समाजिक सुरक्षा भत्ता वितरणमा ठगि
६ कार्तिक २०७७, बिहीबार १८:२८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको कृषि विकास बैंक इनरुवा शाखाले ज्येष्ठ नागरिकको समाजिक सुरक्षा भत्ता वितरणमा ठगि गरेको गुनासो बाहिर आएको छ ।
इनरुवा नगरपालिकाको समाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको कृषि विकास बैंक इनरुवा शाखाले प्रति सेवाग्राहीसँग एक सय रुपैयाँको दरले ठगि गरेको गुनासो बाहिर आएको हो ।
बैंकले समाजिक सरक्षा भत्ताको सुचना म्यासेज गरेवापत भन्दैं एक सय रुपियाँ लिने गरेको सेवाग्राही प्रेम कुमारी पोखरेलले गुनासो गर्नुभयो । पोखरेलका अनुसार प्रथम चौमासिकको आठ हजार रुपैयाँ बुझन एक सय रुपियाँको भौचर भर्न लगाएर ठगि गरेको हो ।
बैंकले ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक समाजिक सुरक्षा भत्ता लिनेहरुलाई सास्ती दिनुको साथै बिना कारण एक सय रुपैयाँको भौचर भर्न लगाएको इनरुवा ५ बलाहाकी प्रेम पोखरेलले गुनासो पोख्नुभयो । बैकले भने मोवाईल सेवाका लागि रकम लिएको प्रतिकृया दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया