८ कार्तिक २०७७, शनिबार ०६:०९ – Page 4 – Nagarikabhiyan : National News

नवरात्रको आठौ दिन महागौरीको पूजा गरी महाअष्टमी मनाइँदै

देवानगंज । आज नवरात्रको आठौ दिन महागौरीको पूजा गरी महाअष्टमी मनाइँदैछ । नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ ।

अष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधिअनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुंगाहरुलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

आज मध्यरात अर्थात् नवमीको सुरुवातमा देवीहरुको विशेष पूजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ । महागौरीलाई वैज्ञानिक दृष्टिले Light अर्थात् प्रकाश शक्तिको स्वरूप मानिन्छ ।

विज्ञान प्रतिष्ठानद्धारा कोरोना उपचार खर्चको मापदण्ड तयार

इनरुवा । नेपाल सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमितले स्वयम् परीक्षण र उपचार खर्च गर्नुपर्ने प्रावधान अनुसार विपन्न तथा अपाङ्गको हकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मापदण्ड तयार गरेको छ ।
सरकारले विपन्न तथा अपाङ्ग, असहायको उपचार तथा परीक्षण निःशुल्क गर्ने जानकारी गराएको थियो । सोही अनुसार बीपी प्रतिष्ठानले विपन्न, असहाय र अपाङ्गको हकमा मापदण्ड बनाउँदै कोरोना संक्रमितहरूको परीक्षण तथा स्वास्थ्य उपचार निःशुल्क गरिदिने भएको हो ।

बीपी प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, ज्येष्ठ नागरिक ७० वर्ष पूरा भएको प्रमाणित नागरिकता र प्रतिष्ठानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, नर्सलगायतलाई निःशुल्क परीक्षण गरिने विज्ञप्तिमार्फत जनाइएको छ । माथिका सबै नागरिकहरूले प्रमाण पत्र पेश गर्नुपर्ने वा स्वमय् घोषणा गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

धरानको फरक प्रसंगमा बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको हाताबाट मोटरसाइकल चोरी गरेर लादै गर्दा मोटरसाइकल सहित १ जना पक्राउ परेका छन् भने अर्का १ जना फरार भएका छन् ।

को २५ प ३५५६ नम्बरको मोटर साइकल चोरी गरेर लादै गर्दा प्रतिष्ठानको सुरक्षाको खटिएका सुरक्षा गार्डले मोटरसाइकलसहित चतरा घर बताउने वर्ष २५ का हरि प्रसाद निरौलालाइ नियन्त्रणमा लिएको छ ।

धरान १७ का २३ वर्षीय लक्ष्मण खनाको १५० सीसीको कालो रङ्गको पल्सर प्रतिष्ठानको गाइनो पोइङ्ग अगाडी पार्क गरी राखेको अवस्थामा चोरी गरि लादै गर्दा नियन्त्रणमा लिइएको थियो । लियन्त्रणमा लिने क्रममा चोरीमा संलग्न फरार रहेका १६ वर्षीय सुदिप दाहाल रहको बताइएको छ । पक्राउ परेका निरौलालाई इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाएको छ ।

 

सुनसरीका एसपी थापा विरुद्ध अख्तियारमा उजुरी, छानविन सुरु

इनरुवा । सुनसरीको विभिन्न नाकाबाट चोरी तस्कारी बढेको समाचार सेलाउन नपाउदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापा विरुद्ध अख्तियार दुरुपयोग अनुशंधान आयोग इटरीमा लागु औषधको तस्करी गराएको अरोपमा उजुरी परेको छ ।

सुनसरीको प्रहरी उपरीक्ष(एसपी) कमल थापाले लागु औषध ओसारपसारमा आर्थिक लेनदेन गरेको भन्दै अख्तियारमा केही दिन अघि उजुरी परेको हो । अख्तियारमा उजुरी परेसँगै अख्तियारले प्रदेश प्रहरी कार्यालय विराटनगरलाई यस विषयमा के भएको हो भनेर पत्र काटेको छ ।

लागूऔषध तथा सुर्तीजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि प्रदेश प्रहरीले सामान्य कुरा बुझ्न छानबिन समिति गठन भएको जनाएको छ । एसपी थापाले बोर्डर क्षेत्रमा सेटिङका लागि प्रहरी राखेर तस्करीसमेत गर्दै आएको दावी गरिएको छ ।

लागूऔषधमा पैसा माग्ने मिल्यो भने छाड्ने पैसा नदिए मुद्दा चलाउने गरेको गुनासो सहित उजुरी परेपछि छानबिन थालिएको हो । प्रदेश नम्बर एक प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले सुनसरीको एसपी थापाको उजुरी परेको पुष्टि गर्नुहुदै सामान्य विषय भएको र कोहीकसैले कुनै रिसिइबीको आधारमा उजुरी दिएको हुन सक्ने प्रतिकृया दिनुभयो ।

जिल्लाका एसपीहरूविरुद्ध उजुरी परिरहने भन्दै डिआइजी कार्कीले आफूले मातहतकै अर्का एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएको र सोधपुछ गर्ने काम भएको बताउनुभयो ।

छानबिन समितिका संयोजक मनोज यादवको टोलीले आरोपित सुनसरीका एसपी कमल थापाको समेत सामानय सोधपुछ गरेको र थापाले आफ्नो प्रतिकृया भएको यर्थात कुरा बताएको बताएको छ । समितिले अध्ययन र सोधपुछको आधारमा प्रतिवेदन प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई प्रदेश प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने भएको छ ।

यता सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले सामान्य विषयमा कोही कसैले रिसिवि साध्न विना आधार उजुरी गरेको र सोही विषयमा आफूलाई सोधेकोमा प्रदेश प्रहरी कार्यालयलाई जवाफ पठाएको बताउनुभयो । लगाइएको आरोपमा भने कुनै आधार प्रमाण सहित सत्यता नभएको समेत थापाले जिकिर गर्नुभयो ।

यी चीजहरूले तपाईका हड्डीलाई कमजोर बनाउँछ

कडा हड्डीहरू राम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छन् । सही आहार र पोषण हड्डीहरूलाई बलियो राख्न धेरै महत्त्वपूर्ण छ । बदलिएको जीवनशैलीले हाम्रो स्वास्थ्य र हड्डीमा पनि नराम्रो असर पार्छ । जबकि हड्डीहरूलाई सुदृढ पार्न सही खाना आवश्यक छ भने केही चीजबाट टाढा रहन पनि उत्तिकै महत्त्वपूर्ण छ।

अत्यधिक नुन– धेरै मानिसहरूलाई थाहा छ धेरै नून खाँदा स्वास्थ्यलाई हानी हुन्छ । धेरै नुनले हड्डीहरूलाई गम्भीर क्षति पु¥याउँछ । यद्यपि तपाईलाई नुनबाट टाढा रहन आवश्यक पर्दैन, तर यदि तपाई हड्डीहरू बलियो राख्न चाहानुहुन्छ, भने दिनमा २,३०० मिलिग्राम नुन मात्र खपत गर्नुहोस्।

लामो समय सम्म टिभीको अगाडि बस्दा– बसेर लामो समय सम्म टिभीको अगाडि बस्नाले तपाईंको हड्डीहरू बिगार्न सक्छ । जब तपाईं लामो समयसम्म एकै ठाउँमा बस्नुहुन्छ, तपाईंको शरीरमा त्यति धेरै एक्टीभ हुँदैन जसले हड्डीहरूलाई असर गर्दछ । व्यायामले हड्डीहरूलाई बलियो बनाउँदछ । जब हाम्रो शरीरलाई हाम्रो खुट्टामा तौल गरिन्छ, यसले हड्डी र मांसपेशीहरूलाई गुरुत्वाकर्षणको विपरीत काम गर्दछ, जुन हाम्रो शरीरको अस्थेनासको लागि लाभदायक हुन्छ ।

साइकलिङ– साइकल चलाएर हृदय र फोक्सो बलियो हुन्छ तर यसले हड्डीहरूलाई फाइदा गर्दैन । वास्तवमा, साइकलिङले हड्डीहरूको घनत्वलाई असर गर्दैन । यदि तपाई साइकल चलाउन मन पराउनु हुन्छ, तब साइकलको साथ तपाईले दौड, नाच, पौडी जस्ता गतिविधिहरुमा पनि ध्यान दिनु पर्छ।

वीट ब्रान– वीट ब्रान स्वास्थ्यको लागि धेरै फाइदाजनक छ तर जब तपाईं यसलाई दूधको साथ खान्नुहुन् भने शरीरले दूधमा थोरै मात्रामा क्याल्सियम लिन्छ ।

सोडा– अत्यधिक सोडा ड्रिक हड्डीहरुको लागी खतरनाक साबित हुन सक्छ । केही अध्ययनहरूले सोडा पदार्थहरूमा हुने क्याफिन र फास्फोरसबाट हड्डीहरू बिगार्ने देखाएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार मानिसहरू दुधको सट्टा सोडा पदार्थ सेवन गर्दा हड्डीहरू क्षतिग्रस्त हुन्छन्। अत्यधिक कफी वा चियाले हड्डीको क्याल्सियम पनि कम गर्दछ जसले हड्डीहरूलाई कमजोर पार्दछ।

औषधि– लामो समय सम्म औषधि सेवन गर्दा हड्डीहरूलाई असर गर्दछ । केहि एन्टीसेजोर, ग्लुकोकोर्टिकोइड्स जस्तो कि प्रेडनिसोन र कोर्टिसोन हड्डीहरूको लागि खतरनाक साबित हुन सक्छ।

मदिरा– रक्सीको अधिक सेवन हड्डीहरूका लागि हानिकारक छ । यदि तपाईं हड्डीहरू बलियो राख्न चाहनुहुन्छ भने कम्तिमा मदिरा सेवन नगर्नुहोस्। महिलाले दिनमा एक गिलास भन्दा बढी र पुरुषहरू दुई गिलास रक्सी बढी सेवन गर्नु हुँदैन् ।

धुम्रपान– धूम्रपानले सास मार्फत शरीरमा धुवाँ निम्त्याउँछ । जो व्यक्ति धेरै धूम्रपान गर्छन् उसको हड्डी कमजोर हुने सम्भावना बढी हुन्छ। साथै, यी व्यक्तिहरूको हड्डीहरूमा हुने चोट निको हुन बढी समय लिन्छ।

अधिक कम तौल– मानिसहरू जो सामान्य वजन भन्दा कम छन् हड्डीहरू फ्र्याक्चर हुने बढी सम्भावना हुन्छ। जसका हड्डीहरू पातलो छन् तिनीहरूले तौलबोक्ने व्यायाम गर्नुपर्छ।

लड्नु– जब हामी बाल्यकालमा खस्छौं, हामी छिटो उठ्छौं र खडा हुन्छौं। तर बढ्दो उमेर सँगसँगै खस्नु एकदम खतरनाक हुन सक्छ विशेष गरी जब तपाईंको हड्डीहरू कमजोर हुन्छन्। ठूला व्यक्तिहरूमा फ्रैक्चर निको लामो समय लाग्छ। त्यसकारण, व्यक्ति जो उमेर अधिक छन्, ती व्यक्तिहरूलाई धेरै होशियारीसाथ हिँड्न सल्लाह दिइन्छ ।

कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

काठमाडौं  । राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक गुप्तचर प्रमुखको ‘इन्ट्री’ले देशभक्त नेपालीको मन कु“डिएको छ । नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग संवाद गर्नुपर्नेमा भारतको जासुसी संस्थाका प्रमुख सीधै नेपाल आएर प्रधानमन्त्रीसँग मध्यरातसम्म वार्ता गरेका छन् । यसले कूटनीतिक मर्यादा र देशको स्वाभिमान ध्वस्त बनाएको भन्दै सत्तापक्ष र प्रतिपक्षका नेताहरूले कडा विरोध जनाएका छन् ।

प्रधानमन्त्री केपी ओली र ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताको योजना दुई साता अगाडिबाट भएको स्रोतको दाबी छ । स्रोतका अनुसार दुई साताअघि ‘रअ’का डेपुटी प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका थिए । उनी पनि प्रधानमन्त्रीकै चाहनामा नेपाल आएका थिए । भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंको प्रमुखसँग भेट्न चाहन्छु’ भन्ने प्रस्ताव गरेका थिए । उनले दिल्ली गएर यसबारे थप छलफल गर्ने बताएका थिए । नेपालका प्रधामन्त्रीले नै भेट्न चाहेका छन् भनेपछि ‘रअ’ प्रमुख वायुसेनाको जहाज चढेर दलबलसहित काठमाडौं आएका हुन् ।

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ)का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो । भारतीय वायुसेनाको ‘आइएफसी ४६२०’ उडानबाट बुधबार अपराह्न १ बजे काठमाडौं अवरण गरेका गोयललाई राति सवा ९ बजे बालुवाटारमा स्वागत गरिएको थियो ।

राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए । भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलको रूपमा दर्ज भएको छ ।

गुप्तचर संस्थाका प्रमुखले नेपालमा गुप्तचर वा अन्य सुरक्षा अंगका प्रमुखलाई भेट्नु अस्वाभाविक होइन । तर, उनी यसपालि सीधै नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न आएका हुन् । यो विषयमा मिडियामा समाचार प्रसार भएपछि प्रधानमन्त्री ओलीको सचिवालयले भेटको पुष्टि गर्दै प्रेस नोट जारी गरेको छ ।

‘भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार आउनुभएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा विहिबार जारी नोटमा भनिएको छ, ‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो ।’

छिमेकी भारतले नेपालको सिमाना अतिक्रमण गरेकोमा नेपाली राष्ट्रियता उद्वेलित छ । नेपालको भूगोल फिर्ता गर्न र भारतसँग आत्मसम्मानपूर्ण संवाद अपरिहार्य छ । तर, त्यसका लागि नेपालका प्रधानमन्त्रीले आफ्ना समकक्षीसँग वार्ता गर्ने हो कि गुप्तचर प्रमुखसँग ? यो विषयमा मिडिया र प्रतिपक्षले मात्र होइन, सत्तापक्षका नेताहरूले पनि प्रश्न उठाएका छन् ।

सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका छन् । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकका सन्दर्भमा मतभेद भइरहेको र भारतसँग सचिवस्तरमा वा मन्त्रीस्तरमा वार्ता गरौँ, आफ्ना मत राखौँ भनिरहेको र भारतले त्यसलाई स्वीकार नगरिरहेको अवस्थामा कायमै छ । यहीवेला भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखलाई जुन शैली, समयमा नेपाल ल्याइयो, बोलाइयो र प्रधानमन्त्रीले राति लामो वार्ता गर्नुभयो,’ नेता रावलले भने, ‘यो भेट हामीले संविधान निर्माण गर्दा नेपालको संविधानमा अंकित गरेको परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत छ । सरकारको नेतृत्व गरेको नेकपाको नीति, विचार, मान्यताको विपरीत छ । कूटनीतिक मर्यादाविपरीत छ ।’

त्यस्तै प्रतिपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँग भएको भेटको विषयवस्तु प्रधानमन्त्रीले देशलाई बताउनुपर्ने माग गरेको छ । ‘देशको प्रधानमन्त्रीले अर्को देशको गुप्तचर संस्थाको प्रमुखसँग भेट्नुपर्ने के काम पर्छ ? यो कूटनीतिक मर्यादाविपरीतको हो । भेटघाटमा के कुरा भएको हो ? यसको भित्री रहस्य के हो ? त्यो कुरा सरकारले प्रतिपक्षीलाई, देशलाई र जनतालाई प्रस्ट रूपमा जानकारी दिनुपर्छ । म यसको भित्री रहस्य के हो ? तुरुन्तै सार्वजनिक गर्न माग गर्दछु,’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले नयाँ पत्रिकासँग भने ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य राम कार्कीले अहिले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेटेर एउटा अवसर गुमाएको बताए । ‘अहिले भूमि मिचेको र नेपालले जारी गरेको नयाँ नक्साले पनि एउटा राष्ट्रवादको बहस चलिरहेको छ । यो वेलामा प्रधानमन्त्रीले नै नभेटिदिएको भए राम्रो सन्देश जान्थ्यो । अब नेपाल पुरानो नेपाल रहेन, नेपालले पनि सन्तुलित विदेश नीति अपनाएको छ भन्ने सन्देश जाने थियो । तर, यो भेटघाटले दक्षिणी छिमेकीको परम्परागत प्रभाव बाँकी नै छ भन्ने पुष्टि गरिदिएको छ,’ उनले भने, ‘अर्को कुरा, अहिले हाम्रा लागि सन्तुलनको विदेश नीति अख्तियार गर्ने असाध्यै अनुकूल समय हो । खासगरी हिजो उत्तरी छिमेकी चीनको अवस्था कमजोर हुँदा हामी स्वाभाविक रूपमा दक्षिणतिर नजिकिन बाध्य भयौँ । तर, अहिले परिस्थिति फेरिएको छ । भारत र चीन दुवै विश्व–राजनीतिमा आफ्नो हिस्सा खोजिरहेका राष्ट्र हुन् । त्यसैले अहिले दुवै छिमेकी बलियो भएको अवस्थामा सन्तुलन कायम गर्नुपर्ने अनुकूल समय छ । तर, यो भेटले त्यस्तो देखाउँदैन ।’

त्यसैगरी सोही समितिका अर्का सदस्य नारायण खड्काले भेटले प्रधानमन्त्रीमाथि नै शंका उत्पन्न गरेको प्रतिक्रिया दिए । ‘दुई देशबीचमा खासै उपलब्धिमूलक वार्ता भइरहेको अवस्था छैन । प्रधानमन्त्रीले भारतको स्वतन्त्रता दिवसका अवसरमा अगस्ट १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदा टेलिफोनमा सामान्य कुराकानी भए पनि त्यसले औपचारिक वार्ताको ढोका खोलिरहेको थिएन । अहिले अचानक भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्रीलाई करिब तीन घन्टा भेटेको भन्ने आएको छ । भारतीय प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार आएको भए पनि प्रधानमन्त्रीको एउटा प्रतिनिधि भएर आएको भन्ने हुन्थ्यो । तर, ‘रअ’ प्रमुख आएर प्रधानमन्त्रीलाई भेटेको भन्ने सुन्दाचाहिँ यो प्रधानमन्त्रीको प्रोटोकल, स्तर, मर्यादा, कूटनीतिक हिसाबले पनि अनुकूल होइन । यसले प्रधानमन्त्रीमाथि नै शंका उत्पन्न गरेको छ,’ उनले भने ।

भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको थियो । उनीहरू बिहीबार बिहान दिल्ली फर्केका छन् । छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलसँग वार्ता गरेकोमा कूटनीतिक मामलाका जानकारहरूले अस्वाभाविक मानेका छन् । नयाँ पत्रिकाबाट

दशैंमा बन्छ स्वादिष्ट परिकार, तर झुक्केर पनि यी सँगसँगै नखानुहोस्

नेपालमा मनाइने पर्वमध्ये हिन्दूहरूको महान चाड भनेको बडा दशैँ हो । यस पर्वमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी वर्षौदेखि चल्दै आएको छ ।

दशैँमा विशेष गरी मासुका विभिन्न परिकारका साधै अन्य भोजनहरु बनाएर खाने चलन छ । बुढापाकाले त दशैँमा मासु खाएन भने दशैँ नै होइन पनि भन्ने गरेका छन् ।

दशैँको बेला धेरै परिकारका खानेकुरा घरमा बनाइन्छ । दशैँ मनाउन भनेर आएका आफन्तजनहरुको लागि त भोज जस्तै हुने गरेको छ । दशैंको बेलामा खानेकुराको मात्रा र धेरै खानेकुराहरु एकै चोटि खानाले बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउने गरेको छ । खानेकुरा खानेमात्र भनेर हुँदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने जस्ता कुराहरुको सामान्य ज्ञान हुनु जरुरी छ । अन्यथा हामीले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ ।

यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिएको छ । जसलाई सँगसँगै खानुहुँदैन ।

– दुधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुँदैन ।
– दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन ।
– दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानुहुँदैन ।
– माछा र सक्खर सँगै खानुु हुँदैन ।
– दुधको साथमा बटर, काँचो केरा, आँप, जामुना, ओखर, नरिवल खानु हुदैन ।
– परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ ।
-हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन ।

-भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

दशैँको बेलामा बिशेषगरि मासुका परिकार धेरै बन्ने भएकाले, मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरका लागि अति आवश्यक तत्व हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।

आफैले घरमा मासु सफा तरिकाले पकाउने र सरसफाइमा विशेष ध्यान दिनु अवाश्यक छ । मासु किन्न जादाँ विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु किन्नुपर्छ । मासु खाएको बेलामा अधिकतम हरियो सागसब्जी पनि खानुलाई रामो मानिन्छ । आफन्तकहाँ दैनिक टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने, मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार सकेसम्म खानु हुदैन । दैनिक व्यायाम गर्ने, सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने गर्नु पर्छ ।

मासु खाँदा सकेसम्म सेतो मासु जस्तै कुखुरा या अन्य पंक्षीका मासु अनि माछा सेवन धेरै गरौं अनि पकाउँदा सकेसम्म थोरै तेल र मसला हालेर पकाउने गनुपर्छ ।

रक्सी त जुनसुकै बेलामा पिएपनि नराम्रै हो । स्वास्थ्यलाई नराम्रो असर गर्ने भएकोले यससँग टाढा हुनुपर्छ ।

दुध या दही अनि अन्य दुग्धजन्य पदार्थसंग पनि रक्सी खानु हुदैन । दुग्धजन्य पदार्थको पनि अत्याधिक सेवनले शरीरमा ट्रयाग्लिसाइडस लगायत कोलेस्टेरोल बढाउँदछ ।

-ब्रान्डी, ह्वीस्की, रातो वाइनहरु धेरै सेवन गर्नुहुँदैन ।
-मदिरा पदार्थ सेवन गरेको बेलामा प्रशस्त पानी पिउनुपर्छ ।
-मासु र बियरको केमिस्ट्री ज्यादै नराम्रो हो । हरेक पेग रक्सीसंगै पानी सेवन गरौं, मदिरा सेवन गर्नुहुन्छ भने पानी धेरै सेवन गर्नुहोला । खाली पेटमा भने रक्सी सेवन गर्नुहुँदैन ।

आज नवरात्रको सातौ दिन कालरात्रिको पूजा आराधना गरिदै

देवानगंज । आश्विन शुक्ल सप्तमीका दिन आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याएर दसैं मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी भित्र्याउने चलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा गरिन्छ ।

सप्तमीका दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने गर्छन् । कृषकहरु आज खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउने गर्छन् ।

वरात्रको सातौं दिन माता दुर्गाको सातौं शक्ति कालरात्रि स्वरुपको आराधना गर्ने गरिन्छ । ब्रह्माण्ड समान तीनवटा गोल नेत्र भएकी, कपाल फिँजाएकी, कालरात्रि देवीको श्वासप्रश्वासमा पनि आगोको ज्वाला निस्कने विश्वास छ । विकराल रुप धारिणी कालरात्रि देवी घनघोर अन्धकार रात समान कालो वर्णकी छन् ।

भक्तको अभिलाषा पूरा गर्ने भएकाले कालरात्रिको अर्को नाम शुभंकरी पनि हो । चार हातमध्य दायाँतिरका दुई हातमा फलामको दण्ड र खड्ग लिएकी कालरात्रि देवीको नवरात्रको सातौं दिनमा उपासना गर्नाले ब्रह्माण्ड विजय गर्न सक्ने सामथ्र्य साधकमा आउने विश्वास गरिन्छ । कालरात्रिको वाहन गधा हो । नवरात्रको सातौ दिनमा विशुद्ध चित्तवाला साधकले कालरात्रिको उपासना गर्नुपर्छ ।

यस दिनमा सहस्रार चक्रमा ध्यान गर्ने साधकले अतुलनीय शक्ति प्राप्त गर्छ । व्यापारमा सफलता प्राप्त गर्न, शत्रुमाथि विजय पाउन, गुमेको धन प्राप्त गर्न, कुण्ठा निवारण गर्न पनि कालरात्रिको उपासना ब्रह्मास्त्र सावित हुने विश्वास गरिन्छ । भक्तको अभिलाषा पूरा गर्ने कालरात्रिले भक्तलाई विजयी बनाउने शास्त्रीय मान्यता छ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान सहस्रार चक्रमा केन्द्रित हुन्छ ।

नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

आज २०७७ कार्तिक ७ गते शुक्रबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

औषधी नभएपछि स्वास्थ्य चौकीमा तालाबन्दी

 इनरुवा  । सुनसरी सदरमुकाम इनरुवा ९  बवियामा रहेको स्वास्थ्य चौकीमा औषधी नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन् ।

बविया स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी इन्चार्ज सन्तोष देव झण्डै एक वर्षदेखी कार्यालयमा नगई इनरुवा स्वास्थ्य शाखामा ब्यस्त भएपछि स्थानीयले स्वास्थ्य सेवा प्रभावकारी नपाएको गुनासो गरेको अवस्थामा बिहिवार औषधी नभएको भन्दै तालाबन्दी नै गरेको स्थानीय मनिष शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा निःशुल्क भनिएका ४२ प्रकारको औषधी मध्ये अधिकाँश औषधी नभएकाले रित्तो फर्किने सेवाग्राहीहरु आक्रान्त भएर बिहिवार तालाबन्दी गरेका हुन् ।  इन्चार्ज देवले नस्वास्थ्य चौकीमा सेवा दिएको न शाखामै बसेर औषधीको ब्यवस्थापन गरेको भन्दैं स्थानीयले तालाबन्दी गरेको बताइएको छ ।
बीहिवार स्थानीय सिर्जना शर्मा खत्वे र सन्जु खत्वेले सेवा लिन जाँदा इन्चार्ज सहित चारजना स्वास्थ्यकर्मी अनुपस्थित रहेको र एक जना स्वास्थ्यकर्मीले औषधी र ट्रेसिङ्ग गर्ने मेटाडिन समेत नभएको बताएपछि आक्रोसित स्थानीयहरु तालाबन्दी गरेको बताइएको छ ।

उता स्वास्थ्य चौकी इन्चार्ज सन्तोश देवले औषधी खरिद प्रकृयामा रहेको प्रतिकृया दिनुभयो ।

सचेतनाबारेमा प्रशिक्षण

इनरुवा ।  सुनसरीका सरोकारबालाहरुलाई जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्था र आपराधिक गतिविधिको सचेतनाबारेमा प्रशिक्षण दिएको छ ।

प्रहरीले यहाँका सरकारी, गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा सुरक्षार्थ खटिएका कर्मचारीहरुलाई चार्ड पर्वको वेलामा हुन सक्ने आपराधिक क्रियाकलाप हुन नदिनका लागि अप्नाउने तरीका बारेमा प्रशिक्षण दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले यहाँका दर्जनबढी सुरक्षामा खटिने निजी क्षेत्रका सुरक्षाकर्मीलाई प्रशिक्षण दिएको हो ।

समाजिक सुरक्षा भत्ता वितरणमा ठगि

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवामा रहेको कृषि विकास बैंक इनरुवा शाखाले ज्येष्ठ नागरिकको समाजिक सुरक्षा भत्ता वितरणमा ठगि गरेको गुनासो बाहिर आएको छ ।

इनरुवा नगरपालिकाको समाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको कृषि विकास बैंक इनरुवा शाखाले प्रति सेवाग्राहीसँग एक सय रुपैयाँको दरले ठगि गरेको गुनासो बाहिर आएको हो ।

बैंकले समाजिक सरक्षा भत्ताको सुचना म्यासेज गरेवापत भन्दैं एक सय रुपियाँ लिने गरेको सेवाग्राही प्रेम कुमारी पोखरेलले गुनासो गर्नुभयो । पोखरेलका अनुसार प्रथम चौमासिकको आठ हजार रुपैयाँ बुझन एक सय रुपियाँको भौचर भर्न लगाएर ठगि गरेको हो ।

बैंकले ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक समाजिक सुरक्षा भत्ता लिनेहरुलाई सास्ती दिनुको साथै बिना कारण एक सय रुपैयाँको भौचर भर्न लगाएको इनरुवा ५ बलाहाकी प्रेम पोखरेलले गुनासो पोख्नुभयो । बैकले भने मोवाईल सेवाका लागि रकम लिएको प्रतिकृया दिएको छ ।

 

भारतीय सवारी साधन अनुमति बिना प्रवेश, कोरोनादेखी सुरक्षा जोखिम

इनरुवा । सुनसरीको सिमावर्ती क्षेत्रमा पछिल्लो समय अनुमति बिनाको भारतीय सवारीसाधनको चहलपहल बढेको छ ।

नोबेल कोरोना भाइरसका कारण नेपाल भारत सिमा सिल भए पनि भारतीय सवारी साधन निर्वाध रुपमा प्रवेश गर्दा चोरी तस्करीको जोखिम समेत बढाएको स्थानीयहरुले गुनासो गरेका छन् । सीमा सुरक्षा गर्न खटिएको सशस्त्र प्रहरीको मिलीभगतम भारतीय सवारी भित्रिएको स्थानीयले दावी गरेका छन् ।

कोरोनाले गर्दा सिमामा अस्थायी पैठारी समेत बन्दरहेपनी पछिल्लो केहिदिन देखी भारतीय सवारी साधन प्रशस्त देखिएको स्थानीय महफुज आलमले बताएका छन् । नेपाल भारतको सम्झौता अनुसार भारतीय गाडीहरुको भान्सार काटेर मात्र नेपाल प्रवेश गर्ने ब्यवस्था छ तर भारतीय सवारी साधन निर्वाध रुपमा प्रवेश गर्दा चोरी तस्करीसँगै कोरोना जोखिम बढाएको आलमको भनाइ रहेको छ । अधिकांश भारतीय सवारी साधन कोशी ब्यारेज आसपास सुनसरी र सप्तरी बजारमा भीडभाड देखिने गरेको स्थानीयहरुको भनाई रहेको छ ।

भारतीय सवारी साधनमा सवार भई नेपाल भित्रिने भारतीय नागरिकहरु मदिरा सेवन गर्ने र होहल्ला मचाएर अशान्ति समेत फैलाएको सीमावर्ती नागरिकको गुनासो छ । उता सशस्त्र प्रहरी निरीक्षक भुवन खड्काले सिमामा भने जस्तो निर्वाद रुपमा नआएको र आफूलाई सोधेर केही सवारी मात्रै आएको प्रतिकृया दिनुभयो ।

एक पुरुष श्रीमती पीडित

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवा ८ डुम्राहाका एक पुरुष श्रीमती पीडित भएर न्यायको खोजिमा भौतारिरहनु भएको छ ।

३५ वर्षिय ती पुरुष बैदेशिक रोजगारबाट ६ लाख रुपैयाँ कमाएर तीन वर्ष पछि फर्किदाँ श्रीमती अर्केसँगै सल्केको र सल्केकी श्रीमतीलाई पकाई फुल्याई गरी मिलाएपनि ६ महिनायता फेरी अर्केसँगै लागेपटि अन्यायमा परेको गुनासो गर्नुभएको छ ।

मण्डल थरका ती पुरुष आफनै २५ वर्षिय श्रीमतीबाट पीडित भएर न्यायको लागि प्रहरीसम्म पुग्नुभएको छ ।

बैदेशिक रोजगारबाट कमाएर पठाएको ६ लाख रुपैयाँ हात नलागेको बताउने मण्डलले घर फर्किदाँ श्रीमतीले आठ कठ्ठा जग्गा समेत अर्केलाई बेचिदिएको र अरु नै केटासँग अवैध सम्वन्ध राखेर आफुलाई सँगै खान र बस्न समेत नदिएको गुनासो गर्नुभयो ।

कमाउने सपना बोकेर बिदेशिएको भएपनि स्वदेश फर्किदा न श्रीमतीको माया पाइयो न कमाएर पठाएको पैसाको संरक्षण न त आफनै पैतृक सम्पतिको सुरक्षा ? तीन छोराछोरीको आमा समेत रहेकी मेरी श्रीमती अर्केसँग सल्केपछि आफु अन्यायमा परेको र छोराछोरीको लालनपालनका लागि सिटी सफारी चलाएर जेनतेन परिवार चलाईरहेको भएपनि श्रीमती आफनो चालमा कुदेको गुनासो पोख्नुभयो ।

श्रीमती घरमै भएपनि आफुलाई सँगै बस्न नदिएको र माइतीमा गएर बस्दा आफुलाई नै उल्टै नानाथरीका गालीगलौज गर्दै धम्काउने गरेको बताउनुभयो ।
चैत यता आफुलाई सँगै बस्न नदिएको समेत गुनासो गर्नुभयो । आफुले न्यायको लागि प्रहरीमा गएको र सुनवाई नभए न्यायिक समिति हुदैं अदालत सम्म जाने बताउनुहुँदैं यसका लागि सहयोग गरिदिनुहुन अपिल समेत गरेका छन् ।

इनरुवा नगरपालिका वडा-४ लाई सुन्दर बनाउने युवाहरु को अभियान

इनरुवा । आज इनरुवा नगरपालिका वडा-४ स्थित बस चोक को प्रहरी बिटमा ४ न.  वडालाई सुन्दर बनाउने र नगरपालिकाको सबै वडा भन्दा राम्रो बिकास गर्ने स्थानीय युवाहरुले जोड दिएको छ ।

स्थानीय युवाहरू र जनप्रतिनिधिहरु लगायत नगरपालिका प्रहरी को पहलमा पुर्व पश्चिम राजमार्ग सडकको छेउमा रहेका समर्चना हटाउने कार्यक्रम शुरु गरेको स्थानीय युवा सरोज बस्नेतले बताएका छन ।

स्थानीय युवाहरुको भनाइ अनुसार आफ्नो सामान आफ्नो ठाउँमा राख्नु पर्छ सडक तथा वातावरणलाई सुन्दर र आकर्षक बानाउने र युवाहरुको लक्ष्य भनेको ४ न० वडा मा रहेको बाटोको छेउमा कुनै पनि सामान राख्न नपाउने बाटो खाली बानाउने र खाली बनाएर त्यो बाटोको छेउमा हामी गमला तथा आकर्षक बत्ती राख्छौ भन्ने बताएका छन ।

युवाहरुले अभियान गरेर सडकको छेउमा हाडवेयर वालाहरुकाे सामान राेड मै भएको कारण स्थानीय हरुले हटाउनको लागी ७ दिन को समय दिएको बताएका छन ।

युवाहरुको यस्तो बिकास को काम हेरेर स्थानीय बुद्धिजीवी र समाजसेवी हरुले सहमती जनाए को छ । यस्तो कामको विरुद्ध हुनेलाइ कार्वाही समेत हुन्छ भन्ने बताएका छन ।

उक्त कार्यक्रम इनरुवा नगरपालिका वडा न. ४ को वडा अध्यक्ष श्यामदेब मेहता र नगर प्रहरी समाजसेवी सुबाश विश्व कर्मा र सरोज बस्नेत लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

दशैंको छैठौं दिन, कात्यायनी देवीको पुजा आराधना गरिँदै

देवानगंज ।  नेपालीहरुको महान चाड विजया दशमी अन्तर्गत नवरात्रको छैठो दिन आज, शक्ती स्वरुपा भगवतिको छैठौ रुप अनुसार कात्यायनीको पुजाआराधना गरी मनाइदैछ । आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडादसैँ आज छैठौ दिनमा प्रवेश गरेको हो ।

भगवतीको छैठौं शक्तिका रुपमा प्रादुर्भाव भएकी कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

बडा दसैँमा पहिलो दिन घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेको स्थानमा दुर्गा देवीका तीनवटा रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आजा गरि मनाइन्छ ।

यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा प्रतिप्रदाका दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई बर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ ।

 

आज २७७ कार्तिक ६ गते बिहिबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।