सचेतनाबारेमा प्रशिक्षण
६ कार्तिक २०७७, बिहीबार १८:२९
इनरुवा । सुनसरीका सरोकारबालाहरुलाई जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्था र आपराधिक गतिविधिको सचेतनाबारेमा प्रशिक्षण दिएको छ ।
प्रहरीले यहाँका सरकारी, गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा सुरक्षार्थ खटिएका कर्मचारीहरुलाई चार्ड पर्वको वेलामा हुन सक्ने आपराधिक क्रियाकलाप हुन नदिनका लागि अप्नाउने तरीका बारेमा प्रशिक्षण दिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले यहाँका दर्जनबढी सुरक्षामा खटिने निजी क्षेत्रका सुरक्षाकर्मीलाई प्रशिक्षण दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया