आज राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक परित गरिँदै – Nagarikabhiyan : National News

आज राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक परित गरिँदै

काठमाडौं ।  राष्ट्रियसभामा आज (बिहीबार) नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गरिँदैछ ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपालको नयाँ नक्सासहितको निशान छाप सम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । दफावार छलफल सकिएलगत्तै विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाले जेठ ३१ गते नेपालको नयाँ नक्सा समेटिएको निशान छाप सम्बन्धी संविधान सोशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।