सहिद नगरभित्र त्यस्तो कुनै प्रकारको वायु प्रदुषण छैन, विद्यालयहरु संचालन नै रहने – मेयर यादव – Nagarikabhiyan : National News

सहिद नगरभित्र त्यस्तो कुनै प्रकारको वायु प्रदुषण छैन, विद्यालयहरु संचालन नै रहने – मेयर यादव

काठमाडौं ।  धनुषा जिल्लाको सहिद नगरपालिका भित्र कुनै प्रकारको वायु प्रदुषण नभएकोले नगर भित्रका सबै विद्यालयहरु संचालन नै रहने नगर प्रमुख उदय बरबरिया यादवले नगरको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
राजधानीमा वायु प्रदूषण बढेपछि देशभरका  शिक्षण संस्था ४ दिनका लागि बन्द गर्ने शिक्षा,बिज्ञान तथा प्रबिधि मंत्रालयले सोमबार प्रेस विज्ञप्तिमा जानकारी दिए । विज्ञाप्तिमा उल्लेख भएका अनुसार मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मंत्रालयले गरेको प्रेस विज्ञप्तिका अनुसार देशभरका शिक्षण संस्था बन्द गर्न भनिए पनि यस नगरपालिका भित्र त्यस्तो कुनै प्रकारको वातावरणीय प्रदुषण  नभएकोले नगर भित्रका सम्पूर्ण विद्यालय संचालनमा ल्याउन र आ-आफ्ना नानी बाबूहरुलाइ पूर्वत: बिधालय पठाउन हुन सम्पूर्ण अभिभावकलाई यस नगरका प्रमुख यादवले विज्ञप्तिमा अनुरोध गरिएका हुन् ।