सांसद पन्तका प्रश्नः क्वारेन्टाइनमा बलात्कार हुँदा मान्छे मर्दा सरकारको मन दुख्छ कि दुख्दैन ?
२ असार २०७७, मंगलवार १८:४६
काठमडौं । सांसद प्रकाश पन्तले बलत्कारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा बोल्दै सांसद पन्तले क्वारेन्टाइनमा बसेकी महिलामाथि सामूहिक बलत्कार गर्नेहरुलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
सांसद पन्तले क्वारेनटाइनमा बसेकी महिलामाथि भएका सामूहिक बलत्कारको भत्र्सना गदै त्यसमा संलग्न जो कसैलाई पनि कारवाहीको दायरमा ल्याउन माग गरे । उनले क्वारेनटाइनको अवस्था नाजुक भएको टिप्पणी पनि गरे ।
‘क्वारेनटाइनमा बसेका मानिस कहिले मर्ने त कहिले बलात्कारको शिकार भएका छन्,’ उनले भने, ‘यी घटनाले सरकारको ध्यान क्वारेनटाइनमा छैन भन्ने प्रष्ट भएको छ।’ ‘क्वारेनटाइनमा मान्छे मर्दा मन नदुखेको सरकारलाई बलात्कार हुँदा मन दुख्छ कि दुख्दैन ? सरकार अब त इन अफ भएन र ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया