सुनसरीका एसपी थापा विरुद्ध अख्तियारमा उजुरी, छानविन सुरु
७ कार्तिक २०७७, शुक्रबार १५:१४
इनरुवा । सुनसरीको विभिन्न नाकाबाट चोरी तस्कारी बढेको समाचार सेलाउन नपाउदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापा विरुद्ध अख्तियार दुरुपयोग अनुशंधान आयोग इटरीमा लागु औषधको तस्करी गराएको अरोपमा उजुरी परेको छ ।
सुनसरीको प्रहरी उपरीक्ष(एसपी) कमल थापाले लागु औषध ओसारपसारमा आर्थिक लेनदेन गरेको भन्दै अख्तियारमा केही दिन अघि उजुरी परेको हो । अख्तियारमा उजुरी परेसँगै अख्तियारले प्रदेश प्रहरी कार्यालय विराटनगरलाई यस विषयमा के भएको हो भनेर पत्र काटेको छ ।
लागूऔषध तथा सुर्तीजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि प्रदेश प्रहरीले सामान्य कुरा बुझ्न छानबिन समिति गठन भएको जनाएको छ । एसपी थापाले बोर्डर क्षेत्रमा सेटिङका लागि प्रहरी राखेर तस्करीसमेत गर्दै आएको दावी गरिएको छ ।
लागूऔषधमा पैसा माग्ने मिल्यो भने छाड्ने पैसा नदिए मुद्दा चलाउने गरेको गुनासो सहित उजुरी परेपछि छानबिन थालिएको हो । प्रदेश नम्बर एक प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले सुनसरीको एसपी थापाको उजुरी परेको पुष्टि गर्नुहुदै सामान्य विषय भएको र कोहीकसैले कुनै रिसिइबीको आधारमा उजुरी दिएको हुन सक्ने प्रतिकृया दिनुभयो ।
जिल्लाका एसपीहरूविरुद्ध उजुरी परिरहने भन्दै डिआइजी कार्कीले आफूले मातहतकै अर्का एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएको र सोधपुछ गर्ने काम भएको बताउनुभयो ।
छानबिन समितिका संयोजक मनोज यादवको टोलीले आरोपित सुनसरीका एसपी कमल थापाको समेत सामानय सोधपुछ गरेको र थापाले आफ्नो प्रतिकृया भएको यर्थात कुरा बताएको बताएको छ । समितिले अध्ययन र सोधपुछको आधारमा प्रतिवेदन प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई प्रदेश प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने भएको छ ।
यता सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले सामान्य विषयमा कोही कसैले रिसिवि साध्न विना आधार उजुरी गरेको र सोही विषयमा आफूलाई सोधेकोमा प्रदेश प्रहरी कार्यालयलाई जवाफ पठाएको बताउनुभयो । लगाइएको आरोपमा भने कुनै आधार प्रमाण सहित सत्यता नभएको समेत थापाले जिकिर गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया