लगातार पानी पर्दा दाङको देउखुरी जलमग्न – Nagarikabhiyan : National News

लगातार पानी पर्दा दाङको देउखुरी जलमग्न

दाङ । अविरल वर्षाका कारण दाङ देउखुरीको अधिकांश ठाउँ जलमग्न भएको छ ।

पानीको निकास नहुँदा अधिकांश ठाउँ जलमग्न भएको हो । गढवा गाउँपालिका वडा नं.५ को बोधिपुर लगाएत त्यस आसपासको गाउँ जलमग्न भएको छ ।

एक दिन अघि धान रोपेका किसान शनिबार परेको पानीले समस्यामा परेका छन् । पानीले कसैलाई खुशी बनाएको छ भने, कसैलाई दुःखी बनाएको छ ।

पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा चेतावनीको घण्टी बजेको छ ।

चेतावनी साइरन बजाएर नदी तटिय र जोखिममा रहेका समुदायमा सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले बताए ।