१५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ
१७ चैत्र २०७७, मंगलवार ११:०१
काठमाडौं । १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।स्याङ्जाको हरिनास गाउँपालिकाबाट चार जना पुरुषहरुले १५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारी बताए ।पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ६ बस्ने २९ वर्षीय जेवन्त बहादुर खवास, ४२ वर्षीय दिल बहादुर राना, १८ वर्षीय जयम रुचाल र २९ वर्षीय निलेश रहेको उनीहरुलाई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया