दशैमा छिन्नमस्ता मंदिर सुनसान
४ कार्तिक २०७७, मंगलवार १९:३५
राजविराज । सप्तरी प्रशासनले कोरोना भाईरस महामारीको मध्यनजर गर्दै जारी गरेको निषेधज्ञाले बिजयी दशमीको आज चौथो दिन छिन्नमस्ता भागवती मंदिर सुनसान देखिएको छ ।
प्रत्येक वर्ष दशैं सुरु भएदेखि नै सप्तरीका प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती र कंकालिनी मन्दिर लगायत अन्य मठमन्दिरहरुमा भक्तजनहरुको रमझम शुरु हुने गरेको थियो ।
तर कोरोना भाइरस महामारीका कारण मन्दिरहरुको रंगरोगन देखि बगैंचा सरसफाई र मेला समेत आयोजनामा यस बर्ष कमी आएको छ । सप्तरीका मठमन्दिरमा समेत हुने गरेको जमधट यसपालि हुन सकेको छैन ।
यस वर्ष कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर पश्चात दशैंको रौनकता नै हराएर गएको राजविराजका श्याम रजकले बताउनुभयो शक्तिपीठहरूमा दसैंको पूजापाठ सुरु भए पनि विगतका वर्षजस्तो हर्ष, उल्लास भने देखिएन ।
दशैको बेला सधै लाखौको संख्यामा छिन्नमस्ता भगवती मंदिर र भारदहस्थित कंकालनी भगवती मंदिरमा भिडभाड हुने गरेको थियो तर अहिले ति मंदिरहरु सुनसान देखिएपछि त्यहाँका होटल ब्यवसायी,फुलमाला बेच्ने र भगवतीलाई चढाउने प्रसादी बिक्रेता निरास भएका छन ।
उक्त शक्तिपिठ छिन्नमस्ता र कंकालनी भगवती मंदिरमा दशैको बेला यहाँ हजारोको संख्यमा खसीबोका बलि दिने गरेको छ त्यो पनि प्रभावित भएको छिन्नमस्ता भगवती मंदिरका पिठाधिस महाकानत ठाकुरले बताउनुभयो । त्यस्तै दशैको महानवमीका दिन कंकालनि मंदिरमा रंगाको बलि दिने चल्नछ ।
विश्व महामारीको रुपमा फेलिएको कोरोना भाइरसको संक्रमण बढन सक्ने खतरा रहेकोले गर्दा गत असोज ३० गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ र संक्रमण रोग ऐन, २०२० लाई टेकेर बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले गरि शंक्तिपिठ बिभिन्न भगवती मंदिर, मठमंदिर लगायत जिल्ला भित्र पर्ने सम्पूर्ण शक्तिपिठ एवं मन्दिर परिसरहरु असोज ३० गते राति ११ बजे देखी ०७७ मंसिर ७ गते राति ११ बजेर ३० मिनेट सम्मको दिनलई निषेधित क्षेत्र घोषित गरिएको छ ।
गत बर्ष भारतको बिभिन्न राज्य तथा जिल्लाहरुबाट लाखौको संख्यामा भक्तजनहरु आउने सप्तरीका दुई शक्तिपिठ छिन्नमस्ता र कंकालिनी भगवती मंदिरमा भक्तजन आउने गरेको थियो तर कोरोना भाइरसका कारण अहिले नेपाल भारत सिमानाका बन्द भएका कारणले पनि मंदिर सुनसान देखिएको छ ।
गत वर्ष वडा दशैको बेला करिब ७ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु नेपाल तथा भारतको गरी दर्शन गर्ने गरे पनि अहिले मन्दिरको दुई वटै मुख्य गेटमा सप्तरी प्रशान द्वारा ताला लगााई नेपाल प्रहरी र सस्स्त्र प्रहरीले पहरा दिई बसि रहेका छन भन्ने लुकाई छिपाई मन्दिर सम्म पुगेको श्रद्धालु भक्तजनहरुलाई सामाजिक दुरि कायम गरी पुजा पाठ गर्ने हामीले दिइरहेको छिन्नमस्ता मन्दिरका पिठाधिश महाकान्त ठाकुरले बताउनुभयो ।
नेपाल सरकार र सप्तरी प्रशाासनले चाडपर्वको बेला यस्तौ निर्णाय हुनु हिन्दुहरुको संस्कृति माथी प्रहार गरी यसलाई समाप्त पार्ने काम भईरहेको मन्दिरका पिठाधिश ठाकुर आरोप समेत लागाउनुभयो ।
भीडभाड नगरी प्रथा परम्परा धान्न नित्य पूजा गर्न भने छुट गरिएको सप्तरी प्रशासनले जनाएको छ । तर, पुस्तांैदेखि चल्दै आएको प्रथा पूर्ण रूपपर्व हिन्दूहरुको महान पर्व भएको हुनाले प्रशासनको निषेधाज्ञाको रबैयाले हिन्दू धर्ममाथि नै प्रहार भएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताउनुभयो ।
सरकारले घोषणा गरेको चैत्र ११ देखिको लकडाउन पश्चात मात्रै भारतीय श्रद्धालुको संख्या करिब १ लाख २५ हजार तथा ३५ सय भन्दा बढी बलि भएको भन्दै हिन्दु परम्परामाथि कुठाराघात नगर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।
यस्तै जिल्लाको कंकालिनी मन्दिर, राजविराजको भगवती मन्दिर, पातोको डाक्नेश्वरी मन्दिर तथा राजदेवी मन्दिरमा पनि सुनसान देखिएको छ ।
भीडभाडको डरले सर्वसाधारणलाई मन्दिर प्रवेशमा निकै कडाइ गरिएको छ भने पूजाआजामा पनि विशेष सतर्कता अपनाइएको छ । मन्दिर आउने श्रद्धालुलाई मास्क अनिवार्य गरिएको छ ।
ढोकामा उभिएका स्वयंसेवकले सेनिटाइजर दिएर र थर्मल गनले ज्वरो नापेर मात्रै सर्वसाधारणलाई मन्दिर पस्न दिने गरेको श्रद्धालुहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया