माधव समूहको स्थायी कमिटी बैठक आज बस्ने यस्तो छ तयारी – Nagarikabhiyan : National News

माधव समूहको स्थायी कमिटी बैठक आज बस्ने यस्तो छ तयारी

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्न लागेको उनले बताए।

बैठकमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने बताइएको छ। नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए।

ओलीको पछिल्लो कदम पार्टी नीति र मापदण्डविपरित भएको भन्दै नेपाल र रावले कारवाही अस्वीकार गरिसकेका छन् ।