कोरोनाबाट प्रभावित अतिबिपन्न परिवारलाई राहत बितरण
२ कार्तिक २०७७, आईतवार १५:००
राजविराज । कोरोना भाइरस(कोभिन्ड १९) का कारण खाना खान समस्यामा रहेको २ सय ५२ जना गरिब अतिबिपन्न परिवारलाई आज यहाँ खाद्यन्न सामग्री बितरण गरेको छ ।
सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साँझेदारीमा राजविराजमा आइतबार सो खाद्यन्न सामग्री बितरण गरिएको हो ।
सेभ द सप्तरीका कृषि प्राविधिक राम कुमार साहका अनुसार कोरोना भाइरस(कोभिन्ड १९) का कारण खाना खान समस्यामा रहेको उनीहरुलाई १५ केजी पिठो,७५ केजी चामल, १० केजी मुसरोका दाल, ५ लिटर खाने तेल, ६ पयाकेट नुन, ५ पिसका दरले साबुन ५ पिस कपडा धुने साबुन लगायतका खाद्यन्न समाग्री बितरण गरिएको छ ।
जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा ४३ जना परिवार,छिननमस्ता गाउँपालिका वडा नं. ७ का ८३ जना परिवार र राजविराज नगरपालिका वाड नं. १४ का १२६ जना परिवारलाई सो राहत बितरण गरिएको जनाइएको छ ।
प्रति परिवार रु ८ हजार ६ सय २५ रुपैयाका दरले २५२ जनालाई खाद्यन्न सामग्री बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ । करिब २१ लाख ६३ हजार ५०० सय मुल्यबराबरको राहत बितरण गरेको जनाइएको छ ।
त्यस्तै सोही कार्यक्रममा २ सय ६५ जना बालबालिकाहरुलाई एजुकेशनल किट समेत बितरण गरेको छ । सो क्रममा प्रत्येक जनालाई ब्याग १ थान, स्टेसनरी समान, बिद्यालयका पोसाक लगायतका समानहरु बितरण गरिएको छ ।
सो राहत बितरण कार्यक्रममा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, जिविको उपार्जन कायृक्रमका संयोजक इन्द्र हायु, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव , कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अधिकृत सत्यनारायण थारु, ,बिदया मण्डल, सुपर भाइजर मनिता घिमेरे,भुपेन्द्र सदा लगायतका उपस्थिति रहेको थियो ।
यसअघि शनिवार पनि बिषणुपुर गाउँपालिका ६ रंजितपुरका ४३ जना गरिब तथा अतिबिपन्न परिवारलाई पनि राहत बितरण गरिएका्े थिायो ।
सेभ द सप्तरीका कृषि प्राविधिक राम कुमार साहका अनुसार उनीहरुलाई १५ केजी पिठो,७५ केजी चामल, १० केजी मुसरोका दाल, ५ लिटर खाने तेल, ६ पयाकेट नुन, ५ पिसका दरले साबुन ५ पिस कपडा धुने साबुन लगायतका बितरण गरिएको जानकारी दिनुभयो ।
उक्त राहत बितरण समहारोमा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, जिविकोउपार्जनका कार्यक्रम संयोजक इन्द्र हायु,सेभ द चिल्डेनका लेखा अधिकृत सुरेश यादव, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, ,सचिव नरेन्द्र यादव, राम बिनायक यादव अधिकृत मुकेश मण्डल, समुदायिक परिचालक चम्पा शर्मा लगायतका उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया