व सफलता हासिल हुन्छ ।

ओलीकै कार्यकालमा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भई तेल आयात सुरु हुन थाल्यो । ओली र मोदीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन भयो । नेपालले वार्षिक रूपमा अर्बौंको ढुवानी खर्च बचाउन सकेको छ । पाइपलाइन विस्तारका कामहरू अझै भइरहेको छ । भारतले कोरोना भाइरसविरुद्धको संघर्षमा नेपाललाई निकै साथ दियो । कोरोना कालमा खुल्ला सीमाको व्यवस्थापनमा दुवै देशका सुरक्षा निकाय र स्वास्थ्यकर्मी समन्वय गरेर सक्रिय भए । १८ सय किलोमिटर खुल्ला सीमाको व्यवस्थापन ठूलो चुनौती थियो । तर, दुवै देशले यसमा सफलता हासिल गरे । भारतले कोरोना कहरका बेलामा नेपाललाई ठूलो सहयोग ग¥यो । यसमा पनि ओलीको कूटनीतिक क्षमता नै मुख्य कारण थियो । भ्यान्टिलेटर निरन्तर सहयोग ग¥यो । रोकथामसम्बन्धी सामाग्रीहरू पठायो ।

विश्वका कतिपय धनी देशहरूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन नपाइरहेको अवस्थामा नेपालले भारतबाट अनुदानमै भ्याक्सिन पायो । १० लाख डोज अक्सफोर्ड भ्याक्सिन नेपालमा आयो । सेरम इन्स्टिच्युटले उत्पादन गरेको भ्याक्सिन नेपालमा आई प्रयोगमा समेत ल्याइसकिएको छ । भ्याक्सिन ल्याउन ओली नेतृत्वको सरकारले कूटनीतिक क्षमता प्रदर्शन गरेको थियो । यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको सुमधुर सम्बन्धको कारण पनि सफल भएको हो ।

दुई देशबीच सम्बन्धको उचाइ अझ बढेको भ्रमण र द्विपक्षीय हितसम्बन्धी कूटनीतिक गतिविधिबाट पनि बुझ्न सकिन्छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पनि नेपालको सबैभन्दा बढी कूटनीतिक तहमा भेटघाट, कुराकानी र छलफल भारतसँगै नै भएको छ । कोरोना भाइरसको संक्रमणका बाबजुद पनि उच्च तहको भ्रमणहरू भएका छन् । सन् २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपटक टेलिफोन वार्ता गरे । जसमध्ये एउटा टेलिफोन वार्ताले सीमा समस्याले संवादहीनताको अवस्थाबीच आइसब्रेक नै ग¥यो । यसपछि विभिन्न तहमा संवादले निरन्तरता पायो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १४ देखि १५ जनवरीमा भारतको भ्रमण गरे । नेपाल भारत संयुक्त कमिसनसम्बन्धी बैठकमा उनले सहभागिता जनाए । उक्त भ्रमणका क्रममा सीमा व्यवस्थापन, कटेक्टिभिटी, व्यापारलगायतका विषयमा छलफल भयो । दुवै पक्षले आर्थिक लाभको एजेन्डामा छलफल गरे । २२ अक्टोबर, २०२० मा रअ प्रमुख सामन्तकुमार गोयलद्वारा नेपाल भ्रमण गरे । उनले बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले नै जानकारी दियो । यो भ्रमणपछि भारतका स्थल सेनाका प्रधानसेनापति मनोजमुकुन्द नरवाणे नेपाल आए । कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाली सेनाको मानार्थ सेनाको उपाधि लिने उक्त भ्रमण महत्वपूर्ण सावित भयो । नरवाणेको भ्रमणले दुई देशबीच सैन्य तहको सम्बन्धलाई निरन्तरता मात्र दिएन मजबुत बनायो ।

भ्रमणको सिलसिला चलिरह्यो । भारतबाट विदेशसचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल भ्रमण गरे । नेपाली भाषा राम्ररी बोल्न जान्ने श्रृंगलाले दुईदिने नेपाल भ्रमणमा महत्वपूर्ण कुराकानी गरे । उनले नेपालले उठाएको सीमा व्यवस्थापनको विषय पनि जानकारीमा राखेर दिल्ली फर्किएका थिए । यो भ्रमण दुई देशबीच देखिएका समस्याको निक्र्योल गर्न उपयोगी सावित भयो । दुई देशबीच विभिन्न मन्त्रालयका सचिव तहमा समेत छलफलहरू भए । ऊर्जा, वाणिज्यदेखि सुरक्षा क्षेत्रमा द्विपक्षीय छलफलहरू रचनात्मक र सकारात्मक रूपमा अगाडि बढे । दुवै देशलाई लाभ हुनेगरी परिणाममुखी कामहरू निरन्तर भइरहे ।

अबको बाटो
नेपाल र भारतबीच विश्वमै नभएको विशिष्ट सम्बन्ध छ । दुवै देशबीच खुल्ला सीमा छ । रोटी बेटीको सम्बन्ध सदिऔंदेखि चलिआएको छ । जनजनको यो तहको सम्बन्ध विश्वमै पृथक् छ । नेपालको विकास भारतको विकाससँग जोडिएको छ र भारतको विकास नेपालको विकाससँग जोडिएको छ । त्यसैले ओली र मोदी एकअर्काको विकासमा जोडिएका छन् । सबै मिलेर विकासमा जानुपर्छ भन्ने मोदीको नारा छ । उनले सबका साथ सबका विकास नारा छिमेकसँगको सम्बन्धमा समेत भनेका छन् ।

यसलाई नेपालका राजनीतिक दल र जिम्मेवार नेताहरूले सोच्नुपर्छ । मोदी जस्तो नेपाललाई माया गर्ने नेता भारतमा छन् । उनले नेपालको समृद्धि चाहेका छन् । यसलाई मनन् गरेर भारतसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली धरातलीय यथार्थलाई बुझेर छिमेकी देश भारतसँग अझ सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवका अलावा पूर्वप्रधानमन्त्रीसमेत रहेका उक्त दलका नेता डा.बाबुराम भट्टराईले छिमेकसँगको सम्बन्धलाई खुला हृदयका साथ आफ्नो देशहितमा सदुपयोग गर्नेतर्फ पाइला चाल्नुपर्छ । यसैमा नेपाल र नेपालीको हित हुन्छ ।-
(रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित लेखबाट)

नेता नेपालको आधार क्षेत्र मानिएको प्रदेश–२ कै नेता कार्यकर्ता असन्तुष्ट

काठमाडौं । नेकपा एमालेको कारवाहीमा पर्नुभएका नेता माधवकुमार नेपालप्रति उहाकै आधार क्षेत्र मानिएको प्रदेश–२ का नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । उनिहरुले आफुहरु सदैव नेकपा एमाले र सुर्य चिन्ह भएको पार्टीमा रहने बताएका छन् ।

नेता नेपाल सामु अब केही विकल्पमात्र रहेका बेला नेता कार्यकर्ताले एमालेमै रहेर बस्न सुझाव दिन थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तारन्तार वार्तामा रहनु भएका नेता नेपाल नयाँ पार्टी खोल्न सक्ने बताईरहेका बेला त्यस्तोमा उहालाई सहयोग गर्न नसक्ने जवाफ दिएका हुन् ।

नेता नेपालको राम्रो संगठन मानिएको प्रदेश नम्बर–२ का जिल्लाहरूमा भेटिएका उहाँ पक्षीय स्थानीय नेता कार्यकर्ता समेत अर्को पार्टी गठन र प्रचण्डसँगको एकीकरणमा अनिच्छुक देखिएका हुन् ।

धनुषाको मिथिला नगरपालिकाका बच्चेलाल महतो नेपाल पक्षीय कार्यकर्ता हुनुहुन्छ । उहाको गाउँमा नेपाल पक्षीय कार्यकर्ताको बाहुल्य छ । तर, नेपालले फरक पार्टी गठन गरे वा दाहालसँग एकीकरणमा गए आफूहरू सँगै नजाने बताउनु हुन्छ । ‘हामी सूर्य छाप र एमाले जता हुन्छ त्यतै रहन्छौं, माधव नेपाल जानुभयो भनेर हामी उहाँको पछि लागेर जाने कुरा हुँदैन’, महतोले भन्नुभयो, ‘एमालेमा छँदा मात्र हामीले उहाँलाई साथ दिएको हो ।’

महतोका अनुसार धनुषामा नेपाल पक्षको बहुमत छ । तर, पार्टी विभाजन वा प्रचण्डसँग एकीकरण हुँदा सबैले उहालाई साथ नदिने उहाँको भनाई छ । सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सामा भेटिएका एमालेका तर्फबाट स्थानीय तहमा वडाबाट निर्वाचित जनप्रतिनिधिको विचार पनि यस्तै रहेको थियो ।

वीरगञ्जका नेपाल पक्षीय नेता अरविन्द सिंह पनि पार्टी विभाजनको अवस्थामा उहालाई साथ दिनेको संख्या एकदमै कम हुने स्वीकार गर्नुहुन्छ । ‘मान्छेमा एमाले र सूर्यको प्रभाव छ, त्यसैले अहिले देखिएका कार्यकर्ता सबै लाग्छन् भन्ने छैन । त्यस्तो अवस्थामा हामीले पनि सोच्नुपर्छ ।’ जन्ता टाईम्समा

काेराेनाकाे दोस्रो डोजको खोप वैशाख ७ देखि ११ गतेसम्म लगाइने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको बताउनुभयो ।
जसमा ४ लाख ५० हजार जनाले यो खोप लगाउनेछन् । पहिलो प्रथमिकतामा पर्ने स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल एवम् शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र दीर्घरोगी लगायतका व्यक्तिहरुले खोप लगाउने उहाँले बताउनुभयो ।
चीन सरकारले सोमबार ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको छ । यसअघि २३ लाख ४८ हजार र भारतीय सेनाले उपलब्ध गराएको १ लाख गरी जम्मा हालसम्म नेपालले ३२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।

दोस्रो चरणको महामारी जोखिम
छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना महामारीको जोखिम बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढ्ने देखिएको छ । तर डराइहाल्नुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । पहिलो चरणको कोरोना महामारीमा भारतमा सङ्क्रमण दर बढेको एक दुई हप्तापछि नेपालमा पनि संक्रमण दर बढ्न सक्ने भन्दै तयारीमा जुट्न स्वास्थ्यकर्मीहरुको भनाइ छ । दैनिक २ देखि ३ हजारको संख्यामा भारतीय नागरिकहरु नेपाल फर्कदा भारतबाट कोरोना संक्रमण पनि नेपाल भित्रिने जोखिम बढ्दै गएको छ ।

नाकामा एन्टिजेन्ट जाँच
भारतमा कोरोना संक्रमण दर बढेपछि सीमा नाकामा पनि स्वास्थ्य तथा सुरक्षा चेकजाँच बढाइएको छ । भारतबाट नेपाल प्रवेश गर्ने नाकामा चेकजाँच गरेकोमा हालसम्म ४८ जनाभन्दा बढीमा दोस्रो चरणका कोरोना संक्रमण देखिएको छ ।
सीमा नाकाहरुमा एन्टिजेन्ट स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । जसअनुसार आधा घण्टासम्ममा कोरोना संक्रमणको परिणाम जान्न सकिन्छ । केही नाकाहरुमा भने यो एन्टिजेन्टको व्यवस्था हुनसकेको छैन । त्यसका लागि सरकारले पहल गरिरहेको बताएको छ ।

नेपालमा ५ दशमलव ६ प्रतिशतले खोप लगाए
देशको कुल जनसंख्यामध्ये ५ दशमलव ६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अझै पनि ९० देशमा यो खोप लगाउन नसकेको अवस्थामा सरकारले गरेको यो पहल ‘वन अफ द बेस्ट पहल’ को रुपमा लिइएको प्रवक्ता गौतमले बताउनुभयो । विश्वमा झण्डै ५ अर्ब खोप आवश्यक रहेकोमा १ अर्ब पनि खोप उत्पादन हुनसकेको छैन । जसकारण पनि खोप अभाव भएको हो ।

दुई हजारसम्म सक्रिय संक्रमित
देशमा अहिले पनि ११ सयदेखि १२ सयसम्म सक्रिय संक्रमितको संख्या छ । हालसम्म २ लाख ७६ हजार संक्रमित र ३ हजारको संख्यामा संक्रमितको मृत्यु भएको अवस्था छ । यो मृत्युदर अन्य देशको तुलनामा कम हो ।
मृत्युदर कम गर्न सरकारले सकेसम्म गरेको पहललाई पनि सकारात्मक रुपमा लिनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाइने दोस्रो डोजको खोपमा स्वास्थ्यकर्मीलाई विशेष प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीहरुले अरुलाई पनि सार्न सक्ने सम्भावना बढी भएको, संक्रमितको उपचारका लागि अनिवार्यरुपमा आवश्यक रहेको र आफ्नो जीवन नै उच्च जोखिममा राखेर फ्रन्ट लाइनमा कोरोनिाविरुद्ध लड्ने हुनाले स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको सरकारको भनाइ छ । 

मानन्धरको निधनप्रति प्रचण्डद्वारा समवेदना प्रकट

काठमाडौं । वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो कम्युनिस्ट आन्दोलनमा क्षति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले नेपालको वामपन्थी आन्दोलनमा मानन्धरले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताए। प्रचण्डले मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

माधव समूहको स्थायी कमिटी बैठक आज बस्ने यस्तो छ तयारी

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्न लागेको उनले बताए।

बैठकमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने बताइएको छ। नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए।

ओलीको पछिल्लो कदम पार्टी नीति र मापदण्डविपरित भएको भन्दै नेपाल र रावले कारवाही अस्वीकार गरिसकेका छन् ।

१५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं ।  १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।स्याङ्जाको हरिनास गाउँपालिकाबाट चार जना पुरुषहरुले १५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारी बताए ।पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ६ बस्ने २९ वर्षीय जेवन्त बहादुर खवास, ४२ वर्षीय दिल बहादुर राना, १८ वर्षीय जयम रुचाल र २९ वर्षीय निलेश रहेको उनीहरुलाई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई  जनाएको छ ।

आज २०७७ चैत्र १७ गते मंगलवारकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । परीश्रम अनु?पको फल प्राप्ती हुने समय रहेकोछ ।सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिह?को साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यह? सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतह? फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रह?को साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अ?को अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परीवारका कोहि सदस्यह?को स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिह?को बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानह?मा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन नि?त्साहित रहला ।

मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वह?को मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

एमालेबाट नेपाल र रावल ६ महिनाका लागि निलम्बित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई कारवाही गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् । यसअघि एमालेले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । सो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै अध्यक्ष ओलीले नेताहरूमाथि कारवाही गरेका हुन् ।

नेता नेपाल र रावलले स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गर्दै ओली स्वयं पार्टी विधि, विधान र संविधानको खिलाफमा गएकाले ओली कारवाहीको भागीदार किन नबन्ने भनेर प्रश्न गरेका थिए ।

यस्तै पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ । उनीहरुले तीन दिनभित्र स्पष्टीकरण किन नदिएको भनी सोधिएको हो ।

विद्यार्थी माथी कुटपीट

देवानगंज । सुनसरीको हरीनगर गाउँपालिका वार्ड नं. ४ का १७ वर्षिय बालक सुभेष कुमार मेहतालाई हरिनगर माध्यमिक विद्यालयका शिक्षक रघुनाथ मेहताले कुटपीट गरेको गुनासो बाहिर छ । कुटपिट सहित यातना दिने शिक्षक ४० वर्षिय रधुनाथ मेहतालाई कारवाहीको विधार्थीका अभिभावकले माग गरेका छन् ।

अभिभावक रामदेव मेहताले शिक्षक मेहतालाई विद्यार्थी माथी यातना र कुटपीटको आरोपमा कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
शिक्षक रधुनाथ मेहताले चैत्र १३ गते हरिनगर माध्यमिक विद्यालयको प्राविधिक धार तर्फको कक्षा १२ मा अध्ययनरत्त बालक सुवेष मेहतालाई पाइपले कुटेर घाइते बनाएको भन्दैँ कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

शिक्षक मेहताले बालकलाई पाइपले कुट्दा टाउँकोमा टाका लगाएको छ भने हातमा निलडाम परेको छ । यता शिक्षक मेहताले होलीको बाहनामा झ्याल फोडेर निस्किन खोज्दा चोट लागेको र आफूले नपिटेको दाबी गर्नुभयो ।