५ कार्तिक २०७७, बुधबार ०५:४१ – Page 5 – Nagarikabhiyan : National News

आज २०७७ कार्तिक ५ गते बुधबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ। प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ। आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 

पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिमा मन्दि आउनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

प्रतिभाको उच्च मुल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

राजनीति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ। चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ।

आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा गरिदै

देवानगंज । आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ ।

यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्ममासनसहित सिंहमा सवार रहन्छिन् । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ ।

आजको दिन हिन्दू धर्मावलम्बीहरु नजिकैका देवी शक्तिपीठहरुमा गई श्रद्धाभक्तिपूर्वक स्कन्दमाता भवानीको पूजाअर्चना गर्ने गर्दछन् । घटस्थापनाका दिनदेखी दशमीका दिनसम्म सनातन हिन्दू धर्माबलम्बीहरुले आ–आफ्नो कुल परम्पराअनुसार घरको पूजाकोठा, दसैं घरमा भक्तिपूर्वक पूजाआजा तथा दुर्गा सप्तशती चण्डी पाठ गर्ने गर्दछन् ।

स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले Kinetic अर्थात् आकर्षण शक्तिको स्वरूप मानिन्छ ।

दशैमा छिन्नमस्ता मंदिर सुनसान

राजविराज ।  सप्तरी प्रशासनले कोरोना भाईरस महामारीको मध्यनजर गर्दै जारी गरेको निषेधज्ञाले बिजयी दशमीको आज चौथो दिन छिन्नमस्ता भागवती मंदिर सुनसान देखिएको छ ।

प्रत्येक वर्ष दशैं सुरु भएदेखि नै सप्तरीका प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती र कंकालिनी मन्दिर लगायत अन्य मठमन्दिरहरुमा भक्तजनहरुको रमझम शुरु हुने गरेको थियो ।

तर कोरोना भाइरस महामारीका कारण मन्दिरहरुको रंगरोगन देखि बगैंचा सरसफाई र मेला समेत आयोजनामा यस बर्ष कमी आएको छ । सप्तरीका मठमन्दिरमा समेत हुने गरेको जमधट यसपालि हुन सकेको छैन ।

यस वर्ष कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर पश्चात दशैंको रौनकता नै हराएर गएको राजविराजका श्याम रजकले बताउनुभयो शक्तिपीठहरूमा दसैंको पूजापाठ सुरु भए पनि विगतका वर्षजस्तो हर्ष, उल्लास भने देखिएन ।

दशैको बेला सधै लाखौको संख्यामा छिन्नमस्ता भगवती मंदिर र भारदहस्थित कंकालनी भगवती मंदिरमा भिडभाड हुने गरेको थियो तर अहिले ति मंदिरहरु सुनसान देखिएपछि त्यहाँका होटल ब्यवसायी,फुलमाला बेच्ने र भगवतीलाई चढाउने प्रसादी बिक्रेता निरास भएका छन ।

उक्त शक्तिपिठ छिन्नमस्ता र कंकालनी भगवती मंदिरमा दशैको बेला यहाँ हजारोको संख्यमा खसीबोका बलि दिने गरेको छ त्यो पनि प्रभावित भएको छिन्नमस्ता भगवती मंदिरका पिठाधिस महाकानत ठाकुरले बताउनुभयो । त्यस्तै दशैको महानवमीका दिन कंकालनि मंदिरमा रंगाको बलि दिने चल्नछ ।

विश्व महामारीको रुपमा फेलिएको कोरोना भाइरसको संक्रमण बढन सक्ने खतरा रहेकोले गर्दा गत असोज ३० गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ र संक्रमण रोग ऐन, २०२० लाई टेकेर बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले गरि शंक्तिपिठ बिभिन्न भगवती मंदिर, मठमंदिर लगायत जिल्ला भित्र पर्ने सम्पूर्ण शक्तिपिठ एवं मन्दिर परिसरहरु असोज ३० गते राति ११ बजे देखी ०७७ मंसिर ७ गते राति ११ बजेर ३० मिनेट सम्मको दिनलई निषेधित क्षेत्र घोषित गरिएको छ ।

गत बर्ष भारतको बिभिन्न राज्य तथा जिल्लाहरुबाट लाखौको संख्यामा भक्तजनहरु आउने सप्तरीका दुई शक्तिपिठ छिन्नमस्ता र कंकालिनी भगवती मंदिरमा भक्तजन आउने गरेको थियो तर कोरोना भाइरसका कारण अहिले नेपाल भारत सिमानाका बन्द भएका कारणले पनि मंदिर सुनसान देखिएको छ ।

गत वर्ष वडा दशैको बेला करिब ७ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु नेपाल तथा भारतको गरी दर्शन गर्ने गरे पनि अहिले मन्दिरको दुई वटै मुख्य गेटमा सप्तरी प्रशान द्वारा ताला लगााई नेपाल प्रहरी र सस्स्त्र प्रहरीले पहरा दिई बसि रहेका छन भन्ने लुकाई छिपाई मन्दिर सम्म पुगेको श्रद्धालु भक्तजनहरुलाई सामाजिक दुरि कायम गरी पुजा पाठ गर्ने हामीले दिइरहेको छिन्नमस्ता मन्दिरका पिठाधिश महाकान्त ठाकुरले बताउनुभयो ।

नेपाल सरकार र सप्तरी प्रशाासनले चाडपर्वको बेला यस्तौ निर्णाय हुनु हिन्दुहरुको संस्कृति माथी प्रहार गरी यसलाई समाप्त पार्ने काम भईरहेको मन्दिरका पिठाधिश ठाकुर आरोप समेत लागाउनुभयो ।

भीडभाड नगरी प्रथा परम्परा धान्न नित्य पूजा गर्न भने छुट गरिएको सप्तरी प्रशासनले जनाएको छ । तर, पुस्तांैदेखि चल्दै आएको प्रथा पूर्ण रूपपर्व हिन्दूहरुको महान पर्व भएको हुनाले प्रशासनको निषेधाज्ञाको रबैयाले हिन्दू धर्ममाथि नै प्रहार भएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताउनुभयो ।

सरकारले घोषणा गरेको चैत्र ११ देखिको लकडाउन पश्चात मात्रै भारतीय श्रद्धालुको संख्या करिब १ लाख २५ हजार तथा ३५ सय भन्दा बढी बलि भएको भन्दै हिन्दु परम्परामाथि कुठाराघात नगर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

यस्तै जिल्लाको कंकालिनी मन्दिर, राजविराजको भगवती मन्दिर, पातोको डाक्नेश्वरी मन्दिर तथा राजदेवी मन्दिरमा पनि सुनसान देखिएको छ ।

भीडभाडको डरले सर्वसाधारणलाई मन्दिर प्रवेशमा निकै कडाइ गरिएको छ भने पूजाआजामा पनि विशेष सतर्कता अपनाइएको छ । मन्दिर आउने श्रद्धालुलाई मास्क अनिवार्य गरिएको छ ।

ढोकामा उभिएका स्वयंसेवकले सेनिटाइजर दिएर र थर्मल गनले ज्वरो नापेर मात्रै सर्वसाधारणलाई मन्दिर पस्न दिने गरेको श्रद्धालुहरुको भनाई छ ।

चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै नोकिया

फिनल्याण्डको कम्पनी नोकियाले चन्द्रमामा फोर जी नेटवर्क स्थापना गर्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासासँग एक ऐतिहासिक सम्झौता गरेको छ ।

नोकियाले चन्द्रमामा फोर जी सेल्युलर कम्युनिकेसन नेटवर्क स्थापनाको एक परियोजनामा काम सुरु गरिसकेको छ ।
नासाले अमेरिकास्थित नोकियाको शाखासँगै अन्य १३ वटा अमेरिकी कम्पनीहरुलाई समेत चन्द्रमामा फोरजी स्थापना गर्ने कार्यक्रमका लागि आफ्नो साझेदारको रुपमा छनोट गरेको छ ।

चन्द्रमामा फोरजी नेटवर्क प्रणाली स्थापना गर्नका लागि नासाले ३७ करोड अमेरिकी डलर खर्च गर्नेछ । त्यसमध्ये नोकियाले १ करोड ४१ लाख डलर पाएको छ ।

नोकियाले विकसित गरेको फोर जी नेटवर्क प्रणालीले चन्द्रमाको सतहमा अधिकतम दुरी समेट्ने तथा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउने बताइएको छ ।

नासाका अनुसार चन्द्रमामा स्थापना हुने फोर जी नेटवर्क अन्तरीक्षमा विकसित हुने पहिलो फोर जी कम्युनिकेसन सिस्टम हुनेछ ।
नोकियाको अनुसन्धान विभागको रुपमा रहेको बिल ल्याब्सले आफ्नो ट्वीटर मार्फत यस विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छ ।

चन्द्रमामा फोरजी नेटवर्क स्थापना भएसँगै त्यसले चन्द्रमामा पुग्ने अन्तरीक्षयान तथा अन्तरीक्षयात्रीहरुसँगको सञ्चारलाई प्रभावकारी बनाउनुका साथै चन्द्रमाबाट उच्चगुणस्तरीय भिडियोहरु समेत प्रशारण गर्न सकिनेछ ।

यद्यपि चन्द्रमामा फोर जी नेटवर्क लैजानका लागि नोकियाले गरेको यो पहिलो कोसिस भने होइन । जर्मनीको भोडाफोन कम्पनीसँग सन् २०१८ मा नोकियाले यस्तै खालको एक साझेदारी परियोजनाको घोषणा गरेको थियो । त्यतिबेला सन् २०१९ सम्ममा चन्द्रमामा फोर जी इन्टरनेट प्राप्त हुने दाबी नोकियाको थियो । तर भोडाफोन र नोकियाबीचको उक्त साझेदारी अगाडि बढ्न सकेन ।

एजेन्सी

सप्तरीमा चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु

राजविराज । नेपालीहरुको महान चाडपर्व बिजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि प्रहरीले विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार जिल्लाको शक्तिपीठहरुमा आवश्यक निर्देशनसहित प्रहरी परिचालन गरिएको उहाँको बताउनुभयो ।

यस क्रममा विभिन्न क्षेत्रका नागरिकसँग छलफल गरि प्राप्त सुझावका आधारमा आगामी रणनीति र योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक धमलाले जानकारी दिनुभयो ।

पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरि अदालत समक्ष बुझाइसकेको प्रहरी उपरिक्षक धमलाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका छन ।

अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका २ सय २ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पछिल्लो समय फरार अपराधकी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थालेपछि एकपछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक धमलाको भनाई छ ।

समाजमा भएको विद्यमान अपराध र बिकृती र बिसंगतिहरुलाई निरुत्साहित गर्न सुरु गरिएको अभियानमा सबै सचेत नागरिकले सहयोग गर्नु पर्ने प्रहरीको भनाई छ ।

आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै

देवानगंज । आज नवरात्रको चौथो दिन । नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिन्छ ।

नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्  । सोहीअनुसार आज कुष्माण्डाको पूजा गरिदैछ । यसपालि भने कोरोनाको कारणले मठ मन्दिर शुनसान छ ।

आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीलाई कुष्माण्डा भनिएको हो । जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् ।

सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन् । कुष्माण्डालाई अष्ठभूजा पनि भन्ने गरिएको छ ।

 

आज २०७७ कार्तिक ४ गते मंगलबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खान पानमा बिशेष साबधानी अपनाउनु होला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।

पाठयक्रम कार्यन्वयन सम्बन्धि पाँच दिने तालिम सुरु

राजविराज । एकिकृत पाठयक्रम कार्यन्वयन सम्बन्धि पाँच दिने अभिमुखीकरण तालिम आइतबार यहाँ सुरु भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित भुपेन्द्र साँस्कृत माबि बिद्यालय सखडामा आयोजित एकिकृत पाठयक्रम कार्यन्वयन सम्बन्धि तालिममा १३ जना पुरुष र ६ जना महिला शिक्षक,शिक्षिकाहरुको सहभागिता रहको छ ।

छिन्नमस्ता गाउँपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले आयोजना गरेको एकिकृत पाठयक्रम कार्यन्वयन तालिम कातिक २ देखि ६ गते सम्म चल्ने सेभ द सप्तरीका फिल्ड अधिकृत मुकेश कुमार मण्डलले जानकारी दिनुभयो ।

सो तालिममा छिन्नमस्ता गाउँपालिकाका १९ वटा समुदायिक बिद्यालयका शिक्षक ,शिक्षकाहरुले तालिम लिइरहेको सेभ द सप्तरीले जनाएको छ ।

तालिम सुरुवाती कार्यक्रममा छिन्नमस्ता गाउँपालिका शिक्षा संयोजक सनतोष राय, सेभ द सप्तरीका फिल्ड अधिकृत मुकेश कुमार मण्डल, कार्यक्रम सुपरभाईजर रामचन्द्र यादव, समुदायिक परिचालक बद्री नारायण मण्डल, चमपा शर्मा र रुभा मण्डल लगायतका उपस्थिति रहेको थियो ।

तालिममा भने सुरुङगा नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्र कुमार यादव र सहयोगि दिप कुमार यादवले सहजिकरण गर्दै हुनुहुन्छ ।

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा, आराधना गरिँदै

देवानगंज ।  नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको भक्ति भावमा साथ पूजा तथा आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं रातो रङका पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरी दूधको परिकार चडाउनु पर्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

शास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दश बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गर्नुभएको छ । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।

देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । देवीको यो स्वरूप परम शान्ति प्रदायक साथै कल्याणकारी छ । यिनको घण्टीको भयानक ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरू डराउँछन् । चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने शास्त्रमा वर्णन गरिएको छ । त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई चन्द्रघण्टा देवीको आराधना गर्नुपर्छ ।

चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन्त्रको चच्चारण गर्नुपर्छ ।

यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता ।

नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।

आज २०७७ कार्तिक ३ गते सोमबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ। पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन्।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन्।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ।

ब्राउनसुगरसहित सप्तरीमा दुई दाजुभाई पक्राउ

राजविराज । लागुऔषध ब्राउनसुगरसहित सप्तरीमा दुई दाजुभाई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ७ का १९ वर्षीय निरज कुमार शर्मा र भरत शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनपुर वाट प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले अग्निसाईर कृष्णासबरण गाउँपालिका वडा नम्बर ५ बक्धुवा स्थित भित्रि सडकबाट स ७ प १८६५ नम्बरको मोटर साईकलमा लागूऔषध गईरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाल जानकारी दिनुभयो ।

सूचनाको अधारमा चेक–जाँच गर्दा शर्माको साथबाट १० ग्रामको ५ वटा प्याकेट भएको ५० ग्राम ब्राउनसुगर सहित २ थान मोवाईल र ६ हजार ९ सय रुपैया बरामद भएको प्रहरी उपरिक्षक धमलाले बताउनुभयो ।

नियन्त्रणमा लिएका दुवैलाई इलाका प्रहरी कार्यालय कञ्चपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोरोनाबाट प्रभावित अतिबिपन्न परिवारलाई राहत बितरण

राजविराज । कोरोना भाइरस(कोभिन्ड १९) का कारण खाना खान समस्यामा रहेको २ सय ५२ जना गरिब अतिबिपन्न परिवारलाई आज यहाँ खाद्यन्न सामग्री बितरण गरेको छ ।

सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साँझेदारीमा राजविराजमा आइतबार सो खाद्यन्न सामग्री बितरण गरिएको हो ।

सेभ द सप्तरीका कृषि प्राविधिक राम कुमार साहका अनुसार कोरोना भाइरस(कोभिन्ड १९) का कारण खाना खान समस्यामा रहेको उनीहरुलाई १५ केजी पिठो,७५ केजी चामल, १० केजी मुसरोका दाल, ५ लिटर खाने तेल, ६ पयाकेट नुन, ५ पिसका दरले साबुन ५ पिस कपडा धुने साबुन लगायतका खाद्यन्न समाग्री बितरण गरिएको छ ।

जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा ४३ जना परिवार,छिननमस्ता गाउँपालिका वडा नं. ७ का ८३ जना परिवार र राजविराज नगरपालिका वाड नं. १४ का १२६ जना परिवारलाई सो राहत बितरण गरिएको जनाइएको छ ।

प्रति परिवार रु ८ हजार ६ सय २५ रुपैयाका दरले २५२ जनालाई खाद्यन्न सामग्री बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ । करिब २१ लाख ६३ हजार ५०० सय मुल्यबराबरको राहत बितरण गरेको जनाइएको छ ।

त्यस्तै सोही कार्यक्रममा २ सय ६५ जना बालबालिकाहरुलाई एजुकेशनल किट समेत बितरण गरेको छ । सो क्रममा प्रत्येक जनालाई ब्याग १ थान, स्टेसनरी समान, बिद्यालयका पोसाक लगायतका समानहरु बितरण गरिएको छ ।

सो राहत बितरण कार्यक्रममा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, जिविको उपार्जन कायृक्रमका संयोजक इन्द्र हायु, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव , कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अधिकृत सत्यनारायण थारु, ,बिदया मण्डल, सुपर भाइजर मनिता घिमेरे,भुपेन्द्र सदा लगायतका उपस्थिति रहेको थियो ।

यसअघि शनिवार पनि बिषणुपुर गाउँपालिका ६ रंजितपुरका ४३ जना गरिब तथा अतिबिपन्न परिवारलाई पनि राहत बितरण गरिएका्े थिायो ।

सेभ द सप्तरीका कृषि प्राविधिक राम कुमार साहका अनुसार उनीहरुलाई १५ केजी पिठो,७५ केजी चामल, १० केजी मुसरोका दाल, ५ लिटर खाने तेल, ६ पयाकेट नुन, ५ पिसका दरले साबुन ५ पिस कपडा धुने साबुन लगायतका बितरण गरिएको जानकारी दिनुभयो ।

उक्त राहत बितरण समहारोमा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, जिविकोउपार्जनका कार्यक्रम संयोजक इन्द्र हायु,सेभ द चिल्डेनका लेखा अधिकृत सुरेश यादव, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, ,सचिव नरेन्द्र यादव, राम बिनायक यादव अधिकृत मुकेश मण्डल, समुदायिक परिचालक चम्पा शर्मा लगायतका उपस्थित रहेको थियो ।

आईपीएलमा आज दुई खेल हुँदै : कसले मार्ला बाजी ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेट अन्तर्गत आज (आइतबार) दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुने भएको छ।

अबुधाबीमा हुने कोलकत्ता र हैदराबादबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा इयान मोर्गनको कप्तानीमा कोलकत्ता र डेभिड वार्नरको कप्तानीमा हैदराबाद मैदान उत्रने छन् ।

कोलकत्ता अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने हैदराबादले ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्ने छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

सिरहामा विद्युत चुहावट १० प्रतिशतले वृद्धि

सिरहा । कोरोना सङ्क्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा विद्युत् चुहावट करिब १० प्रतिशतले बढेको छ ।

विगतका वर्षमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा विद्युत् चुहावट अभियान सञ्चालन हुदाँ विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको थियो ।

सरकारले गत चैत महिनादेखि गरेको लकडाउन र फैलिँदो कोरोना सङ्क्रमणको सन्त्रासका कारण चुहावट नियन्त्रणका लागि गाउँगाउँमा टोली पठाउन नसकेका कारण चुहावट बढेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख ई धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा विद्युत्को महसुल नबुझाउने एक हजार ४२४ ग्राहकको विद्युत् लाइन काट्दा रु तीन करोड २९ लाख ८४ हजार ४८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ । आव २०७५/७६ मा विद्युत्को महसुल नबुझाउने ४४९ ग्राहकको विद्युत लाइन काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको थियो ।

लामो समयदेखि विद्युत् महसुल नबुझाउने २७७ ग्राहकलाई कालोसूचीमा राखिएको र त्यस्ता ग्राहकको क्रमशः लाइन काटिने प्रमुख यादवको भनाइ छ । कालोसूचीमा रहेका ग्राहकबाट रु ६० लाख आठ हजार ४३८ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।

त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ३६ जनालाई पक्राउ गरी जरिवानावापत रु १७ लाख ८४ हजार ८६३ राजश्व सङ्कलन भएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका इञ्जीनियर रामजी साहले बताए ।

सो क्रममा २२० थान विद्युत् मोटरसमेत बरामद गरिएको प्रमुख यादवले बताए। कूल ५८ हजार ८८४ ग्राहकबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आव २०७६/७७ मा विद्युत् महसुल ९४ दशमलव ८२ प्रतिशत अर्थात् रु ३३ करोड ६६ लाख १६ हजार ४४० सङ्कलन गरेको इञ्जीनियर साहले बताए ।

निकुञ्जमा गैँडा मृत्युको कारण खोज्न सुरु

चितवन । प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ ।

निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डा. अमिर सडौला सदस्य रहेको समिति बनाएको छ । संयोजक रानाभाटका अनुसार समितिको बैठक बसेर अध्ययनका विषयबारे छलफल अघि बढाइएको छ ।

गैँडा मरेका क्षेत्रमा केही दिनमा स्थलगत अध्ययन गरिने तथा बृहत् छलफल र विगतका तथ्याङ्कहरुको अध्ययन गरी कारण पहिचान गरिने रानाभाटले जानकारी दिए । चालू आर्थिक वर्षमा हालसम्ममा एउटा गैँडा चोरी सिकारका कारण तथा आठ गैँडा प्राकृतिक कारणले मरेका छन् ।

अधिकांश गैँडा कसरादेखि पश्चिमतर्फको क्षेत्रमा मरेका थिए । रानाभाटकाअनुसार गैँडा मरेका ठाउँको स्थलगत अध्ययनसँगै हरेक गैँडाको मृत्युका कारणको खोजी, बासस्थानको अवस्थालगायत बारेमा अध्ययन गरिने छ ।

यसअघि पनि निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित टोलीले प्राकृतिक कारणबाट गैँडा मर्नुको कारणको अध्ययन गरेको थियो । निकुञ्जमा प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको उपस्थितिमा भएको बैठकले स्थानीय स्तरमा समिति गठन गरी गैँडा मृत्युका कारण खोजी गर्ने निर्णय गरेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि त्यसको न्यूनीकरणका लागि उपायहरुको खोजी गर्न लागिएको हो ।

मुख्य रुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर तथा एक अर्कोसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेका छन् ।

नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए । नदीले बगाएर गण्डक बाँध पार गरेपछि गैँडा बाहिर आउन कठिन हुने गरेको छ ।

गत वर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैँडा मरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४३ थियो । सन् २०१५ मा निकुञ्जमा गरिएको गणनाअनुसार यहाँ ६०५ गैँडा रहेका छन् । त्यसयता गैँडा स्थानान्तरण र बाढीका कारण केही घटेका छन् भने प्रजनन भएर केही बढेको अनुमान छ ।

हरेक चार–चार वर्षमा गैँडा गणना गरिन्छ । गत आर्थिक वर्षमा गैँडा गणना कोरोनाका कारण रोकिएको थियो । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ ।

जनार्दन शर्माले दशैँ भत्ता पूर्वजनमुक्ति सेनाका घाइतेको उपचारमा खर्च गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले दशैँ भत्ता पूर्वजनमुक्ति सेनाका घाइतेको उपचारमा खर्च गर्ने भएका छन् ।

आज सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्खै सङ्घीय संसद् सचिवालयबाट आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताएका हन् ।

कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले रकम दिएको उनको भनाइ छ । शर्माले कोरोना महामारीको यस्तो सङ्कटमा सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किन्न पनि आग्रह गरेका छन् ।