इनरुवा नगरपालिका वडा-४ लाई सुन्दर बनाउने युवाहरु को अभियान
६ कार्तिक २०७७, बिहीबार १३:००
इनरुवा । आज इनरुवा नगरपालिका वडा-४ स्थित बस चोक को प्रहरी बिटमा ४ न. वडालाई सुन्दर बनाउने र नगरपालिकाको सबै वडा भन्दा राम्रो बिकास गर्ने स्थानीय युवाहरुले जोड दिएको छ ।
स्थानीय युवाहरू र जनप्रतिनिधिहरु लगायत नगरपालिका प्रहरी को पहलमा पुर्व पश्चिम राजमार्ग सडकको छेउमा रहेका समर्चना हटाउने कार्यक्रम शुरु गरेको स्थानीय युवा सरोज बस्नेतले बताएका छन ।
स्थानीय युवाहरुको भनाइ अनुसार आफ्नो सामान आफ्नो ठाउँमा राख्नु पर्छ सडक तथा वातावरणलाई सुन्दर र आकर्षक बानाउने र युवाहरुको लक्ष्य भनेको ४ न० वडा मा रहेको बाटोको छेउमा कुनै पनि सामान राख्न नपाउने बाटो खाली बानाउने र खाली बनाएर त्यो बाटोको छेउमा हामी गमला तथा आकर्षक बत्ती राख्छौ भन्ने बताएका छन ।
युवाहरुले अभियान गरेर सडकको छेउमा हाडवेयर वालाहरुकाे सामान राेड मै भएको कारण स्थानीय हरुले हटाउनको लागी ७ दिन को समय दिएको बताएका छन ।
युवाहरुको यस्तो बिकास को काम हेरेर स्थानीय बुद्धिजीवी र समाजसेवी हरुले सहमती जनाए को छ । यस्तो कामको विरुद्ध हुनेलाइ कार्वाही समेत हुन्छ भन्ने बताएका छन ।
उक्त कार्यक्रम इनरुवा नगरपालिका वडा न. ४ को वडा अध्यक्ष श्यामदेब मेहता र नगर प्रहरी समाजसेवी सुबाश विश्व कर्मा र सरोज बस्नेत लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया