पाठयक्रम कार्यन्वयन सम्बन्धि पाँच दिने तालिम सुरु
३ कार्तिक २०७७, सोमबार १४:५३
राजविराज । एकिकृत पाठयक्रम कार्यन्वयन सम्बन्धि पाँच दिने अभिमुखीकरण तालिम आइतबार यहाँ सुरु भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित भुपेन्द्र साँस्कृत माबि बिद्यालय सखडामा आयोजित एकिकृत पाठयक्रम कार्यन्वयन सम्बन्धि तालिममा १३ जना पुरुष र ६ जना महिला शिक्षक,शिक्षिकाहरुको सहभागिता रहको छ ।
छिन्नमस्ता गाउँपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले आयोजना गरेको एकिकृत पाठयक्रम कार्यन्वयन तालिम कातिक २ देखि ६ गते सम्म चल्ने सेभ द सप्तरीका फिल्ड अधिकृत मुकेश कुमार मण्डलले जानकारी दिनुभयो ।
सो तालिममा छिन्नमस्ता गाउँपालिकाका १९ वटा समुदायिक बिद्यालयका शिक्षक ,शिक्षकाहरुले तालिम लिइरहेको सेभ द सप्तरीले जनाएको छ ।
तालिम सुरुवाती कार्यक्रममा छिन्नमस्ता गाउँपालिका शिक्षा संयोजक सनतोष राय, सेभ द सप्तरीका फिल्ड अधिकृत मुकेश कुमार मण्डल, कार्यक्रम सुपरभाईजर रामचन्द्र यादव, समुदायिक परिचालक बद्री नारायण मण्डल, चमपा शर्मा र रुभा मण्डल लगायतका उपस्थिति रहेको थियो ।
तालिममा भने सुरुङगा नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्र कुमार यादव र सहयोगि दिप कुमार यादवले सहजिकरण गर्दै हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया