२ कार्तिक २०७७, आईतवार १०:०८ – Page 6 – Nagarikabhiyan : National News

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना गरिदै

देवानगंज  ।  नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणीदेवीको अनुकम्पा आवश्यक हुने बताइएको छ। ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणीमाता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ। शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

सेभ द सप्तरीको २१ औ सधारण सभा सम्पन्न

राजविराज । सेभ द सप्तरीले आज २१ औ सधारण सभा शनिवार यहाँ एक समहारोका बिच सम्पन्न गरेको छ ।

सप्तरीको राजविराजस्थित बागेश्वरी मंदिरमा आयोजित २१ औ सधारण सभाको प्रमुख अतिथि प्रदेश नं। २ का प्रदेश सभा सासंद गीता यादवले उद्धघाटन गर्नुभयो ।
सो सधारण सभामा आर्थिक बर्ष २०७६/०७७ मा सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले संचालन गरेको समुन्नति कार्यक्रम अनर्तगत वल्र्ड ऐजुकेशनको सहयोगमा सक्रिय कार्यक्रम र ग्रामिण खानेपानी तथा सरसफाई बिकास कोष सहयोगमा संचालित कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ ।

कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सन २०१३ नोभेम्बर देखि संचालन गरिएको समुन्नती कार्यक्रम अन्र्तगत मातृ तथा नबजात शिशु, मेरो पहिलो बच्चा, बिद्यालय स्वास्थ्य तथा पोष्ण कार्यक्रम,आधारभुत शिक्षा,किशोरकिशोरी बिकास कार्यक्रम, जीबिकोपार्जन कार्यक्रम अन्र्तगत बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको जानकारी दिनुभयो ।

बालबालिकाहरुलाई गुणस्तरीय शिक्षामा पहुच बढाउने उदेश्यका साथ संचालित कार्यक्रममा स्वास्थ्य तथा सरसफाई सम्बनिध समेत कार्यक्रम गरियो ।
ग्रमीण खानेपानी तथा सरसफाई अन्र्तगत दिघवा,अर्नाह,पथरगाडा र तोपामा उपभोक्त समुह र समिति गठन गरि ग्रमनिण खानेपानीको निर्माण समेत सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बिशिष्ट अतिथि अपाङ संघका अध्यक्ष बलदेव मण्डल, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, ,संतोष यादव , छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल लगायतका वक्तहरुले सफल कार्यकालको शुभकामना दिएका छन ।
सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं। २ का प्रदेश सभा सासंद गीता यादव र राससकर्मी अरुण कुमार यादव लगायतकालाई सेभ द सप्तरीका अध्यक्षले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

साथै उक्त कार्यक्रममा सेभ द सप्तरीका फिल्ड अधिकृत,सुपरभाइजर र समुदायिक परिचालकसहित बिभिन्न पदका कर्मचारीहरुको उपस्थित रहेको थियो ।
त्यस्तै सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साँझेदारीमा बिषणुपुर गाउँपालिका ६ रंजितपुरका ४३ जना गरिब अतिबिपन्न परिवारलाई पनि राहत बितरण गरिएका्े छ ।

सेभ द सप्तरीका कृषि प्राविधिक राम कुमार साहका अनुसार उनीहरुलाई १५ केजी पिठो,७५ केजी चामल, १० केजी मुसरोका दाल, ५ लिटर खाने तेल, ६ पयाकेट नुन, ५ पिसका दरले साबुन ५ पिस कपडा धुने साबुन लगायतका बितरण गरिएको छ ।
उक्त राहत बितरण समहारोमा सेभ द चिल्डेनका लेखा अधिकृत सुरेश यादव, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, समुन्नति कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी ,सचिव नरेन्द्र यादव, राम बिनायक यादव अधिकृत मुकेश मण्डल, समुदायिक परिचालक चम्पा शर्मा लगायतका उपस्थित रहेको थियो ।

विदेश होइन् स्वदेशमै श्रम गरौं : श्रेष्ठ

इनरुवा । नेपाली आफनो हात मुख जोडन र परिवारको सुखसयलका लागि भन्दैं बिदेशिने क्रम दशक यता ह्वातै बढेको छ । नेपालमा चाहेजति काम नपाउने र पाएपनि श्रम अनुसारको पारिश्रमिक नपाएको भन्दैं बिदेशिनेहरुको लर्को नै लागेको देखिन्छ । हालपनि झण्डै ४८ लाख नेपालीहरु बिदेशी भूमिमा श्रम गरिरहेका छन् ।

बैदेशिक रोजगारको नाममा बिदेश जाने घर जग्गा बन्दकी राख्ने र आमाबुवा , छोराछोरी श्रीमती, दिदिबहिनि, दाजुभाई समेत छाडेर वर्षौ सम्म बिदेशमा बस्ने र त्यसैको असर केहीले राम्रो घरजग्गा जोडेका छन् भने केहीले परिवारलाई नै बिखण्डन पारिदिएको छ । तर केहीले आफनो श्रम , सीप र पसिनाप्रति बफदार भएर स्वदेश र बिदेश दुबैतिर राम्रो कमाउन सकिन्छ भन्ने सन्देश समेत दिएका छन् । त्यस्तै मध्येको एक हुन् सुनसरी सदरमुकाम इनरुवा ५ बलाहाका ३६ वर्षिय होम नारायण श्रेष्ठ ।

श्रेष्ठ स्वदेशमा रोजगार नपाएर पैसा कमाउनका लागि १२ वर्ष अघि अफिकी मुलुक जानुभएको थियो । सुरुमा धेरै कमाउने र घरपरिवारलाई सुख, शान्ति प्रदान गरिने सोचेको भएपनि अरुको मुलुकमा जति नै श्रम र सीप खर्चेपनि आफनो जस्तो नहुने सम्झेर स्वदेश फर्किनुभयो । स्वदेश फर्केका श्रेष्ठ बिदेशमा कमाएको आम्दानीबाटै आफनै गाउँमा बबि ट्रेडर्स सप्लायर्स खोल्नुभएको छ । श्रेष्ठले नेपालमा आवश्यक र माग अत्याधिक रहेको स्तरीय मदिराको थोक तथा खुद्रा बिक्रीका लागि बबि ट्रेडर्स सप्लायर्सको शनिवार उद्घाटन गरेर सञ्चालनमा ल्याउनुभएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण श्रेष्ठ पैसा कमाउन अफ्रिका गएपछि लामो संघर्ष गरेर १२ वर्ष पछि हालै स्वदेश फर्कनुभएका श्रेष्ठले बिदेशमा श्रम गर्नुभन्दा स्वदेशमै ब्यापार ब्यवसाय गर्ने र आफु पनि कमाउने अरुलाई पनि रोजगार दिने उद्देश्यले इनरुवा ५ बलाहामा बबि ट्रेडर्स सप्लायर्स सञ्चालनमा ल्याएको बताउनुभयो ।

श्रेष्ठले सञ्चालनमा ल्याउनुभएको बबि ट्रेडर्स सप्लायर्सको इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले उद्घाटन गर्नुभएको छ । शनिवार घटस्थापनाका दिन ब्यवसाय उद्घाटन गरेर ब्यवसायमा सफलता हासिल गर्ने शुभकामना श्रेष्ठलाई दिएको नगर प्रमुख मेहताले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा सामी परियोजना सुनसरीका कार्यक्रम अधिकृत धिरज भट्टराईले युवाहरु बिदेशिने क्रम बढेको र बैदेशिक रोजगारकै नाममा ठगि सहित बिभिन्न समस्या झेलिरहेकाहरुको लागि श्रेष्ठको ब्यवसायिक कार्यले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । भट्टराईले अरुको भूमिमा रगत पसिना र श्रम खर्चिनु भन्दा स्वदेशमै रोजगार र ब्यवसाय गर्न जरुरी रहेको बेला श्रेष्ठले त्यसको सुरुवात गरेकोमा बधाई र शुभकामना दिनुभयो ।

चार वटा पसलमा ताला

इनरुवा । सुनसरीको इटहरीमा मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने चार वटा पसलमा ताला लगाइएको छ ।

इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा विहान भएको वजार अनुगमनको क्रममा विपी चौक जाने सडक छेउमा रहेका चार वटा मासुपसलमा ताला लगाइएको हो । गत असोज २५ गते अनुगमनका क्रममा ती पसलहरुलाई खुल्ला रुपमा मासु नवेच्न र ३ दिन भित्रमा जाली लगाउन निर्देशन सहितको पत्र दिइएको थियो ।

फेरी अनुगमन गर्दा पनि जाली लगाएको नपाइएपछि वाध्य भएर ताला लगाइएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भट्टराईले वताउनुभयो । विगत दुई बर्ष देखि अनुगमनका क्रममा ती पसलहरुलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिएपनि अटेर गरेको उपमेयर गौतमले जानकारी दिनुभयो । आज जम्मा सात वटा मासु पसलको अनुगमन गरिएको छ ।

अरु चार वटा पसललाई तीन दिन भित्र सुधार गर्न पत्र दिइएको छ । पूःन अनुगमनका क्रममा सुधार गरेको नपाइए ती पसलहरुमा पनि ताला लगाउन वाध्य हुने उपमेयर गौतमले वताउनुभयो । इटहरीमा वजार अनुगमनलाई तिव्रता दिइएको छ ।

अबैध सुर्तीजन्य सामान बरामद

इनरुवा । सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नं. ८ पुष्पलाल चोकबाट अवैध सुर्तीजन्य सामान बरामद भएको छ ।

इटहरीको भित्रि सडकखण्डमा सुरक्षा चेकजाँच गर्ने क्रममा सुनसरीको हरिनगर गा.पाका २३ वर्षिय अरबिन्द्र मेहतालाई पक्राउ गरेको हो ।

मेहता सवार को ३ प ८३१८ नं. को मोटर साईकलमापहेलो प्लाष्टिकको बोरामा प्याक गरी ३ बोरा सुर्ती जन्य पदार्थ (खैनी) २४५ पोका (एक ओटा पोकामा १२ प्याकेटका दरले २,९४०प्याकेट) अबैध सुर्ति जन्य पदार्थ भारतबाट चोरी पैठारी गरि भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक र वरामद समान सहित आवश्यक कारवाहिको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्याङ्जामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ग १ त ५६३७ नंको ट्र्याक्टर अनियन्त्रित भइ सडकमै पल्टिएको थियो। ट्र्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।

दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन्। उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरी जिल्लाको शक्तिपिठ र मन्दिर क्षेत्रमा निषेधाज्ञा

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको सम्पुर्ण शक्तिपिठ र मन्दिर क्षेत्रहरुमा आजदेखि निषेधित क्षेत्र घोषणा गरेका छन ।

बिश्व भरी फेलिएको कोरोना महामारीका कारण सप्तरी जिल्लामा समेत यसको ठुलो प्रभाव परेका भन्दै निषेधित क्षेत्र घोषणा गरिएका हो ।

आजदेखि नेपानलीहरुको महानचार्ड बिजय दशमी सुरु भएका कारण मठ,मंदिर तथा बिभिन्न शक्तिपिठहरुमा हुने भक्तजनहरुको भिडभाडलाई लक्षित गरि निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालाय राजविराज सप्तरीका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुरले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा सप्तरी जिल्ला भित्र पर्ने सम्पूर्ण शक्तिपिठ एवं मन्दिर परिसरहरु आज राति ११ बजे देखी ०७७ मंसिर ७ गते राति १२ बजे सम्मको दिनलई निषेधित क्षेत्र घोषित गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ र संक्रमण रोग ऐन, २०२० अनुसार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णाय गरिएको बिज्ञप्तीमा जनाएको छ । ।

त्यसैगरी निषेधज्ञाको अवधिमा मन्दिरको नित्य पुजा बाहैक सम्पुण गतिविधिहरु निषेध गरिएको साथै सो अवधिमा भिड भाड नगरी आ–आफनो परम्परा अनुसार घरमानै पुजा पाठ गरी यस वर्षको दशैं मनाउन प्रशासकीय अधिकृत ठाकुरद्धारा जारी विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

साथै निषेधाको अवधिमा उल्लेखित स्थानहरुमा मन्दिरका तर्फवाट गरिने नित्य पुजापाठ वाहेकका अन्य सम्पुर्ण कार्यरगतिविधि हुनरगर्न निषेध गरिएको ब्यहोरा समेत सवैमा जानकारी गराउँदै कोभिड १९ संक्रमणलाई दृष्टिगत गरी भीडभाड नगरी, सुरक्षित साथ आ–आफनै घरमा आफनो परम्परा अनुसार आगामी चाडपर्वहरु समेत मनाउन सम्पुर्ण जिल्लावासीमा अनुरोध गरिएको छ ।

नेपालबाट यस वर्षको मनसुन बाहिरियो

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते ९१२ जुन० देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते ९अक्टोबर १० नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् ।

गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।

आज घटस्थापना, नवरात्रभर यसरी गर्नुस् पूजा

देवानगंज । आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य ९जमरा० बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । अर्थात् जुन(जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ ।

दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

पूजा गर्दा नौ दिनसम्म कुन(कुन दिन कसको र के(के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

१. पहिलो दिन

घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । घटस्थापनाको उत्तम साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ ।

गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

२. दोस्रो दिन

दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

३. तेस्रो दिन

तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैंभरि रहन्छ ।

४. चौथो दिन

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ ।

५. पाँचौ दिन

पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ । स्कन्धमाताको पूजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।

६. छैटौँ दिन

आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्नुपर्दछ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने र विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने छ ।

७. सातौँ दिन

नवरात्रको सातौं दिन अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घर मा फूलपाती भित्राउने चलन छ । यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ । कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।

सप्तमीको दिन तुलजा भवानीको यात्रा बिहान ९ बजेर २१ मिनेटमा र स्थिराशन बिहान १० बजेर २ मिनेटमा निर्धारण गरिएको छ ।

८. आठौँ दिन

महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्दछ । यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

९. नवौं दिन

घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गर्नुपर्दछ । घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ ।

 

आज २०७७ कार्तिक ०१ गते शनिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
नजिकका साथीभाइ टाढिन सक्छन् । आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनुहोला । मौसमी रुघाखोकी, टाउको तथा आँखा सम्बन्धी समस्याले सताउन सक्छ । सावधान रहनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । टाढाका शुभ चिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भोतिक साधनको क्षति हुने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ ।

प्रहरीकै संरक्षणमा सुनसरीमा तस्करीको लाइन सञ्चालन

देवानगंज । कोरोना महामारी सुरु भएपछि नेपाल–भारत सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरी मानवीय गतिविधि बन्द गरेको बेला सीमासँग जोडिएका सुनसरीका सडकहरु तस्करीका लागि प्रयोग हुन थालेका छन् । विगत लामो समयदेखि औपचारिक रुपमा तस्करीको लाइन सञ्चालन नभएको दक्षिणी क्षेत्रमा तस्करीजन्य गतिविधि एकाएक बढेको छ ।

विगत एक महिनायता तस्करी धन्दा बढोत्तरी हुँदै चरम अवस्थामा पुगेको छ ।नेपालबाट विशेष गरी हरियो र सेतो मटर, कालो मरिच,सुपारी, फेरन लवली, घरेलु जाड रक्सी, मदिरा लगायत ठुलो मात्रामा सुनसरीको भुटाहा बस्मतिया, घुस्की घुरणा, कप्तानगंज फुलकाहा, सिमानाकाबाट तस्करी गरेर भारत लैजाने गरेको छ।

भारतबाट ठूलो परिमाणमा सुर्ती,लत्ताकपडा विभिन्न किसिमका किराना खाद्यान्न, दशै तिहार नजिकै गर्दा पटका, लागूऔषध आदि नेपालतर्फ दैनिक ५ लाख भन्दा वढीको ल्याउने काममा सीमावर्ति सडक र नाकाहरु प्रयोग भइरहेका छन् ।

सुनसरी जिल्लाको दक्षिणी सिमानाकाबाट दैनिक विगत एक महिनादेखि हजारौं मेट्रिक टन मटर भारततर्फ तस्करी गरेर लगिएको छ । सीमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले बेला बेला दुई चार बोरा खाद्य मल र अन्य सामान बरामद गरेपनि दैनिक ठुलो मात्रामा मटर , मदिरा भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयहरुले जानकारी दिएका छन् ।

स्थानीयले प्रहरीसँगकै मिलेमतोमा तस्करी सुरु भएको दावी गरेका छन् । सुनसरीको शिशुवा , नरसिंह, घुस्की कप्तानगंज र लौकही नाका औपचारिक रुपमा तस्करीमा प्रयोग भएको पाइएको छ ।

शिशुवा धर्मपुरसडक खण्डमा नेपाल प्रहरीको प्रहरी चौकी छ भने नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट(बिओपी) अवस्थित छ ।

तर, तस्करहरुले सुरक्षाकर्मीको पर्वाह नगरी दिनहुँ दजर्नौं गाडीमा मोटर, सुर्ती र लत्ताकपडा र लागूऔषध लगायतका सामान तस्करी गर्दै आएको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ । घुस्की ६ का स्थानीयबासी जावेद आलमले विगत एक महिनादेखि नियमितरुपमा तस्करीको लाइन चलिरहेको बताउनुभएको छ ।

दिसो साईकल र मोटरसाईकमा ‘साँझ पर्नै हुँदैन ७ बजेदेखि दर्जनौं ट्रयाक्टर , पिकव , अटो लाइन लाग्छन् र ओसार्न थाल्छन्,’ आलमले भन्नुभयो ‘रातभरी ट्रयाक्टरको आवाजले गाउँलेहरु सुत्न सक्दैनन् ।

तस्करहरुको मुख्य केन्द्र भुटाहा, हरिनगरा, घुस्की, देवानगंज र कप्तानगंज बजार रहेको छ। नेपालबाट भारत लाने घरेलु जाडरक्सी, मदिरा,मटर, सुपारी,कालो मरिच, दाल र फेरन लवली यही बजारहरुबाट लिएर भारत लाने गरेको एक व्यापारीले बताए ।

तस्करहरुले भारतबाट ल्याउने सुर्ती,लत्ताकपडा, विभिन्न खाद्यान्न किराना सरसमान,पटका र लागूऔषध यही बजारमा र तस्करहरुले आ९आफ्नो घरमा भण्डार गरि सुनसरीको इनरुवा ,झुम्का, इटहरी, दुहबी र धरान समेतको शहर बजारमा पुर्याउने गरेको छ।

उनीहरु रातिको समयमा मुख्य सडक भुटाहा देखि इनरुवा हुँदै विभिन्न बजारहरुमा तस्करको समान पुर्याउने गरेको समान पुगाउने एक लेवरले आफ्नो नाम नउलेख गर्न सर्तमा बताए ।

इनरुवाका नगर प्रहरी सहित सरसफाईकर्मी सम्मानित

इनरुवा । कोरोना संक्रमण नियन्त्रणतर्फ इनरुवा नगर क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका इनरुवा नगरपालिकाका नगर प्रहरी र सरसफाइ कर्मचारी सम्मानित भएका छन् ।
कोरोनाको महामारीमा नगरप्रहरीले गरेको कामले नगर क्षेत्रमा सबैले प्रंशसा गर्दै आएका छन् । उनीहरुले दिनरात नभनिकन नगर क्षेत्रमा सुरक्षा प्रदान गर्नका लागि नगर क्षेत्रमा खटिदैं आएका छन् ।

कोरोनाको महामारीमा उनीहरुले गरेको निकै मेहनतलाइ मध्यनजर गर्दै इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रमका बिच बिहिवार सम्मान गरेको छ ।
इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाले कोरोनाको जोखिममा पनि नगर प्रहरीले भूमिका खेलेको प्रति प्रशंसा गर्दै उनीहरुको सम्मान गरेको हो ।
चैत ११ देखी सुरु भएको लकडाउन देखी हालसम्म सक्रिय भएर नगर क्षेत्रमा सेवा प्रदान गरिरहेकोले उनीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको इनरुवा स्वास्थ्य शाखाका सन्तोष कुमार देवले बताए ।

नगर प्रहरीसँगै इनरुवामा सरसफाई गर्ने सरसफाईकर्मीलाई समेत सम्मान गरिएको छ । कोरोनाको महामाहरीमा इनरुवालाई सफा, स्वच्छ , वातावरण हराभरा राख्न र फोहोर ब्यवस्थापनमा सहयोग पु¥याउनेहरुलाई पनि एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

“हाम्रो इनरुवा राम्रो इनरुवा” बनाउन सरसफाईकर्मीहरुको पनि अहम भूमिको उच्च मूल्याङ्कन गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले सम्मान गरेको छ ।
नगर प्रहरीको काम कारवाहीले नगरबासी खुशी भएको बताइएको छ । नगरको विकास, सुरक्षा, बजार ब्यवस्थापन लगायतको काममा दिनँहु सक्रिय भएर जिम्मेवारी निर्वाह गरेको प्रति उनीहरुलाई सम्मान गरिएको हो ।

नगर प्रहरीमा पूर्व प्रहरीहरुलाई भर्ना गरिएको र उनीहरुले प्रहरी जस्तै इमान्दार भएर जनताको सेवामा समर्पित रहेकोप्रति उच्च मूल्याङ्कन गदैं सम्मान गरेको स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले बताएका छन् । नगरको सुरक्षामा खटिएको नगर प्रहरीले नगरको चुस्त द्रुस्त रुपले सुरक्षा सहित अन्य कुरामा अहम भूमिका खेलेको प्रति नगरपालिकाले सम्मान गरेको हो ।

कोरोनाको महामारीमा पनि उनीहरुले क्वारेन्टाइन देखी आइसोलेसन केन्द्र सम्म सेवा दिएकोले उनीहरुलाई केही दिन नसकिपनि मनोवल उच्च राख्न सम्मान गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, वडाध्यक्षहरु रविन्द्र कुमार मण्डल, श्यामदेव मेहता, कालुराम गुरुङ्ग, अन्जनी कुमार पोखरेल र कार्यपालिका सदस्यहरुले उनीहरुलाई अबिर लगाई खदा ओढाएर २१ जना नगर प्रहरीलाई सम्मान गरेका थिए ।

एक दर्जन बढी सरसफाईकर्मीलाई समेतम सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो । २१ जना नगर प्रहरीहरुलाई सम्मान स्वरुप जनही २ हजारका दरले पुरस्कार दिइने समेत बताइएको छ ।

संझा साह बलात्कार प्रकरणः मिल्ने साथीका बुवा पक्राउ, पोल खुल्ने डरले हत्या गरेको बयान

जनकपुरधाम । रौतहटमा घाँस लिन गएको बेला १६ वर्षीया किशोरी संझा साहलाई बलात्कार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। हत्या अरोपमा वृन्दावन नगरपालिका वडा नं. ४ का ४५ वर्षीय चुनु साह तेलीलाई पक्राउ गरेको हो।

उनलाई बुधबार पक्राउ गरेर रौतहट जिल्ला दालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए। तेली हत्याको १३ दिन पश्चात पक्राउ परेका हुन्।

रौतहटको वृन्दावन नगरपालिका–४ मामा घर बस्दै आएकी संझा गएको असोज १६ गते बिहान ९ बजे घाँस काट्न गएको बेला उनको बलात्कार गरी हत्या भएको थियो। सोही दिन दिउँसो ४ बजे संझाको शव नग्न अवस्थामा घरभन्दा ५ सय मिटर पल्टुवा टोल नजिक बगमती नहर स्थित उखु घारीमा फेला परेको थियो ।

प्रहरी उपरीक्षक साहका अनुसार संझा घाँसको लागि निस्केपछि पछाडि गर्दै तेली समेत गएका थिए। संझालाई ललाई फकाई उखु बारीतिर लगेर बलात्कार गरेको र संझा बेहोस भएपछि आफ्नो पोल खुल्ने डरले तेलीले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

तेलीले सो घटनामा आफैँले बलात्कार गरी संझाको हत्या गरेको स्वीकार समेत गरेको उपरीक्षक साहले बताए। संझा हत्या आरोपी तेलीकी छोरीका मिल्ने साथी थिइन्। रौतहटको गढीमाई नगरपालिका १ की सीताराम साह तेलीकी जेठी छोरी संझा बाल्यकालदेखि नै मावली घर वृन्दावन नगरपालिका ४ स्थित बैजनाथ साहको घरमा बस्दै बस्दै आएकी थिइन्।

नोबेल मेडिकल कलेजको लापरबाही ढाकछोप गर्न मृतकका परिवारलाई रकम प्रदान

विराटनगर । चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको घटना सामसुम पार्न विराटनगरस्थित नोबेल मेडिकल कलेजले मृतकका आफन्तलाई ३ लाख रूपैयाँ दिएको छ ।

विरामीको मृत्यु भएपछि दुई दिनदेखि आन्दोलनमा उत्रिएका मृतकका आफन्तलाई नोबेल अस्पताल प्रशासनले बिहीबार ३ लाख रूपैयाँ दिएर थामथुम बनाएको हो ।

पेटमा समस्या भएपछि आइतबार नोबेलमा शल्यक्रिया लागि भर्ना भएकी सोलुखुम्बु नोचासल्यान– ४ की ३५ वर्षीय तारादेवी भट्टराईको मंगलबार मृत्यु भएको थियो । अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापर्बाहीले विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त मंगलबारदेखि आन्दोलनमा उत्रिएका थिए ।

दुई दिनसम्म आन्दोलनमा उत्रिएका मृतकका आफन्त बिहीबार नोबेलबाट तीन लाख रुपैयाँ लिएर फर्किएका छन् । उपचारको क्रममा बुझाएका १ लाख रुपैयाँ फिर्ता गर्ने र थप २ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएपछि विवाद मिलेको हो ।

विरामीको मृत्यु भएपछि मृतकका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, ५ लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने र मृतकका छोराछोरीको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्नुपर्ने माग उनीहरुले राखेका थिए । ‘दुई दिनसम्म लगातार आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले पीडितका आफन्तलाई वार्तामा बोलाएको थियो,’ वार्तामा सहभागि मृतकका एक आफन्तले भने, ‘अस्पतालले लाग्ने सम्पूर्ण खर्च फिर्ता गरिदिने र दुई लाख क्षतिपूर्ति दिने भएपछि सहमति गरेका हौं ।’ अस्पतालले रकम दिएपछि मृतकका आफन्त शव बुझेर गएका छन् ।

अस्पतालकका प्रबन्धक नारयण दाहालले अस्पतालले क्षतिपूर्ती दिएको नभएर मृतकका परिवारको आर्थिक अवस्था नाजुक रहेकोले आर्थिक सहयाता मात्र प्रदान गरेको जिकिर गर्नुभएको छ । ‘यसलाई क्षतिपूर्ती भन्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘हामीले उपचारमा लागेको खर्च मिनाहा गर्दै उपचारको क्रममा तिरेको पैसा मात्र फिर्ता गरिदिएका हौं ।’

मृतक महिलाका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि सोमबार पाठेघर शल्यक्रिया गर्ने भन्दै अस्पतालमा भर्ना गरिएकी उनको डा.शान्ति सुवेदीको टिमले शल्यक्रिया गरेको थियो । सोमबार विहान शल्यक्रियापछि श्रीमतीको अवस्था सामान्य रहेकोमा पुनः साँझ अर्को शल्यक्रिया गरिएपछि उनको अवस्था गम्भीर बनेको आफन्तको भनाइ छ ।

हतारमा रहेका चिकित्सकले अप्रेशन थिएटरमा शल्यक्रियाको क्रममा आन्द्रा काटिदिएकोले उनको मृत्यु भएको आफन्तको दावी थियो ।

धरान १७ एन्फा क्वारेनटाइनलाई ५५ बेडको आइसोलेसन बनाईदै

इनरुवा । सुनसरीको धरान १७ एन्फा क्वारेनटाइनलाई ५५ बेडको आइसोलेसन बनाइने भएको छ । क्वारेनटाईन शुक्रबारबाट सञ्चालनमा आउने गरी ५५ बेड मध्येमा २० देखि २५ वटा अक्सिजन सिलिन्डर सहितको बेड तयारी गर्न लागिएको धरान उपमहानगरपालिकाका प्रमुय तिलक राईले बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बेड अभाव भइरहेको अवस्थामा लक्षण सहितका कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि आइसोलेसन अहिले तयारी भइरहेको धरान १७ का वडाध्यक्ष तथा एन्फा क्वारेनटाइन व्यवस्थापन समितिका संयोजक मनोज भट्टराईले बताउनुभयो ।

नेपाल सरकारले क्वारेनटाइनलाई आइसोलेसन बनाउनु पर्ने भनिरहेको बेला धरानमा पनि कोरोना सङ्क्रमितहरू होम आइसोलेसनमा बस्न मापदण्ड नपुगेका र लक्षण देखिएका सामान्य बिरामीलाई राख्नका लागि आइसोलेसन बनाउन लागिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताउनुभयो ।

धरानमा पछिल्लो समय होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरूबाटै बढी कोरोना सङ्क्रमण फैलिएको भनिएकोले पनि अव घरमा होम आइसोलेसनको मापदण्ड नपुगी बसेका सङ्क्रमितहरूलाई एन्फा आइसोलेसनमा राखिने छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्रै अस्पतालमा रेफर गर्ने गरी आइसोलेसन तयार भएको बताइएको छ ।

सुनसरीमा थप तीनको मृत्यु

इनरुवा । सुनसरीको धरानमा उपचाररत रहेका तीन जनाको मृत्यु भएको छ । धरान–७ का ६३ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत वृद्धाको ज्यान गएको हो । उहाँलाई निमोनिया र मुटुको समस्या रहेको थियो ।

बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार असोज २२ गते कोरोना पोजेटिभ देखिएको थियो । उहाँको वीहिबार बिहान ११ः१५ बजे ज्यान गएको हो । उहाँको शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरान ९ का ४४ वर्षीय महिला, इटहरी २० का ७५ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ । धरान ९ का सङ्क्रमित महिलाको बुधबार अपराह्न ३ ः १५ मा, इटहरीका ७५ वर्षीय महिलाको गए राति १२ ः ५ बजे इमरजेन्सीमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।