६ असार २०७७, शनिबार १९:३८ – Page 6 – Nagarikabhiyan : National News

सुनसरीका पालिकाहरु वार्षिक बजेट नीति तथा कार्यक्रम ल्याउने तयारीमा

इनरुवा ।   सुनसरीको विभिन्न नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाहरु आफ्नो अगामी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको छ ।

संवैधानिक व्यवस्था अनुसार कोरोनाको कहरका बीच समेत वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले बताउनुभयो । न्यौपानेले पालिकाको गाउँ सभाबाट वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने भएकाले त्यसको तयारी स्वरुप प्रत्येक वडामा ५० लाखको बजेट सिलिगं दिएर योजना माग गरेर वडाहरुबाट काम सुरु भएको जानकारी दिनुभयो ।

देवानगञ्जले करिव ३३ करोडको हाराहारीमा बजेट ल्याउने तयारीमा जुटेको न्यौपानेले जानकारी दिनुभयो । पालिकाका अध्यक्ष लालीप्रसाद मेहताले सीमावर्ती क्षेत्रको गाउँ भएकाले विकाससगैं यसपालीको बजेट कृषि र स्वास्थ्य मुखी हुने बताउनुभयो । वहाँले वडाहरुबाट आवश्यकताका आधारमा योजनाहरु वडा अध्यक्षहरुले ल्याउने क्रममा रहेको र प्राथमिकताका आधारमा काम हुने गरी संवैधानिक व्यवस्था अनुसार बजेट,नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

उता हरिनगर गाउँपालिकाले समेत आफ्नो गाउँ सभाबाट वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने अन्तिम तयारीमा जुटेको अध्यक्ष गफार अंसारी मियाँले जानकारी दिनुभयो । अन्सारीले स्वास्थ्य सुरक्षा, कृषि, शिक्षा र स्वरोजगारमुखी बजेट ल्याउने प्रयासमा जुटेको बताउनुभयो ।

त्यसैगरी कोशी गाउँपालिकाले समेत संवैधानिक व्यवस्था अनुसार असार १० गते आफ्नो वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको अध्यक्ष ऐयुव अंसारीले बताउनुभयो । कोशीका ८ वटै वडाबाट आएका योजनाहरु सहित पालिका र संघीय तथा प्रदेशबाट सम्पन्न गर्ने योजनाहरुको छनौट गरि आफ्नो गाउँ सभाबाट वार्षिक बजेट नीति, कार्यक्रम ल्याउने तयारीमा जुटेको अंसारीले जानकारी दिनुभयो ।

कोशीमा करिव ३१ करोड १० लाखको हाराहारीमा बजेट ल्याउने तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले जानकारी दिनुभयो । उता सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपािलका, दुहवी नगरपािलका, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, वर्जु, गढी सहितका ६ वटा गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपालिका गरि १२ पालिकाहरु वजेटको तयारीमा जुटेको जनाएको छ ।

यसैबीच सनिबार इटहरी उपमहानगरले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमका बारेमा सुझाव सङ्कलन गरेको छ । बजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग छलफल गरी सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाति,पिछडा वर्ग,दलित समुदाय,महिला सञ्जाल सँग छलफल गरी सुझाव सङ्कलन गरिएको छ ।

यसैगरी एकल महिला, अपाङ्गता भएकाहरू,कलाकार,साहित्यकार,पत्रकार,युवा उद्यमीहरूको सुझाव लिइएको छ । आगामी आर्थिक वर्षको बजेटमा क्षमता अभिवृद्धि भन्दा पनि उत्पादन र आयआर्जनसँग जोडने खालका कार्यक्रमहरूलाई उपमहानगरले प्राथमिकता दिने भएको छ । त्यस्ता के के कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण सुझावहरू प्राप्त भएको उपमेयर गौतमले बताउनुभयो ।

कोशीटप्पु सिमसारमा सफाईको काम सुरु

इनरुवा ।  कोशीटप्पु बन्यजन्तु आरक्षमा पर्यटक भित्रियाउने सम्भावना बोकेको सिमसार क्षेत्रको संरक्षण गर्न सफाईको काम सुरु गरिएको छ । मध्यवर्ती तथा सिमसार क्षेत्रमा पर्ने पूर्वी तटबन्धको छेउमा जलकुम्भीको कारणले सुक्ने अवस्थामा पुगेको र ओझेलमा परेको सिमसार सरसफाईमा सुनसरीको कोशी गाउँपालिकाको कार्यालयले ध्यान दिएको हो ।

जिल्लाको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, मधुवन देखी कोशी गाउँपालिकाको पश्चिम कुशाहा, श्रीपुर र हरीपुरसम्मको सीमसार क्षेत्र मध्ये कोशी गाउँपालिका ३ नम्बर वडा क्षेत्रमा पर्ने सीमसारको सरसफाई थालेको गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाईको काम गरिएको अंसारीले बताउनुभयो । आरक्ष प्रशासनले सिमसार संरक्षणमा ध्यान नदिएको र दिनप्रतिदिन सिमसार मासिने , नासिने र सुक्ने क्रम बढेकाले गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाईको काम गरेको वहाँको भनाई छ ।

सिमासर क्षेत्रको अस्तित्व नै संकटमा परेको देखेर गाउँपालिकाले राम्रो कामको सुरुवात स्वरुप एकातिर बेरोजगारहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पनि दिने र अर्कोतिर रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाई गरि पर्यटक भित्रियाउन सहज पार्ने काम गरेको कोशीका स्थानीय ललित यादवले बताउनुभयो ।

सुनसरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पालिकाको वार्ड नम्बर १ स्थित राजापोखरीको क्वारेन्टाइनमा बसेका ३८ र २३ वर्षीय दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका उपाध्यक्ष अनिता देवी शाहले जानकारी दिइन् ।

संक्रमित महिला मध्ये एक जनाको सानो बच्चा पनि सगैं रहेकाले उन ती बच्चाको पिसिआर टेष्टको लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपाध्यक्ष शाहले बताइन् । ति महिलाहरु केहि दिनअघि भारतको बब्बईबाट आएका हुन् । प्रतिष्ठान बाट आएका स्वास्थ्यकर्मीको टोलिले असार २ गते ६ जनाको पिसिआर टेस्ट लगेकोमा चार जनाको रिपोर्ट आउँदा दुईजनामा संक्रमण पुष्टि भएको हो ।

थप दुईजनाको रिपोर्ट आएको बाकीँ छ । संक्रमित दुवैजनालाई विराटनगर कोभिड अस्पताल लाने तयारी भईरहेको छ । केही दिन अघि पनि उक्त पालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालको संविधानसँग बाझिने सहायता अस्वीकार्य : दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानसँग बाझिने र सुरक्षा स्वार्थ जोडिएको विदेशी सहयोग एवं सहायता नेपालले अस्वीकार गर्ने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय पार्टी स्कुल विभागको संयुक्त आयोजनमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गरिने उनले स्पष्ट गरेका छन् ।

‘नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छन्’ दाहालले भने, ‘नेपालको संविधान विपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थसँग जोडिएका विदेशी सहयोग स्वीकार गर्दैनौं ।’

नेपालमा पछिल्लो समय अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने की नगर्ने भन्ने बारेमा चर्को बहस हुँदै गर्दा अध्यक्ष दाहालले चिनिया कम्युनिष्ट पार्टीका नेतासँग यस्तो खुलासा गरेका हुन् । स्पष्ट भाषामा अध्यक्ष दाहालले एमसीसी अस्वीकार गरेको उल्लेख गरेका छन् ।

‘नेपालको सार्वभौम स्वतन्त्रता र गैरहस्ताक्षरित नीतिलाई सम्मान गर्ने मित्र देशहरूको कुनै पनि विकास समर्थनलाई स्वागत गरिनेछ । संविधानविरुद्धका सुरक्षासहित संलग्न कुनै पनि प्रकारको सहयोग स्वीकार गर्न सकिदैन’ दाहालले भनेका छन् ।

तर, अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नेपालले हस्ताक्षर गरेपछि दुई देशका विभिन्न तहमा भइरहेको सहकार्यप्रति खुसी व्यक्त गरेका छन् ।

चिनियाँ जनताको एकता, दृढता, त्याग, समर्पण र मानवअधिकारको अदृश्य रोगविरूद्धको युद्धमा चीनको कम्युनिष्ट पार्टीले निर्देशित गरेको अनुकरणीय प्रदर्शनको दाहालले प्रशंसा गरेका छन् ।

नेकपा चीनको कम्युनिष्ट पार्टीसँग मिलेर साझा विकास, समृद्धि, शान्ति र सद्भावको लागि काम गर्न तयार रहेको उनले बताए ।

अध्यक्ष दाहालले अहिलेको विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संकट समाधान भएपछि चीन भ्रमण गर्ने बताएका छन् ।

उनले गत डिसेम्बर महिनामा आफू नेकपाका केन्द्रीय सदस्यहरुको एउटा डेलिगेसनलाई नेतृत्व गर्दै आउने तयारीमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थगित गर्नुपरेको उल्लेख गरेका छन् ।

अनुकुल समयमा आफू चीन भ्रमणमा आउँने प्रतिबद्धता दाहालले चिनिया कम्युनिष्ट पार्टीका नेताहरुसंग गरेका छन् ।

रुखको एउटै हाँगामा देवर, भाउजु झुन्डिएको अवस्थामा फेला

इलाम । इलामको माङसेबुङ गाँउपालिका-६ मा रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा देवर-भाउजुको शव भेटिएको छ ।

मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहानै बेपत्ता देवर-भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिब ७०० मिटर टाढा रुखको हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए ।

जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेको र शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगिएको छ ।

घटना हेर्दा शंकास्पद देखिएको प्रहरी निरीक्षक तेलीले बताए । थप विवरण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने पनि उनले बताए ।

लगातार पानी पर्दा दाङको देउखुरी जलमग्न

दाङ । अविरल वर्षाका कारण दाङ देउखुरीको अधिकांश ठाउँ जलमग्न भएको छ ।

पानीको निकास नहुँदा अधिकांश ठाउँ जलमग्न भएको हो । गढवा गाउँपालिका वडा नं.५ को बोधिपुर लगाएत त्यस आसपासको गाउँ जलमग्न भएको छ ।

एक दिन अघि धान रोपेका किसान शनिबार परेको पानीले समस्यामा परेका छन् । पानीले कसैलाई खुशी बनाएको छ भने, कसैलाई दुःखी बनाएको छ ।

पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा चेतावनीको घण्टी बजेको छ ।

चेतावनी साइरन बजाएर नदी तटिय र जोखिममा रहेका समुदायमा सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले बताए ।

लकडाउन गर्ने अधिकार अब प्रदेशलाई

काठमाडौं । प्रदेश सरकारले जनसंख्याको अनुपात र कोरोना भाइरस संक्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुने गरी पूर्ण बन्दाबन्दी गर्न सक्ने भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड-१९ संकट व्यवस्थान केन्द्रको सिफारिस अनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्न सक्ने निर्णय गरेको हो ।

सीसीएमसीद्वारा जारी विज्ञप्ति अनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकार मार्फत विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णयसमेत बैठकले गरेको छ ।

कसले सुन्ने चित्कार, क्वारेन्टाइनमै बलात्कार यही हो दश अर्बको चमत्कार?

काठमाडौं । सरकारको काम कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा काठमाडौँमा युवाहरू प्रदर्शनमा उत्रिएका छन् । विभिन्न क्षेत्रमा भ्रष्टाचार र अनियमितता भएको भन्दै सरकारलाई खबरदारी गर्ने हेतुले उनीहरू सडकमा उत्रिएका छन् ।

केही साता अघि इनफ इज इनफ भन्दै सडकमा आएका युवाहरू फरक शैलीबाट प्रदर्शन गरिरहेका छन् । आज शनिबार शहिद गेटमा सुतेर सरकारको विरोध गरेका हुन् ।

‘भ्रष्टचारी र बलात्कारी चिल्लो गाडीमा युवाजति साउदीको खाडीमा, कसले सुन्ने चित्कार, क्वारेन्टाइनमै बलात्कार यही हो अर्बको चमत्कार ??’ जस्ता नार लेखिएको प्ले कार्ड उनीहरूले बोकेका थिए ।

साथै उनीहरूले कोरोना नियन्त्रण र उपचारमा भएको सबै खर्चको हिसाब पनि मागका छन् । आरडिटी बन्द गनुपर्ने र सबैलाई पीसीआर परीक्षणको दायरामा ल्याउनु पर्ने उनीहरूको माग छ ।

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ।

कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदबाट गत जेठ २८ गते २०७६ को एसइईको परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ। उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ।

मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्यक नपर्ने शिक्षाविज्ञले आवाज उठाउँदै आएका थिए। सरकारले सङ्घीय शिक्षा ऐन जारी नभएको र बोर्डको प्रदेशस्तरमा संरचना तयार नभएकाले कक्षा १० को एसइईलाई निरन्तरता दिइ राष्ट्रियस्तरमा सञ्चालन गर्दै आएको थियो।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पनि कक्षा १० को एसइई परीक्षालाई राष्ट्रियस्तरमा गरिरहन नपर्ने गरी प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइसकेको छ।

शिक्षा ऐन, २०२८ ९आठौँ संशोधन०, २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो। बोर्डले कक्षा १० देखि १२ सम्मको परीक्षासम्बन्धी कार्यलाई क्षेत्राधिकार भित्र आबद्ध गर्दै आएको छ। विगतमा प्रवेशिका परीक्षा एसएलसी भनिने सो परीक्षाको थालनी नेपालमा विसं १९९० बाट शुरु भएको हो। बोर्ड मातहत हालसम्म कक्षा १० तथा कक्षा ११ र १२ का लागि अलगअलग परीक्षा नियन्त्रण कार्यालय सञ्चालित छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन तर्जुमाका लागि हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेकाले सो नयाँ ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा नयाँ व्यवस्थापन हुने बताए।

गत चैत ६ गतेदेखि एसइई सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भएकामा कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थगित भएको थियो।

शिक्षा मन्त्रालयले परीक्षाका विकल्पबारे सुझाव दिन बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो भने उक्त सुझावलाई मन्त्रिपरिषद्मा पेश गर्नुपूर्व सहसचिव दीपक शर्मा संयोजक रहेको कार्यदल गठन गरेको थियो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विद्यालय तहको अन्त्यमा लिइने परीक्षा कक्षा १२ लाई उपयुक्त नाम दिई राष्ट्रिय परीक्षा बोर्डबाट केन्द्रीय तहको व्यवस्थापन सञ्चालन र प्रमाणीकरण गर्ने  र हालसम्म प्रचलनमा रहेको कक्षा कक्षा १० को अन्त्यमा लिइने परीक्षालाई एसइईका नामबाट नै प्रदेश तहबाट व्यवस्थापन, सञ्चालन र प्रमाणीकरण गर्ने गराउन उपयुक्त हुने बताउद्नुदछन्।

बोर्ड मातहतको कक्षा १० का परीक्षा नियन्त्रक तथा सुझाव कार्यदलका सदस्य रामराजा खकुलरेलले कोरोना महामारीका कारण गत वर्षको एसइई परीक्षा पूर्व निर्धारित केन्द्रमा सञ्चालन गर्न सम्भव नहुने भएकाले सरकारको निर्णयबमोजिम सम्बन्धित विद्यालयले लिएको वार्षिक परीक्षाका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ग्रेड निर्धारण गरी लब्धाङ्कपत्र दिने विधि तयारी भइरहेको जानकारी दिए।

शिक्षा ऐन २०२८ को आठौँ संशोधनमा ‘माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुनेछ तर आधारभूत तहको परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुने’ उल्लेख छ।

कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा र आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्लास्तरमा सञ्चालन गरिने र परीक्षा सञ्चालनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने भनिएको छ।

शिक्षा अधिकारकर्मी एवं लुः निभा बाल सरोकार समूहका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले माध्यमिक शिक्षाको अन्तिम परीक्षा कक्षा १२ लाई मान्यता दिने भएकाले कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिँदा विद्यार्थीलाई परीक्षाका कारण मनोवैज्ञानिक त्रास हुने बताए।

गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगित भएका हुन्।

गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए।

गत चैत ८ गतेदेखि हुने भनिएको कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो। कक्षा ११ र १२ को परीक्षाका बारेमा सरकारले चाँडै निर्णय गर्ने जनाइएको छ।

भारतमा एकै दिन १४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३६६ जनाको मृत्यु भएको छ भने १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको ३ लाख ९५ हजार ८१२ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख १४ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो

काठमाडौँ । काठमाडौंको डिल्लीबजार चारखालस्थित कारागारको पुरानो भवन भत्किएको छ । शुक्रबार साँझ डिल्लीबजार कारागारको मुख्य भवन छिर्ने गेटसँगै रहेको पुरानो भवन भत्किएको हो ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त कारागारको पुरानो भवन केही दिनदेखि परेको वर्षाका कारण भत्किएको प्रहरीले बताएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

भवन भत्किँदा केहीबेर सडक अवरुद्ध भएको र एक्स्काभेटर प्रयोग गरी बाटो खुलाइएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।कान्तिपुर दैनिकबाट

विमानस्थलमा खुुसी र दुुःखका आँसुु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा केही दिनयता सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै खुुसी र दुुःखका आँसुु बगिरहेका हुन्छन् । आफन्त आउँदा खुुसी हुुने र कतिपयको विदेशमै निधन भई शव आउँदा भावविह्वलको वातावरण देखिन्छ । शुक्रबार पनि यस्तै देखियो ।

विदेशमा रहेका नेपाली नागरिकको उद्धार सुुरु गरिएसँंगै विमानस्थलको आगमन कक्षमा स्वदेश फर्किदाको खुसी साट्नेहरू देखिएका हुन्छन् । विदेशमा रहेका आफन्त फर्र्किएपछि सरकारलाई धन्यवाद दिँदै खुसी आदानप्रदान गरेको पाइन्छ । यो खुसीलाई स्तब्ध पार्ने गरी आफन्तको शव आउँदा निराश वातावरण हुन्छ । आँसुुको धारा बन्ने गर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका अनुसार शुक्रबार कतारबाट २०, कुवेतबाट दुई र अन्य मुलुकबाट दुई गरी २४ वटा शव ल्याइएको छ । आफन्तको शव बुझ्न गएकाहरू रुँदै गरेको अवस्थामा भेटिन्छन् ।

रुपन्देही देवदहका यमबहादुर थापाको शव बुझ्न विमानस्थल पुगेका आफन्तहरूको रुँदै गरेको अवस्थामा भेटिएका थिए । थापाको शव उहाँकी श्रीमती उमा थापाले बुझ्नुभएको थियो । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुुसार सुर्खेतका नरबहादुर कामीको बन्दाबन्दीकै क्रममा वैशाख १८ गते कतारमा मृत्यु भएको थियो । उहाँको शव बोर्डले नै गृह जिल्ला सुर्खेत पु¥याइदिएको हो । केहीको भने पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको छ । विमानस्थलमा खटिनुभएका बोर्डका प्रतिनिधि हीरालाल ढकालले उद्धार कार्य सुरु गरेसँंगै २७ जनाको शव नेपाल ल्याइएको जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरूलाई नेपाली सेनाले काठमाडौँ उपत्यकाको विभिन्न होल्डिङ सेन्टर तथा क्वारेन्टाइनमा राखी व्यक्तिगत विवरण तथा स्वास्थ्य परीक्षण गरी प्रदेश सरकारको जिम्मा लगाउने गरेको छ ।

सरकारले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका नेपाली नागरिक ल्याउन सुरु गरेसँंगै शवसमेत ल्याउन थालिएको हो । खाडी मुलुकबाट उद्धार गरिएका धेरैजसो महिलासँग श्रम स्वीकृत गरी वैदेशिक रोजगारीमा गएको कागजपत्र छैन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यका अनुसार, अवैध बाटो प्रयोग गरी विदेश गएका कारण उहाँहरूसँंग श्रम स्वीकृतको कागज नभेटिएको हो ।

उद्धार गरिएका महिलासँगै नौवटा शिशु र ९७ जना गर्र्भवती महिला स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार विभिन्न १३ मुलुकबाट एक हजार सात सयभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् ।  आजको गोरखापत्र दैनिकबाट ।

भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीच लामो समयदेखि हुन नसकिरहेको वार्ताको ढोका भारतले खोल्नुपर्ने बताएका छन् ।

नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न कठिन छ भन्ने आफूलाई नलागेको भन्दै उनले असल नियतका साथ वार्ताको टेबुलमा बस्दा जटिल समस्याहरूको समाधान भइरहेका उदाहरण छन् भने । परराष्ट्रमन्त्री ज्ञवालीले गोरखापत्रसँगको विशेष कुराकानीमा वार्ताका लागि सरकारले भारतलाई विभिन्न समयमा पत्र पठाएको र भारतको तर्फबाट सार्थक जवाफको प्रतीक्षा गरिरहेको बताएका छन् ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको अद्यावधिक नयाँ नक्सा प्रकाशित गरी त्यसलाई संविधान संशोधनबाट वैधानिकता दिएको वर्तमान अवस्थामा अब सीमा समस्या समाधानका लागि भारतसँगका कुन ढङ्गले पहल भइरहेको छ भन्ने सन्दर्भमा गरिएको कुराकानीमा उनले भने, ‘‘नेपालले आफ्नो अडानलाई स्पष्ट पारेको छ, सिङ्गो राष्ट्रको यो साझा अभिमतलाई भारतीय मित्रहरूले बुझ्नुपर्छ ।’’

नेपाल–भारत सीमा समस्या इतिहासले अधुरो छोडेको दायित्व भएको स्पष्ट पार्दै उनले भने, ‘‘अहिले दुई देशका राजनीतिक नेतृत्वसामु समस्या समाधान गर्ने र एक्काइसौँ शताब्दी अनुरूपको सम्बन्ध विकास गर्ने ऐतिहासिक अवसर आएको छ ।’’ नेपाल–भारत सम्बन्धका अनेकौँ आयाम रहेको र ती घनिष्ट रूपले आबद्ध भएकाले कुनै एउटा मुद्दा विशेषले सम्बन्धको आयामलाई कमजोर पार्दैन र पार्नु हुँदैन भन्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले थपे, ‘‘हामी भारतसँग एउटा घनिष्ट छिमेकीपन, परस्परका संवेदनशीलतालाई बुझ्ने मित्र र सुखदुःखको साथीका रूपमा सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ ।’’ आजको गोरखापत्र दैनिकबाट।

आज २०७७ असार ६ गते शनिबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार ६ गते शनिबार इश्वी सन २०२० जुन २० तारीख आषाढ कृष्णपक्ष चतुर्दशी तिथी पश्चात औंसी तिथी रोहिणी नक्षत्र पश्चात मृगशिरा नक्षत्र शूल योग शकुनि करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा श्रीवत्स योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु दर्शश्राद्ध निशिबार्ने औंसी, विश्व शणनार्थी दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, ट)

भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि (र,रि, रु, रे, रो, ता, ति, तु, ते)

शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

‘हस्ताक्षर गरेकै भरमा बैंकिङ कसूर लगाउनु ठिक भएन’

काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ ।

आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो ।

राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

कर्जा लिनेले बद्मासी गर्ने तर कर्जाको फाइलमा हस्ताक्षर गरेकै भरमा विपक्षी बनाई मुद्दा चल्दा यसले समग्र बैंकिङ क्षेत्रलाई नै असर गरेको संघले उल्लेख गरेको छ ।

यो समस्या समयमै सम्बोधन नहुने हो भने हाल कार्यरत राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रबाट पलायन हुने तथा नयाँ राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रमा आकर्षित नहुने जोखिम बढेको संघले बताएको छ ।

संघले दिएको सुझावमा भनिएको छ, ‘विगत केही समय देखि बैंकिङ्ग कसूर तथा सजाय सम्बन्धी ऐन अन्तर्गत कसूरकोअनुसन्धान तहकिकातको क्रममा मुलतः कर्जा प्रवाहसंग सम्बन्धित कुनै कागजातमा हस्ताक्षर गरकै आधारमा गुण, दोष नकेलाई सम्पूर्ण कर्मचारीहरुलाई विपक्षी बनाउने चलनले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा असल नियतले काम गर्दा गर्दै पनि अनाहकमा थुनिनुपर्ने तथा लामोकानूनी प्रक्रियामा संलग्न हनुपर्ने त्रास सिर्जना भई दैनिक कार्य संचालन गर्दा लिनु पर्ने निर्णय तथा जोखिम बहन गर्नेक्षमतामा हा्रस आएको तथा सर्वसाधारणको पनि बैंकर प्रति संशय पैदा भई सम्पूर्ण बैंकिङ्ग क्षेत्रमा पर्न सक्ने नकारात्मक असरलाई सम्बोधन गरी बैंकिङ क्षेत्रमा विश्वास बढाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछौं ।’अनलाइनखबरबाट

एप्पल वाचको ५ वर्ष, बिक्री भए ७ करोड स्मार्टवाच

एप्पलले सन् २०१५ को अप्रिलमा पहिलोपटक स्मार्टघडी सार्वजनिक गरेको हो । यो वर्ष एप्पलको स्मार्टघडी एप्पल वाचले पाँच वर्ष पूरा गरेको छ र यसबीचमा कम्पनीले विभिन्न संस्करणका घडी बजारमा ल्याइसकेको छ । पछिल्लोपटक गत सेप्टेम्बरमा एप्पलले पाँचौँ संस्करणको एप्पल वाच ल्याएको थियो, जसले बजारमा व्यापक लोकप्रियता हासिल गरिरहेको छ ।

पछिल्लो आधा दशकमा एप्पलले विश्वको स्मार्टफोन बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ । आगामी ३ महिनाभित्रमा एप्पल वाचको बिक्रीले १० करोडको कोशेढुङ्गा पार गर्ने एक रिपोर्टले देखाएको छ ।

मार्केट एनालिसिल कम्पनी क्यानालिसको रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा पनि एप्पल विश्व स्मार्टवाच बजारमा पहिलो स्थानमै रहन सफल भएको छ । यद्यपि गत वर्षको सो अवधिको भन्दा एप्पल वाचको बिक्रीमा १३ प्रतिशतको गिरावट आयो ।

विश्व स्मार्टवाच बजारमा ३६।३ प्रतिशत हिस्सा ओगटेको एप्पलले सन् २०२० को पहिलो त्रैमासिकमा ५२ लाख गोटा स्मार्टवाच बेच्न सफल भयो ।

साथै यसबीचमा एप्पलको वाच आईओएसका थप ४० लाख सक्रिय प्रयोगकर्ता थपिएका छन् । त्योसँगै एप्पलको वाच आईओएसका प्रयोगकर्ता ७ करोड पुगेका छन् ।

रिपोर्टअनुसार युरोपमा र उत्तर अमेरिकामा चाहिँ एप्पलले आफ्नो स्मार्टवाचको अपेक्षित बिक्री गर्न सकेन । अमेरिकी तथा युरोपेली प्रयोगकर्ताहरुले एप्पल घडीको साटो एयरपड्सलाई आफ्नो अत्यावश्यकीय ग्याजेटका रुपमा खरिद गर्न थालेका कारण ती भूगोलहरुमा एप्पल वाचको बिक्री अपेक्षित हुन नसकेको छ । तर दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा चाहिँ एप्पल वाचले उल्लेख्य रुपमा बिक्री हुन सफल भएको छ ।

रिपोर्टअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा विश्वमा एक करोड ४३ लाख गोडा स्मार्टवाच बिक्री भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । सन् २०१९ को पहिलो त्रैमासिकमा विश्व बजारमा एक करोड २७ लाख गोटा स्मार्टवाच बिक्री भएका थिए ।

यो वर्षको पहिलो त्रैमासिकमा बजार हिस्साको हिसाबले दोश्रो स्थानमा हुवावे परेको छ । हुवावले स्मार्टफोन बजारको १४।९ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै तेश्रो स्थानको सामसुङ र चौथो स्थानको गार्मिनले पहिलो त्रैमासिकमा गत वर्षको सोही अवधिको भन्दा क्रमशः ४६ र ३९ प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएका छन् । यी दुई ब्राण्डले युरोप र उत्तर अमेरिकी बजारमा राम्रो प्रदर्शन गर्न सफल भए ।

लोकप्रियताको पाँचौ स्थानमा गुगल स्वामित्वको फिटबिट रहेको छ । फिटबिटले पहिलो त्रैमासिकमा ९ लाख स्मार्टवाच बेच्न सफल भएको छ । जुन कुल बजार हिस्सा ६।२ प्रतिशत हो ।

एजेन्सी