ब्राउनसुगरसहित सप्तरीमा दुई दाजुभाई पक्राउ – Nagarikabhiyan : National News

ब्राउनसुगरसहित सप्तरीमा दुई दाजुभाई पक्राउ

राजविराज । लागुऔषध ब्राउनसुगरसहित सप्तरीमा दुई दाजुभाई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ७ का १९ वर्षीय निरज कुमार शर्मा र भरत शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनपुर वाट प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले अग्निसाईर कृष्णासबरण गाउँपालिका वडा नम्बर ५ बक्धुवा स्थित भित्रि सडकबाट स ७ प १८६५ नम्बरको मोटर साईकलमा लागूऔषध गईरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाल जानकारी दिनुभयो ।

सूचनाको अधारमा चेक–जाँच गर्दा शर्माको साथबाट १० ग्रामको ५ वटा प्याकेट भएको ५० ग्राम ब्राउनसुगर सहित २ थान मोवाईल र ६ हजार ९ सय रुपैया बरामद भएको प्रहरी उपरिक्षक धमलाले बताउनुभयो ।

नियन्त्रणमा लिएका दुवैलाई इलाका प्रहरी कार्यालय कञ्चपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।