भारतीय सवारी साधन अनुमति बिना प्रवेश, कोरोनादेखी सुरक्षा जोखिम
६ कार्तिक २०७७, बिहीबार १८:२७
इनरुवा । सुनसरीको सिमावर्ती क्षेत्रमा पछिल्लो समय अनुमति बिनाको भारतीय सवारीसाधनको चहलपहल बढेको छ ।
नोबेल कोरोना भाइरसका कारण नेपाल भारत सिमा सिल भए पनि भारतीय सवारी साधन निर्वाध रुपमा प्रवेश गर्दा चोरी तस्करीको जोखिम समेत बढाएको स्थानीयहरुले गुनासो गरेका छन् । सीमा सुरक्षा गर्न खटिएको सशस्त्र प्रहरीको मिलीभगतम भारतीय सवारी भित्रिएको स्थानीयले दावी गरेका छन् ।
कोरोनाले गर्दा सिमामा अस्थायी पैठारी समेत बन्दरहेपनी पछिल्लो केहिदिन देखी भारतीय सवारी साधन प्रशस्त देखिएको स्थानीय महफुज आलमले बताएका छन् । नेपाल भारतको सम्झौता अनुसार भारतीय गाडीहरुको भान्सार काटेर मात्र नेपाल प्रवेश गर्ने ब्यवस्था छ तर भारतीय सवारी साधन निर्वाध रुपमा प्रवेश गर्दा चोरी तस्करीसँगै कोरोना जोखिम बढाएको आलमको भनाइ रहेको छ । अधिकांश भारतीय सवारी साधन कोशी ब्यारेज आसपास सुनसरी र सप्तरी बजारमा भीडभाड देखिने गरेको स्थानीयहरुको भनाई रहेको छ ।
भारतीय सवारी साधनमा सवार भई नेपाल भित्रिने भारतीय नागरिकहरु मदिरा सेवन गर्ने र होहल्ला मचाएर अशान्ति समेत फैलाएको सीमावर्ती नागरिकको गुनासो छ । उता सशस्त्र प्रहरी निरीक्षक भुवन खड्काले सिमामा भने जस्तो निर्वाद रुपमा नआएको र आफूलाई सोधेर केही सवारी मात्रै आएको प्रतिकृया दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया