महाकाली सन्धि भन्दा खतरनाक ‘एमसीसी’ पास गराउन ओली र देउवाको गठबन्धन, यस्तो ठुलो अफर पाएपछी प्रचण्ड मख्ख !
५ असार २०७७, शुक्रबार १७:५९
काठमाडौं । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन कम्मर कसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिने भएका छन् ।
एमसीसी पास गराउन प्रधानमन्त्री ओलीलाई सभापति देउवाका साथै अन्य अमेरिकी लविङका नेताहरुले पनि साथ दिएको जनाइएको छ । ओलीलाई सभापति देउवा, ग्यानेन्द्र कार्की, बिमलेन्द्र निधी लगायतका अमेरिकी लविङका नेताहरुले पनि साथ दिने भएका उच्च स्रोतले दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले पुष्प कमल दाहाल (प्रचण्ड)लाई पनि आफ्नो पक्षमा दिएका छन् । अगाडीको मन्त्रीमण्डल पुनः गठनमा पूर्व माओवादी समुहका ४ जना नेतालाई मन्त्री बनाइने ओली र प्रचण्डबीच गोप्य सहमती भएको छ । जस्मा पहिलो नम्बरमा नारायण काजी क्ष्रेष्ठ र जनार्दन शर्माको नाम उललेख छ ।
ओली माधव कुमार नेपाललाई पनि आफुनो पक्षमा लिन कोसिस गरेका थिए । स्रोतका अनुसार माधव कुमार नेपालका तर्फका २ नेतालाई पनि मन्त्री बनाउने प्रस्ताव राखेका थिए । जसमा भिम रावल र वामदेव गैतमको नाम रहेको छ ।
गौतमलाई राष्ट्रियसभा सदस्यसहित उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । त्यसका लागि एमसीसीमा साथ दिन भनेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।तर, गौतमले यसलाई ठाडै अस्वीकार गरेका छन् । उनले आफ्नो ओलीसँग अनगिन्ती असहमति रहेको प्रष्ट पारिसकेका छन् । सचिवालयमार्फत् प्रेस सहयोगीलाई आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा लेख्न लगाएका थिए ।
१० असारमा स्थायी कमिटि बैठक डाकिइसकेको छ । बैठकमा बहुमत सदस्य ओलीको विपक्षमा रहेकाले चुनौती बढ्न सक्छ । एमसीसी यथास्थितिमा पारित गर्न नहुनेमा भारी बहुमत भएकाले ओली अप्ठ्यारोमा छन् ।
वरिष्ठ नेताहरु झलनाथ खनाललाई समेत मनाउन ओलीले प्रयास नगरेका होइनन् । तर, उनीपनि माधवकुमार नेपालकै जस्तो अडानमा छन् । यसरी माहोल पुरै ओलीको चाहना विपरित विकास भइरहेको छ । नेकपाका हेभिवेटहरु ओलीलाई यथास्थितिमा एमसीसी पास गर्न नदिने पक्षमा छन् । यसले अवस्था जटिल बन्ने संकेतहरु देखिनथालेको छ ।
प्रधानमन्त्री ओलीले माधव र प्रचण्ड गुटबाट मनत्री बनाएर एमसीसी पास गराउने प्लान बनाएका थिए । तर, त्यो प्लान पुरा हुन सकेन । एमसीसीलाई लिएर नेकपा भित्रै विवाद रहेको छ भने बाहिरा पनि विरोध भइरहेको छ ।
एमसीसीका धेरै वुदाहरु विवादास्पद रहेको जानकारहरु बताउँछन् । जस्तै यस कोषको अडिट एमसीसी आफै गर्छ भनिएको छ । संसदबाट पास भएपछि एमसीसीमा नेपालको कानुन चल्दैन । एमसीसीको कुनैपनि परिवर्तण एमसीसीका टीमले नै गर्छ । यसबाट सम्बन्धीत प्रोजेक्टका लागि भारतबाट आदेश दिनुपर्छ र सबै भन्दा खास कुरा एमसीसी ‘ईन्डो विशिष्ट रणनीति’को हिस्सा हो । यसबाट अमेरिकाका आर्मीको ‘वेस’ नेपालमा बन्छ ।
नेकपाकै भिम रावल झलनाथ खनाल, प्रदीप ज्ञवालीले एमसीसीको सबै विवादास्पद बुँदाहरू हटाउन भनेका थिए । तर त्यो अमेरिकी लविङका नेताहरु (देउवा, निधी, ओली, विष्णे पौडेल, युवराज खतिवडा, प्रदिप ज्ञवाली)ले एमसीसी पास गराउन कम्मर कसेका छन् ।
ओली राष्ट्रवादको नाममा जन भावनाबीच एमसीसी पास गराउन खोजीरहेका छन् । यो राष्ट्रघाती एमसीसी महाकाली सन्धीको भन्दा बढी ठुलो खतरनाक (विनाशकारी) हुने जानकारहरुले दावी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया