४ असार २०७७, बिहीबार १८:२७ – Page 8 – Nagarikabhiyan : National News

बहुविवाहको मुद्दामा फरार अभियुक्त हतियारसहित पक्राउ

बझाङ । जिल्लाको सुर्मा गाँउपालिका वडा नं.२ का २ जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

सुर्मा गाँउपालिका वडा नं.२ का लोक बहादुर बोहरा र उनकी कान्छि श्रीमति निर्मला विसीलाई गाउँ नजीकैको ओडारबाट एक थान भरुवा भन्दुकसहित प्रहरीले प्रक्राउ गरेको हो ।

एक महिना अघि बोहराले गाउँ नजीकैकी निर्मला विसिसँग दोस्रो विवाह गरेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी तथा ईन्स्पेटर नेत्र बहादुर बोहराले बताए ।

उनले दोस्रो विवाह गरेपछि उनकी जेठी श्रीमती रेखा बोहराले जिल्ला प्रहरी कार्यलय बझाङमा बोहोरा विरुद्ध बहुविवाहको मुद्धा दर्ता गराएको ईन्स्पेटर बोहराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलयमा मुद्धा दर्तापछि प्रहरीले बोहराको खोज तलास गरी रहेको थियो । जिल्ला प्रहरी कार्यलयका डीएसपि गणेश बमका अनुसार बोहराको खाजेतलास गर्दै जाँदा ईलाका प्रहरी चौकी दौलीचौरको टोलीले विहीबार विहान ४ बजे गाउँ नजीकैको जंगलको ओडारमा बासबसी रहेको अवस्थामा फेला पारेको हो ।

भरुवा बन्दुकसहित फेला परेका दुबै जनालाई अहिले थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखीएको छ । अन्तरजातीय विवाह गरेका कारण बोहराले गाउँ फर्कन नसकेर ओडारमा बस्दै आएका हुन सक्ने प्रहरीले आसंका गरेको छ । थप अनुसन्धान भैरहेको छ ।

बिहीबार ६ सय ७१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७८४८

काठमाडौं । नेपालमा थप ६ सय ७१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले बिहीबार ५ सय ९१ जना पुरष र ८० जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । नेपालमा ७ हजार २ सय २९ जना पुरुष र ६ सय १९ महिला संक्रमित रहेका छन् ।

हालसम्म १ हजार १ सय ८६ जना निको भएर घर फर्किएका छन् । निको हुनेमा १ हजार ७२ जना पुरुष र १ सय १४ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्र्चाज भएको मन्त्रालयले जनाएको छ । देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

नेपालमा अहिलेसम्म १ लाख ५५ हजार ५ सय १८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। त्यसैगरी २ लाख ५३ हजार ७५ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

सरकारले कोरोनालाई झाडा पखालाको रुपमा लिएको छः कांग्रेस प्रबक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले कोरोनाको कहरलाई सरकारले झाडा पखालाको रुपमा हेरेको टिप्पणी गरेका छन् । उनले कोरोनाको महामारीलाई नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिन सुझावसमेत दिएका छन् ।

उनले सरकारले विदेशमा रहेका नेपालीको उद्धार क्वारेन्टिनको उचित व्यवस्थापन गर्न कांग्रेसले ज्ञापनपत्रसहित आग्रह गर्दा पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक नलिएको आरोप पनि लगाए।

पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रवक्ता शर्माले अहिलेको यस्तो संवेदनशिल घडीमा सुझावसहित ज्ञापनपत्र बुझाउन जाँदा आधा घण्टा वेसारको मात्रै कुरा सुनाउने प्रधानमन्त्रीबाट कोरोना संक्रमण नियन्त्रण हुने अपेक्षा गर्न नसकिने बताए। प्रधानमन्त्री ओलीले कोरोनाप्रति पटक्कै गाम्भिर्यता नदेखाएको उनको भनाई छ ।

शर्माले कांग्रेसले भने अनुसार सरकारले कामगरे अझै पनि कोरोनाको कहरलाई नियन्त्रणमा लिन सकिने भन्दै प्रधानमन्त्री ओलीलाई सवै स्वास्थ्य सामग्रीको व्यवस्थापन तत्काल केन्द्रीय सरकारले गर्ने,विदेशमा भएका नेपालीहरुलाई व्यवस्थित रुपमा नेपाल ल्याउने र स्थानीय तहलाई सवै व्यवस्थापन गर भनेर आवश्यक रकम छुट्याइदिन सुझाव दिएका छन् ।

हामीले स्वाब परिक्षण गरौ भन्यौँ तर, प्रधानमन्त्रीले स्वाब भन्ने कुरा बुझ्नुभएछ भन्दै उनले भने,‘प्रधानमन्त्रीले काम गर्ने ढंग पुर्याउन सक्नु भएन । काम गराइमा क्षमता देखिएन । कुनै कुरामा पनि गाम्भिर्यता देखिएन । अहिलेसम्म जे विग्रिएको विग्रिसक्यो पछि छलफल गरौला । अहिले रोक्ने प्रयास गरौ ।’

हिमाली जिल्ला मनाङसहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं ।  हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमणदेखिएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय ८९ पुगेको छ ।

मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेको शर्माले जानकारी दिए ।

यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा. शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन ।

यसैगरी पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् ।

यस्तै गोरखामा ११ जनामा कोरोना पुष्टि भएको छ । गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।

गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक परित गरिँदै

काठमाडौं ।  राष्ट्रियसभामा आज (बिहीबार) नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गरिँदैछ ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपालको नयाँ नक्सासहितको निशान छाप सम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । दफावार छलफल सकिएलगत्तै विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाले जेठ ३१ गते नेपालको नयाँ नक्सा समेटिएको निशान छाप सम्बन्धी संविधान सोशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।

आज २०७७ असार ४ गते विहीबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।

राप्रपाका अध्यक्ष राणाको आरोपः सरकारले देशमा टाँट पल्टाउने बिउ रोपेको छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले देशमा टाँट पल्टाउने बिउ रोपेको आरोप लगाएका छन् ।

अध्यक्ष राणाले बजेट बनाउने बेला आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ रोपेको निष्कर्ष प्रस्तुत गरेका हुन् । बन्दाबन्दीको समयमा राजस्व घट्छ, आर्थिक संकट आउन सक्छ भनेर बेलैमा सजग गराउँदा पनि सरकारले सुझाव नसुनेको राणाको भनाइ छ ।

‘बजेट पेश हुनु अगावै मैले सरकारलाई अब आउने संकटबारे सचेत गराएको थिएँ । बन्दाबन्दीको कारण भंसारबाट उठ्ने राजस्व घट्छ भनेकै थिएँ । राजस्वको मूल स्रोत सुकेपछि पर्ने संकटबारे सरकारलाई सजग रहन आग्रह गरेको थिएँ,’ उनले ट्वीट गर्दै भने । ‘तर बजेटले त्यो गंभीर समस्या बेवास्ता गर्यो, देश टाँट पल्टाउने बिउ रोप्यो ।’

राणाले थपे, ‘राज्य संचालनको मासिक आवश्यक्ता ४० अर्ब रुपैयाँ छ । भंसारबाट १५ अर्ब, आन्तरिक राजस्वबाट केही अर्बमात्र संकलन हुने अवस्था छ ।’ सरकारकै असावधानीका कारण समस्या गंभीर बनेको भन्दै उनले भने, ‘यसैले ठूलो आर्थिक संकट सामना गर्नु परेको भन्दै अर्थमन्त्री बिलौना गर्दैछन् । बजेट ल्याउँदा सुकूल गुण्डा तवरले डम्फू फुक्ने, अहिले समय घर्केपछि पछुताएर काम छैन ।’

प्रहरी भन्दै स्थानीय व्यापारीसंग पैसा असुल गर्ने एक पक्राउ

इनरुवा । आफू घुमुवा प्रहरी हो भन्दै स्थानीय व्यापारीसंग पैसा असुल गर्ने क्रममा सुनसरीबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका २ रामनगरभुटाहा सड्क खण्डमा मंगलबार स्थानीय व्यापारीहरुलाई म घुमुवा प्रहरी हुँ भनि प्रहरीको वदनाम गरी डर त्रास देखाइ गैह्र कानूनी तवरले रकम असुली गरीरहेको एक युवालाई जिल्ला प्रहरी कार्यालयको प्रहरीले पक्राउ गरेको हो ।

नक्कली प्रहरीको गुनासो आएपछि प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउपालिका वडा नम्वर ५ का २३ वर्षिय असरार अहमद मियाँलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका अहमद मियाँलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ११८ अन्तरगत अभद्र व्यवहार मुद्धामा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

इनरुवामा मर्मतको बजेट भएर पनि मर्मत भएन दमकल, नगर प्रमुख कारक: कार्यापालिका सदस्यहरु

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा दमकल विग्रेर थन्किएका कारणले हालै बजार क्षेत्रमा रहेको हनुमान बस्त्रालयमा भिषण आगलागी भएर करौडोको क्षती भएको विषयले चर्चा पाएको छ ।

आगलागीका कारण हनुमान बस्त्रालयको चार तल्ले भवनको चार वटा कोठा र अन्य छिमेकी छत्रबहादुर थापाको घर सहित सृजना फाईनान्स कार्यालय, कपिल टेलर्स, सन्तोषी हार्डवेयर , नेरोल्याकका पेन्टसको गोदाम र राजेक साहको रेडिमेट कपडा पसलका सम्पूर्ण सरसमान जलेर नष्ट भएकोमा कारणको रुपमा इनरुवा नगरपालिकाको दमकल तयारी अवस्थामा नहुनुलाई कार्यापालिका सदस्यहरुले लिएपनि चर्चा पाएको हो ।

इनरुवा नगरपालिकाको दमकल २४ सै घण्टा तयारी अवस्थामा रहनुपर्नेमा ६ महिना बढी समयदेखी किग्रेर थन्किएको र मर्मतको बजेट भएर पनि मर्मत नभएकाले ठूलो क्षती भएको सदस्यहरुले बताएका छन । दमकल मर्मतमा इनरुवा नगर प्रमुख राजन मेहताले समयमा नगरेको कारणले सम्पूर्ण जिम्मा लिनुपर्ने इनरुवा नगर कार्यापालिका सदस्य कैलास पान्चारीयाले बताउनुभयो ।

वहाँले यसको कारक प्रमुख भएको समेत जिकिर गर्नुभयो । वहाँले सबै काम गर्न प्रमुखले सक्ने र नयाँ दमकल ल्याउन अनि विग्रेको दमकल बनाउन नसक्ने भएकाले सबै जिम्मा लिनुपर्ने तर्क गर्नुभयो । वहाँले आफू सहितका कार्यापालिका सदस्यहरुले दमकलको बारेमा कुरा उठाएपनि वेवास्ता गर्ने नगर प्रमुखले नेकपाको बहुमत भन्दै केही आसेपासेलाई लगाएर सामाजिक सञ्जालमा बदनाम गर्न खोजेको भन्दै खण्डन समेत गर्नुभयो ।

अर्का सदस्य तथा इनरुवा ३ का वडा अध्यक्ष कालुराम गुरुगंले नगरको विकासमा बाधक र आफ्नो पार्टी र व्यक्तिगत काममा व्यस्त रहने प्रमुख मेहतका कारणले आफूहरु समेत मारमा परेको बताउनुभयो । वहाँले नगरमा कार्यापालिकामा नेकपाको बहुमत भएपनि एकल काम गर्ने प्रमुख मेहताको कारणले इनरुवामा अति आवश्यक रहेको दमकल विग्रेको आधा वर्ष हुदाँ समेत नबनाई करौडोको क्षती वेहोर्नुपरेको बताउनुभयो ।

केही सामाजिक सञ्जालमा नेकपाको कारणले दमकल खरिद र मर्मत नभएको विषयमा कुनै सत्यता नभएको समेत गुरुगंले प्रष्ट पार्नुभयो । नयाँ किन्ने विषयमा नगर प्रमुखले प्रस्ताव नल्याएको र मर्मतको लागि बजेट ७९ लाख रुपियाँ विनियोजन नभएकाले कार्यापालिकाको निणर्य नचाहिने हुदाँहुदै दोष थुपार्ने र आफू उम्किने प्रयासमा रहेको गुरुगंको भनाई छ ।

अर्का सदस्य तथा इनरुवा ४ का वडा अध्यक्ष श्यामदेव मेहताले इनरुवा नगरपालिकाको दमकल तयारी अवस्थामा हुनुपर्नेमा नभएकोमा दुख लागेको भन्दै नगर प्रमुखले मर्मत र इन्धनको बजेट हुदाँहुदै समयमा दमकललाई नबनाएको र कार्यापालिका सदस्यहरुलाई समेत गुम्राहामा पारेको प्रतिकृया दिनुभयो ।

मेहताले नगर प्रमुखले आफू अनुकुल मात्रै काम गरेको र नगरबासीको हित कहिले नचिताएको कारणले इनरुवामा भिषण आगलागी हुदाँ समेत जिल्लाका अन्य पालिका र जिल्ला बाहिरबाट दमकल ल्याएर आयो नियन्त्रण गर्नुपरेको बताउनुभयो ।

आगलागी भएको भवनमा टाँसिएर रहेको छत्र बहादुर थापाको घरको माथिल्लो तल्लामा रहेको सिर्जना फाइनान्स लिमिटेड, तल्लो तल्लामा रहेको रेडिमेट कपडा पसल र कपिल परियारको टेलर्स छेउमा रहेको सन्तोषी हार्डवेयरको पसल तथा गोदाममा समेतमा गरेर १० करोडको क्षति भएको थियो ।

इनरुवाको दमकल नभएकाले आगलागी भएको करिब एक घण्टापछि मात्र इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका दमकल आएको थियो भने मोरगं र सप्तरी समेतबाट दमकल आएको थियो । त्यसलगतै दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, राजविराज नगरपालिका, कन्चनरुप नगरपालिका, विराटनगर महानगरपालिका, सुन्दरहरैचा नगरपालिका सहितका ९ वटा बारुण यन्त्रले ६ घण्टा लगाएर आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

आज २०७७ असार ३ गते बुधबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

सांसद पन्तका प्रश्नः क्वारेन्टाइनमा बलात्कार हुँदा मान्छे मर्दा सरकारको मन दुख्छ कि दुख्दैन ?

काठमडौं । सांसद प्रकाश पन्तले बलत्कारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा बोल्दै सांसद पन्तले क्वारेन्टाइनमा बसेकी महिलामाथि सामूहिक बलत्कार गर्नेहरुलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

सांसद पन्तले क्वारेनटाइनमा बसेकी महिलामाथि भएका सामूहिक बलत्कारको भत्र्सना गदै त्यसमा संलग्न जो कसैलाई पनि कारवाहीको दायरमा ल्याउन माग गरे । उनले क्वारेनटाइनको अवस्था नाजुक भएको टिप्पणी पनि गरे ।

‘क्वारेनटाइनमा बसेका मानिस कहिले मर्ने त कहिले बलात्कारको शिकार भएका छन्,’ उनले भने, ‘यी घटनाले सरकारको ध्यान क्वारेनटाइनमा छैन भन्ने प्रष्ट भएको छ।’ ‘क्वारेनटाइनमा मान्छे मर्दा मन नदुखेको सरकारलाई बलात्कार हुँदा मन दुख्छ कि दुख्दैन ? सरकार अब त इन अफ भएन र ?’

जसपाकी सांसद सरिता गिरी भारत छिर्न लाग्दा नाकाबाट फर्काइयो

काठमाडौं । सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई रोकिएको छ ।उनलाई नेपाली सुृरक्षाकर्मीले रोकेर नाकाबाट फर्काइदिएका हुन् ।

सिरहा प्रहरी कार्यालयका अनुसार चालक र गाडीसहित सांसद गिरी मंगलबार दिउँसो ३ बजे सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै सुरक्षाकर्मीले उनलाई फर्काएका थिए ।

सिराहा घर भएकी सांसद गिरीको माइती भारतमा पर्छ । उनी सुरक्षागार्डलाई समेत छाडेर चालकलाई लिएर भारत प्रस्थान गर्दै थिइन् ।

नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । सांसद गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन् ।

असार ७ गते खण्डग्रास सूर्यग्रहण लाग्ने

काठमाडौँ । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए ।

शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ ।

भोजपुरमा योजनाका काममा वडाध्यक्षले नै गरे किर्ते

भोजपुर । भोजपुर नगरपालिका–१२ का वडाध्यक्षले नै किर्ते कागजात बनाई योजनाको काम अघि बढाएको पाईएको छ । नगरपालिका १२ को टक्सारमा वडाध्यक्ष कुमार श्रेष्ठ आफैँले उपभोक्ता समितिको किर्ते हस्ताक्षर गरी योजनाको काम थालेको खुलेको हो ।

गत जेष्ठ २ गते नगरपालिकाको वार्षिक स्विकृत योजना अन्र्तगत वडा कार्यालयको कम्पाउण्ड घेराबारा गर्न विनियोजित ६ लाख बजेटका लागि उपभोक्ता समिति गठन भएको थियो । वडाध्यक्षको रोहबरमा बनेको उपभोक्ता समितिमा समितिको सचिव सहित अन्य ६ जना सदस्यको किर्ते हस्ताक्षर गरी योजना पास गरेको खुलेको हो ।

आफुहरुलाई कुनै जानकारी नै नगराई किर्ते हस्ताक्षर गरेर योजनाको काम अघि बढाएको उपभोक्ता समितिका सचिव पर्वत बयलकोटीले आरोप लगाए । भने, ‘समितिको सचिव मलाई राख्ने, फेरि मलाई नै कुनै जानकारी नगराई मेरो किर्ते हस्ताक्षर गर्नु कहाँसम्मको वैधानिकता हो?’
आफ्नो हस्ताक्षर चोरेर किर्ते कागजातबाट योजना पास गरी जानकारी नै नदिई काम गरेको भन्दै उपभोक्ता समितिका सदस्यले जिल्ला प्रशासनमा उजुरी हालेका छन् ।

किर्ते कागजातबाट नगरपालिकाले योजना स्विकृतिसंगै केहि रकम निकासा गरेको उनीहरुको गुनासो छ । समितिका सदस्य मिलन प्रधानले किर्ते हस्ताक्षर गरी सुरु गरेको योजनाका काम अवैधानिक भएको आरोप लगाए । समितिमा रहेपनि प्यारालाईसिसले ग्रसित स्थानीय प्रेमकुमार  उदासको पनि किर्ते हस्ताक्षर भएको थियो । हस्ताक्षर नै गर्न नसक्ने उनको नाममा किर्ते हस्ताक्षर हुँदा कुनै जानकारी नआएको उनले गुनासो गरे ।

किर्ते कागजातमा वडाध्यक्ष श्रेष्ठकै रोहवरमा बसेको बैठक र निर्णयको माईन्युटमा ४४ जनाको उपस्थिती देखाईएको छ ।

यता वडाध्यक्ष श्रेष्ठले विकासको काममा कुनै अनियमिता नभएको भन्दै किर्ते हस्ताक्षरको कुरा ढाकछोप गर्ने प्रयास गरे । भने, ‘असार लागिसक्यो, विकासको काम गर्दा के अनियमितता ग¥यौँ र, किर्ते गरेर न कसैको सम्पति, न जग्गा नै हडपेका छौँ’ वडाध्यक्ष श्रेष्ठले नै माईन्युट लेख्न लगाएपछि समितिका सदस्यको उपस्थिती उठाएको वडा सचिव खड्का बहादुर तामाङले बताए । तर उक्त माईन्युटमा वडा सचिव तामाङले भने हस्ताक्षर गरेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रजिअ रामप्रसाद लुईँटेलले यसबारे सबै सूचना र जाहेरी पाइसकेको बताए । उनले भने, ‘अनुसन्धानको पाटो जिल्ला प्रशासनको भएकोले प्रक्रिया अगाडी बढाइएको छ, योजना स्विकृतिको विषयमा हामीले उजुरी दिने पदाधिकारी र वडाध्यक्ष श्रेष्ठलाई नगरपालिका जान भनेका छौं ।’

वडाध्यक्षको रोहबरमा किर्ते गरिएको माईन्युट । तस्वीर

fake mainyut (2) fake mainyut (1) प्रदेश पोर्टलबाट

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८५ जना संक्रमित थपिए,संक्रमितको संख्या २ हजार ३७९ पुग्यो

जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ७ जना महिला र १ सय ७८ जना पुरुषगरी कुल १ सय ८५ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जस अनुसार सप्तरी जिल्लामा ३,सिरहा जिल्लामा २,धनुषा जिल्लामा २१,महोत्तरी जिल्लामा ८९,सर्लाहीमा १६,रौतहट जिल्लामा ५२ र पर्सा जिल्लामा २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

महोत्तरी जिल्लाको मठिहानी नगरपालिकाका १३ बर्षिय वालक,सोही नगरपालिका ५१ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुष,लोहारपट्टी नगरपालिकाका २६ र २७ बर्षका २ जना पुरुष,औरही नगरपालिकाकी २८ बर्षिय महिला,सोही नगरपालिकाका १८ बर्षिय किशोर सहित १९ र ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाको यमुनामाई नगरपालिकाका १५ बर्षिय किशोर सहित १९ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुष,बौधिमाई नगरपालिकाका ८ र १२ बर्षिय वालिका,सोही नगरपालिकाका १८ बर्षिया किशोरी र २८ बर्षिया २ जना महिला,बौधिमाई नगरपालिकाकै ४१ देखि ६० बर्ष उमेर समुहका ४ जना र १९ देखि ४० बर्ष उमेर समुहका ११ जना पुरुष,सोही नगरपालिकाका ४ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका १३ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका २३ र ३१ बर्षका पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यस प्रदेशमा मंगलबारसम्म ३४ हजार ४ सय ४५ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा २ हजार ३ सय ७९ जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५० जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १० हजार २ सय १६ जनाको नतिजा आउन बाँकी रहेको छ ।

आरडिटी तर्फ अहिलेसम्म १५ हजार ७ सय ३४ जनाको परीक्षण गरिएकोमा ७ सय ८२ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १४ हजार ९ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

प्रदेशमा संक्रमित २ हजार ३ सय ७९ मध्ये सबैभन्दा बढि रौतहटका ८ सय ९४ जना रहेका छन् । त्यस्तै ५ सय २७ जना सर्लाहीका,३ सय ७ जना महोत्तरीका,१ सय ८५ जना धनुषाका,१ सय ५६ जना पर्साका,१ सय ३६ जना सप्तरीका,९९ जना बाराका र ७५ जना सिरहाका व्यक्तिहरु छन् ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ४ सय ५ बेड क्षमताको ४ सय ३९ वटा क्वारेन्टाइनमा अहिले १२ हजार ३ सय ३१ जनालाई राखिएको छ भने १४ हजार ५ सय ७९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ४ सय ३४ बेड क्षमताको आईसोलेशनमा ९ सय ३९ जना बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए ।

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका २८ जना सहित यस प्रदेशका ५ सय ६ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

आज थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका ९र९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४र४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २र२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १४९ जना छन् ।