बहुविवाहको मुद्दामा फरार अभियुक्त हतियारसहित पक्राउ – Nagarikabhiyan : National News

बहुविवाहको मुद्दामा फरार अभियुक्त हतियारसहित पक्राउ

बझाङ । जिल्लाको सुर्मा गाँउपालिका वडा नं.२ का २ जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

सुर्मा गाँउपालिका वडा नं.२ का लोक बहादुर बोहरा र उनकी कान्छि श्रीमति निर्मला विसीलाई गाउँ नजीकैको ओडारबाट एक थान भरुवा भन्दुकसहित प्रहरीले प्रक्राउ गरेको हो ।

एक महिना अघि बोहराले गाउँ नजीकैकी निर्मला विसिसँग दोस्रो विवाह गरेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी तथा ईन्स्पेटर नेत्र बहादुर बोहराले बताए ।

उनले दोस्रो विवाह गरेपछि उनकी जेठी श्रीमती रेखा बोहराले जिल्ला प्रहरी कार्यलय बझाङमा बोहोरा विरुद्ध बहुविवाहको मुद्धा दर्ता गराएको ईन्स्पेटर बोहराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलयमा मुद्धा दर्तापछि प्रहरीले बोहराको खोज तलास गरी रहेको थियो । जिल्ला प्रहरी कार्यलयका डीएसपि गणेश बमका अनुसार बोहराको खाजेतलास गर्दै जाँदा ईलाका प्रहरी चौकी दौलीचौरको टोलीले विहीबार विहान ४ बजे गाउँ नजीकैको जंगलको ओडारमा बासबसी रहेको अवस्थामा फेला पारेको हो ।

भरुवा बन्दुकसहित फेला परेका दुबै जनालाई अहिले थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखीएको छ । अन्तरजातीय विवाह गरेका कारण बोहराले गाउँ फर्कन नसकेर ओडारमा बस्दै आएका हुन सक्ने प्रहरीले आसंका गरेको छ । थप अनुसन्धान भैरहेको छ ।