५ असार २०७७, शुक्रबार १८:१६ – Page 7 – Nagarikabhiyan : National News

बुहारी हत्याको आशंकामा ससुरा र नन्द प्रहरी नियन्त्रणमा

हेटौंडा । बुहारी हत्याको आशंकामा मकवानपुर प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । गत मंगलबार हेटौंडा ४ गर्दोइस्थित घरमा मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्याको आशंकामा प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको हो ।

तीन दिनअघि घरको भान्छा कोठामा सुस्मिता मृत भेटिएकी थिइन् । प्रहरीले अनुसन्धानको क्रममा सुस्मिताको हत्या पुष्टि हुने आधार भेटिँदै गएको बताइएको छ । मृत भेटिएकी उनको टाउकोको पछिल्लो भागमा लागेको चोटका कारण आँखामा समेत असर परेको देखिएको छ । उनको घाँटी र अन्य भागमा समेत चोट रहेको प्रहरीले बताएको छ । थापाको शव घरको भान्छामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटिएको थियो । हत्यालाई आत्महत्याको संज्ञा दिन अपराधमा संलग्न व्यक्तिहरूले नयाँ तरिका अपनाएको हुन सक्ने भन्दै मकवानपुर प्रहरीले घटनालाई सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

प्रहरीले गरिरहेको अनुसन्धानले पहिलो चरणमा आर्थिक प्रलोभनलाई देखाएको छ । मृतक थापाका श्रीमान‍्को ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियोे । प्रहरी स्रोतका अनुसार मृतक थापाका श्रीमान‍्को दुर्घटना बिमा र जीवन बिमाको ठूलो रकम सुस्मिता थापालाई आउँदै गरेको भएर परिवारका सदस्य नै घटनामा संलग्न रहेको आशंका प्रहरीले गरेको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै घरमै रहेका ससुरा र नन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार मृतकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सिता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरी नायब उपरीक्षक रानाले घटनाबारे अनुसन्धान भइरहेकोले थप जानकारी दिन नसकिने बताए ।

प्रहरी श्रोतका अनुसार पोस्टमार्टम रिपोर्टका अनुसार घटना आत्महत्या नभई हत्या भएको पाइएको भए पनि अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताएको छ ।

१३ बर्षीया बालिकालाई गर्भवती बनाउने एक शिक्षक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

इटहरी । धनकुटाकी एक १३ बर्षीया बालिकालाई यौन शोषण गरि गर्भवती समेत बनाएको आरोपमा पक्राउ परेका एक शिक्षक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत धनकुटाले आदेश दिएको छ ।

धनकुटा नगरपालिका ६ आत्माराकी १३ वर्षीया बालिकालाई लामो समयदेखि पटकपटक यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका वडा नंं. ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई जेठ २९ गते जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै यौन शोषण गरेकाले मुद्दा पनि अलग–अलग नै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए ।

चार जनाले धनकुटा वडा नं. ६ कै १३ वर्षीया बालिकालाई लामो समयदेखि यौन शोषण गर्दै आएका थिए । उनको स्वास्थ्य जाँच गर्दा ६ महिनाको गर्भ रहेको रिपोर्ट आएको छ । बालिकालाई अहिले पुनस्र्थापना केन्द्र धनकुटामा राखिएको छ भने प्रहरीले चारै जनालाई जबर्जस्ती करणी महलअन्तर्गत कारवाहीको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । प्रदेश पोर्टलबाट

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ ।

सोही मापदण्डले रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने व्यवस्था गरेको हो । रातिमा हुने हिँडडुलको अनुगमन भने प्रहरीले गर्नेछ ।

त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।

गृहले कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि भनेको छ । अत्यावश्यक कामबहाहेक आफू रहेको आवासरकार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि गृहले भनेको छ । गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।

नेकपा-सीपीसी बैठकः ‘Stop this nonsense’ भन्दै ओली र नेकपामाथि खनिए कमल थापा, बिदेशी लम्पसारबिरुद्ध खोले फायर !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा प्रधानमन्त्री केपी शर्मा ओली माथि खनिएका छन् ।

अध्यक्ष थापाले समाजिक सञ्जाल ट्वीटमार्फत नवऔपनिवेशिक अभ्यास आपत्तिजनक भएको भन्दै प्रधानमन्त्री ओली र नेकपामाथि खनिएका हुन् ।

अध्यक्ष थापाले ट्वीटमा ‘आपत्तिजनक  नवऔपनिवेशिक अभ्यास, अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफु अनुकुलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरुगर्ने होभने नेपालको हालत के होला ? भनेका छन् ।

‘के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?’ बिदेशी लम्पसारबिरुद्ध फायर हुँदै उनले भनेका छन् । ‘Stop this nonsense’

No description available.

अस्तब्यस्त भूराजनीती र भारत-चीन सीमा बिबादबीच चीनसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भर्चुअल बैठक हुन लागेको छ ।

महाकाली सन्धि भन्दा खतरनाक ‘एमसीसी’ पास गराउन ओली र देउवाको गठबन्धन, यस्तो ठुलो अफर पाएपछी प्रचण्ड मख्ख !

काठमाडौं । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन कम्मर कसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिने भएका छन् ।

एमसीसी पास गराउन प्रधानमन्त्री ओलीलाई सभापति देउवाका साथै अन्य अमेरिकी लविङका नेताहरुले पनि साथ दिएको जनाइएको छ । ओलीलाई सभापति देउवा, ग्यानेन्द्र कार्की, बिमलेन्द्र निधी लगायतका अमेरिकी लविङका नेताहरुले पनि साथ दिने भएका उच्च स्रोतले दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुष्प कमल दाहाल (प्रचण्ड)लाई पनि आफ्नो पक्षमा दिएका छन् । अगाडीको मन्त्रीमण्डल पुनः गठनमा पूर्व माओवादी समुहका ४ जना नेतालाई मन्त्री बनाइने ओली र प्रचण्डबीच गोप्य सहमती भएको छ । जस्मा पहिलो नम्बरमा नारायण काजी क्ष्रेष्ठ र जनार्दन शर्माको नाम उललेख छ ।

ओली माधव कुमार नेपाललाई पनि आफुनो पक्षमा लिन कोसिस गरेका थिए । स्रोतका अनुसार माधव कुमार नेपालका तर्फका २ नेतालाई पनि मन्त्री बनाउने प्रस्ताव राखेका थिए । जसमा भिम रावल र वामदेव गैतमको नाम रहेको छ ।

गौतमलाई राष्ट्रियसभा सदस्यसहित उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । त्यसका लागि एमसीसीमा साथ दिन भनेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।तर, गौतमले यसलाई ठाडै अस्वीकार गरेका छन् । उनले आफ्नो ओलीसँग अनगिन्ती असहमति रहेको प्रष्ट पारिसकेका छन् । सचिवालयमार्फत् प्रेस सहयोगीलाई आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा लेख्न लगाएका थिए ।

१० असारमा स्थायी कमिटि बैठक डाकिइसकेको छ । बैठकमा बहुमत सदस्य ओलीको विपक्षमा रहेकाले चुनौती बढ्न सक्छ । एमसीसी यथास्थितिमा पारित गर्न नहुनेमा भारी बहुमत भएकाले ओली अप्ठ्यारोमा छन् ।

वरिष्ठ नेताहरु झलनाथ खनाललाई समेत मनाउन ओलीले प्रयास नगरेका होइनन् । तर, उनीपनि माधवकुमार नेपालकै जस्तो अडानमा छन् । यसरी माहोल पुरै ओलीको चाहना विपरित विकास भइरहेको छ । नेकपाका हेभिवेटहरु ओलीलाई यथास्थितिमा एमसीसी पास गर्न नदिने पक्षमा छन् । यसले अवस्था जटिल बन्ने संकेतहरु देखिनथालेको छ ।

प्रधानमन्त्री ओलीले माधव र प्रचण्ड गुटबाट मनत्री बनाएर एमसीसी पास गराउने प्लान बनाएका थिए । तर, त्यो प्लान पुरा हुन सकेन । एमसीसीलाई लिएर नेकपा भित्रै विवाद रहेको छ भने बाहिरा पनि विरोध भइरहेको छ ।

एमसीसीका धेरै वुदाहरु विवादास्पद रहेको जानकारहरु बताउँछन्  । जस्तै यस कोषको अडिट एमसीसी आफै गर्छ भनिएको छ । संसदबाट पास भएपछि एमसीसीमा नेपालको कानुन चल्दैन । एमसीसीको कुनैपनि परिवर्तण एमसीसीका टीमले नै गर्छ । यसबाट सम्बन्धीत प्रोजेक्टका लागि भारतबाट आदेश दिनुपर्छ र सबै भन्दा खास कुरा एमसीसी ‘ईन्डो विशिष्ट रणनीति’को हिस्सा हो । यसबाट अमेरिकाका आर्मीको ‘वेस’ नेपालमा बन्छ ।

नेकपाकै भिम रावल झलनाथ खनाल, प्रदीप ज्ञवालीले एमसीसीको सबै विवादास्पद बुँदाहरू हटाउन भनेका थिए । तर त्यो अमेरिकी लविङका नेताहरु (देउवा, निधी, ओली, विष्णे पौडेल, युवराज खतिवडा, प्रदिप ज्ञवाली)ले एमसीसी पास गराउन कम्मर कसेका छन् ।

ओली राष्ट्रवादको नाममा जन भावनाबीच एमसीसी पास गराउन खोजीरहेका छन् । यो राष्ट्रघाती एमसीसी महाकाली सन्धीको भन्दा बढी ठुलो खतरनाक (विनाशकारी) हुने जानकारहरुले दावी गरेका छन् ।

बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरीः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले  विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताएका हुन् ।

नेपाल स्काउटको ६९औंँ स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्री ओलीले आह्वान समेत गरेका छन् ।

उनले विपद् व्यवस्थापन कार्यका लागि समेत स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा ‘फस्ट रेस्पोन्डर’को रूपमा परिचालित गरिने बताए । नेपाल स्काउटमा आबद्ध अनुशासित नयाँ पुस्ताका प्रयासले जीवनमय र उर्वर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।

नेपाल कोरोना अपडेटः संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं । देशमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

देशमा शुक्रबार मात्र ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएका छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ।

लुकिछिपी र शक्तिका आडमा आउनेले बढाए उपत्यकामा जोखिम

काठमाडौं । प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।

उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको छ ।

काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

त्यस्तै, भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ । ललितपुरमा फेलापरेका सङ्क्रमितका बारेमा भने जानकारी लिने कार्य भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

उपत्यकामा देखिएका छ सङ्क्रमितमध्ये चार जनालाई उपचार गर्न पाटन अस्पताल र दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ । उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट ।

गण्डकीमा थप २४ जनामा कोरोना, संक्रमित ३४८ पुगे

पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जनामा संक्रमण देखिएको हो ।

उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति रहेका छन् । उनीहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुग्दा २२ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

भारतमा ३ लाख ८१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३४२ जनाको मृत्यु भएको छ भने १३ हजार ८२७ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको ३ लाख ८१ हजार ९१ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख ५ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख ११ हजार ४८६ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।

आज २०७७ असार ५ गते शुक्रबारको राशिफल

मेष :- नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

बृष :- हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

मिथुन :- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

कर्कट :- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।

सिंह :- सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कन्या :- नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला :- आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

बृश्चिक :- कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

धनु :- पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मकर :- पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ :- कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।

मीन :- सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

डडेलधुरा : आरडीटी गरेर घर गएका ४६ जनामा संक्रमण पुष्टि

काठमाडौं ।  डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी)  नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा डडेलधुरामा ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराइएको थियो । तर डडेलधुराका कोभिड १९ का फोकल पर्सन हरि भट्ट भन्छन्, ‘बिहीबार बिहान १० बजेसम्म जिल्लामा ८३ जनामा मात्रै संक्रमण पुष्टि भएको तथ्यांक हामीले पाएका छौं । थप एक जनाबारे अहिलेसम्म हामी कहाँ जानकारी आइपुगेको छैन ।’

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार संक्रमित हुनेमा गन्यापधुरा गाउँपालिकाका तीन महिलासहित ५८, परशुराम नगरपालिकाका तीन महिलासहित २१ र अजयमेरु गाउँपालिकाका ४ जना पुरुष छन् ।

तर परशुराम र गन्यापधुरा नगरपालिकामा संक्रमित यसअघि घर गएको पाइएको छ ।

गन्यापधुराका संक्रमण पुष्टि भएका ५६ मध्ये ४० जना क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । उनीहरुमा कुनै पनि लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो गाइडलाइन अनुसार घर पठाइएको गाउँपालिकाका अध्यक्ष नलबहादुर मल्लले अनलाइनखबरलाई जानकारी दिए । अध्यक्ष मल्लले भने, ‘उनीहरुलाई क्वारेन्टिनबाट घर पठाएको तीन दिनभयो । केही व्यक्ति त आज मात्रै पनि घर गएका थिए । उनीहरुलाई बाटोबाटै फर्किन भनेको छौं ।’

उनीहरु ९ जेठमा भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । पहिलो पटक ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । बाँकी सबैको रिपोर्ट नेगेटिभ आयो । अध्यक्ष मल्लले भने, ‘क्वारेन्टिनमा हेलमेल गरेर बसेका कारण उनीहरुसहित ९४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको थियो । जसमध्ये ५६ जनामा संक्रमण पुष्टि भएको छ ।’

तर उनीहरुमध्ये ४० जना आरडीटी नेगेटिभ आएका कारण घर गइसकेका थिए ।

यस्तै परशुराम नगरपालिकाका २१ जना कोरोना संक्रमितमध्ये ६ जना घर गइसकेको पाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर सिंहका अनुसार क्वारेन्टिनमा भएका मध्ये २५ जनाको २७ र २८ गते आरडीटी गर्दा एक जनाको मात्र पोजेटिभ आयो । ‘नेगेटिभ आएकामध्ये ६ जना घर गए, अरु पीसीआर रिपोर्ट आएपछि मात्र जान्छौं भनेर बसेका थिए’ सिंहले भनेका छन् ।

अजयमेरु गाउँपालिकाका संक्रमित भने क्वारेन्टिनमै छन् ।  गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट भन्छन्, ‘क्वारेन्टिनमा बसेको ११ दिन पुगेपछि उनीहरुको आरडीटी परीक्षण गरिएको थियो । चारै जनामा पोजेटिभ देखिएपछि जेठ २७ गते स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट पोजेटिभ आएको छ ।’

अब उनीहरुलाई डडेलधुरा अस्पताल पठाउने कि स्थानीय तहकै आइसोलेसनमा राख्ने भन्ने छलफल भइरहेको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।अनलाइनखबरबाट

कोरोनाः सरकारविरुद्ध उत्रिएका नेविसंघ पर्साले वीरगञ्ज महानगरका मेयरलाई बुझाए ज्ञापन पत्र

वीरगञ्ज । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको विरोधमा उत्रिएको नेपाल विद्यार्थी संघ पर्साले बिहीबार वीरगञ्ज महानगरका मेयरलाइ ज्ञापन पत्र बुझाएको छ ।

कोरोना विरुद्धको संघर्षमा तीनै तहको सरकारको नेविसंघले विरोध गर्दै आएको छ । लकडाउनका कारण स्कुल कलेज बन्द भई विधार्थीहरुको शैक्षिक भविष्य अनमल भएको बेला गम्भीर रुपमा दृष्टिकोण र आवश्यक कार्ययोजना निमार्ण गर्न वी।रगंज महानगरपालिका असफल भएको महानगरपालिका यस्तो परिस्थितीमा पनि वीरगंज अनियमिता र भ्रष्टाचारमा संलग्न रहेको नेविसंघले ठहर गरेको छ ।

कोभिड–१९ को महामारी रोग नियन्त्रण गर्न यसका अल्पकालिन र दीर्घकालिन नाकारात्मक प्रभाव न्यून गर्न जनताको सरोकार र आवश्यकता विषयलाई सम्बोधन गराउन वीरगंज महानगरपालिकाले अविलम्ब चाल्नुपर्ने कदमहरु समेट्दै नेविसंघ ठा.रा.ब. इकाई समितिले महानगरलाइ ज्ञापन पत्र बुझाएको जनाएको छ ।

No description available.

नेविसंघको ज्ञापन पत्रमा वीरगंज महानगरपालिकाले सार्वजनिक रुपमै नागरिक सित चन्दा उठाई खरिद पि।सि।आर टेस्ट मेशिन आम्दानी खर्च प्रक्रिया पार्दशित गरियोस, ठाकुर राम बहुमुखी क्याम्पस लगायत वीरगंजमा रहेका सम्पूर्ण विद्यालयहरुको कोरेन्टाइनलाई मानवीय मापदण्ड अनुसार व्यवस्थित गरियोस, ठाकुर राम बहुमुखी क्याम्पस लगायत महानगरमा रहेको सम्पूर्ण विद्यालयहरु जो कोरेन्टाइनको रुपमा प्रयोग भै सकेका छन् वा प्रयोगमा छन् ।

त्यसको सम्पूर्ण विजुलीको भुक्तानी शौचालय सरसफाई तथा सेन्टिाइज गर्ने कार्य यथासिघ्र गरियोस, वीरगंज महानगरपालिकामा रहेका घरहरुको लाग्ने घरभाडाको टि।डि।एस। नेपाल सरकारको मापदण्ड अनुसार माफ गरियोस् । वीरगंज महानगरपालिकाले लिने व्यवसायिक कर माफ गरियोस्, वीरगंज महानगरपालिकाको हरेक वार्डहरुको फोहोर व्यवस्थापन यथासिघ्र गरियोस लगायतका मागहरु समेट्दै मेयरलाइ ज्ञापन पत्र बुझाएको हो ।

नेविसंघका ठाराब इकाइ अध्यक्ष मनोज साह, युवा नेता धिरज गुप्ता, राहुल शर्मा, अंजन गुप्ता, भुपेन्द्र यादव, राजा गुप्ता लगायतकाको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको छ ।

No description available.

No description available.

पर्सामा ८ जना कोरोना संक्रमित उपचारपछि घर फर्के

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकबाट कोरोना जितेर ८ जना घर फर्केका छन् ।

कोभिड अस्थायी अस्पतालबाट बिहिबार पर्साका ७ र रौतहटका १ गरी ८ जना उपचार पश्चात घर फर्केको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले बताए ।

डिस्चार्ज हुनेमा पर्साको कालीकामाई गाउँपालिकाका वडा नम्बर २ का ४०, ३०, ४५ र १६ बर्षका ४ जना पुरुष, धोविनी गाउँपालिकाको गुलरिया गाउँका ३३ बर्षिय एकजना पुरुष, जिल्लाकै सखुवई जमुनिया गाउँका २५ बर्षिय एकजना पुरुष र वीरगन्ज १७ सिर्सिया गाउँका १५ बर्षिय महिला र रौतहट राजदेवी नगरपालिका पथरी गाउँकी ३६ बर्षिय महिला रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि जेष्ठ २१ गते पर्साका र २२ गते रौतहटका लाई कोभिड अस्पतालको आईसोलेशन वार्डमा ल्याएर भर्ना गराईएको थियो । अस्पतालमा राखिएपछिको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएका ८ जनालाई डिस्चार्ज गरेर घर पठाईएको डा. सिंहले बताए ।

८ जना डिस्चार्ज भएपछि गण्डक स्थित कोबिड अस्थायी अस्पतालमा ७ जना महिला सहित ४२ जना मात्रै संक्रमित रहेका छन् । तीमध्ये पर्साका ४० र रौतहटका २ जना रहेको डा. सिंहले जानकारी दिए ।

पर्सामा हालसम्म ५ हजार ५ सय १५ जनाको पीसीआरको लागि स्वाब संकलन भईसकेको छ । जसमध्ये ५ हजार ४५ जनाको रिपोर्ट आईसकेको छ । अहिले ४ सय ७० जनाको रिपोर्ट आउँन बाकी छ । अहिले सम्म २३ महिला सहित १५२ जनामा कोरोना संक्रमणको पुष्टि भईसकेको छ ।

भारतमा एकैदिनमा कोरोना भाइरसबाट १२ हजार ८८१ संक्रमित

एजेन्सी । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ३३४ रहेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या १२ हजार २३७ पुगेको छ ।

भारतमा प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १६ हजार ७५२ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कुल ५१ हजार ९३५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५९ हजार १६६ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ५० हजार १९३ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४७ हजार १०२ जना सङ्क्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।