एक पुरुष श्रीमती पीडित – Nagarikabhiyan : National News

एक पुरुष श्रीमती पीडित

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवा ८ डुम्राहाका एक पुरुष श्रीमती पीडित भएर न्यायको खोजिमा भौतारिरहनु भएको छ ।

३५ वर्षिय ती पुरुष बैदेशिक रोजगारबाट ६ लाख रुपैयाँ कमाएर तीन वर्ष पछि फर्किदाँ श्रीमती अर्केसँगै सल्केको र सल्केकी श्रीमतीलाई पकाई फुल्याई गरी मिलाएपनि ६ महिनायता फेरी अर्केसँगै लागेपटि अन्यायमा परेको गुनासो गर्नुभएको छ ।

मण्डल थरका ती पुरुष आफनै २५ वर्षिय श्रीमतीबाट पीडित भएर न्यायको लागि प्रहरीसम्म पुग्नुभएको छ ।

बैदेशिक रोजगारबाट कमाएर पठाएको ६ लाख रुपैयाँ हात नलागेको बताउने मण्डलले घर फर्किदाँ श्रीमतीले आठ कठ्ठा जग्गा समेत अर्केलाई बेचिदिएको र अरु नै केटासँग अवैध सम्वन्ध राखेर आफुलाई सँगै खान र बस्न समेत नदिएको गुनासो गर्नुभयो ।

कमाउने सपना बोकेर बिदेशिएको भएपनि स्वदेश फर्किदा न श्रीमतीको माया पाइयो न कमाएर पठाएको पैसाको संरक्षण न त आफनै पैतृक सम्पतिको सुरक्षा ? तीन छोराछोरीको आमा समेत रहेकी मेरी श्रीमती अर्केसँग सल्केपछि आफु अन्यायमा परेको र छोराछोरीको लालनपालनका लागि सिटी सफारी चलाएर जेनतेन परिवार चलाईरहेको भएपनि श्रीमती आफनो चालमा कुदेको गुनासो पोख्नुभयो ।

श्रीमती घरमै भएपनि आफुलाई सँगै बस्न नदिएको र माइतीमा गएर बस्दा आफुलाई नै उल्टै नानाथरीका गालीगलौज गर्दै धम्काउने गरेको बताउनुभयो ।
चैत यता आफुलाई सँगै बस्न नदिएको समेत गुनासो गर्नुभयो । आफुले न्यायको लागि प्रहरीमा गएको र सुनवाई नभए न्यायिक समिति हुदैं अदालत सम्म जाने बताउनुहुँदैं यसका लागि सहयोग गरिदिनुहुन अपिल समेत गरेका छन् ।