९ असार २०७७, मंगलवार १६:२१ – Page 5 – Nagarikabhiyan : National News

हाछ्युँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै पन्थले यस्तो बताएका हुन् । बैठकमा उनले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्‍न समेत गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीका सल्लाहकारहरूले उनलाई भ्रममा पारेको बताए । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरूले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको उनको भनाई छ ।

उनले ‘कसले झुटो कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पारे ? पुष्टि नभएका खबर कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाँच्छ्यु साँच्छ्यु गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।

कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु

दैलेख । कोरोना भाइरस पोजिटिभ देखिएका दुल्लु नगरपालिकाका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काले दिएको जानकारी अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनको सोमबार राती साढे ९ बजे मृत्यु भएको हो ।

खड्काका अनुसार उनी क्षयरोगबाट थलिएका थिए । अस्पतालमा भर्ना गरिसकेपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको निर्देशक डा.खड्काले जनाए ।

क्षयरोगका बिरामी समेत रहेका ती व्यक्तिलाई दैलेखको दुल्लुबाट जेठ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।

चिनियाँले नेकपाका नेताहरुलाई प्रशिक्षण दिएकोमा कांग्रेसका सांसद रिजालको आपत्ति

काठमाडौं । चिनियाँ कम्युनिस्ट नेताहरुले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई प्रशिक्षण दिएकोमा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका सांसद डा. रिजालले चिनियाँ कम्युनिस्ट नेताहरुले नेकपाका नेताहरुलाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाएका हुन् ।

उनले ‘कूटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सीमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल र नेताहरु विगतमा आलोचित रहे ।’ भनेका छन् ।

उनले थपे ‘आगतमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।’

मौसमः मनसुन झन सक्रिय, भारी वर्षाको संभावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

आज २०७७ आषाढ ९ गते मंगलवारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । अप्रिय खबरको श्रबणले मन चिन्तीत रहनेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभासम्मेलनमा सहभागीताको योग रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । खानपानका कारण स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । स्वास्थ सम्बन्धि सामान्य समस्याले भने सताउनेछ । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । अधुरो यात्रा रहने योग रहेकोछ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

प्रदेश २ मा थपिए १२८ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । सोमबार प्रदेश २ मा १२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश २ मा सोमबार १४ महिलासहित ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सर्लाहीमा ४७, रौतहट ३४, सिराहा २३, सप्तरीमा १३, धनुषामा १० र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय प्रयोगशालासहित तीन वटा ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सर्लाहीमा संक्रमण पुष्टि भएका मध्ये ईश्वपुरका ३२ जना छन् ।

नागरिकता विधेयकले सिमा रक्षकलाई अपमानीत बनायोः राजेन्द्र महतो

काठमाडौं। समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोले सिमा रक्षकलाई अपमानीत बनाएको बताएका छन् ।

नेता महतोले नागरिकता सम्वन्धी नयाँ व्यवस्थाले सिमा रक्षकलाई अपमानीत बनाएको बताएका बताएका हुन् । उनले भने ‘जस्ले भारतसँग मिलेर वा लडेर सिमानाको रक्षा गरेका छन् उनीहरुलाई नै अपमानीत गर्नेगरी संसदीय समितिबाट नागरिकता सम्वन्धी विधेयक पारित भएको छ ।’

काठमाडौमा बसेर सिमानाका जनताको भावना बुझ्न सकिनदैन भन्दै नेता महतोले जस्ले भारतसँग लडेर सिमा रक्षा गरेका छन्, उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने बेलामा नेकपाले निराश बनाएको बताए। नेता महतोले समितिले बहुमतका आधारमा विधेयक पारित गराउदा नेकपाले जिते पनि नेपाल, नेपाली र मधेशले हारेको बताए।

उनले आफुहरुलाई अपमानीत गरिएको र पराजित गरिएको ठानेर तराईमा स्वतः स्फुर्त आन्दोलन सुरु भइसकेको पनि जानकारी दिए ।

मधेसी र इन्डियनका लागि छुट्टै ‘रेजिमेन्ट’ बनाउनुपर्छः जसपाका नेता मेहता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता सन्तोष मेहताले मधेसी र इन्डियनका लागि छुट्टै रेजिमेन्ट बनाउनुपर्ने बताएका छन् ।

नेता मेहताले समाजिक सञ्जाल फेसबुकमार्फत भारतमा गोर्खालि (नेपालि, भारतीय समेत) रेजिमेन्ट झै नेपालमा पनि मधेसी र इन्डियनको लागि छुट्टै रेजिमेन्ट बनाउनुपर्ने बताएका हुन् ।

जसपाका नेता फेसबुकमा ‘नेपाल, नेपाली, नेपालीभाषी लक्ष्यित नागरिकता लगायत भारतमा भए जस्तै नेपालमा नि गर्नुपर्छ, भन्ने दलिल दिनेहरू उपरोक्त बिषयमा वकालत गरेको सुन्न पाउ ।’ लेखेका छन् ।

उनले निम्न बिषयमा वकालत गरेको सुन्न पाउ भनेका छन्ः

१.भारतमा गोर्खालि (नेपालि,भारतीय समेत) रेजिमेन्ट झै यहाँ नेपालमा पनि मधेसी र इन्डियनको लागि समेत छुट्टै रेजिमेन्ट

२. भारतको संविधानको अनुशुचिमा नेपाली भाषा राष्ट्रिय एव सरकारी कामकाजको भाषा भए झै नेपालमा पनि हिन्दी मैथिलीलाई

३. भारतले १९५० को सन्धि तहत नेपालीलाइ कतिपय सरकारी जागीर समेतमा दिदै आएको सुबिधा जस्तै उनीहरुलाइ नेपालमा पनि

४. भारतले नेपाली चेलिलाइ ७ बर्ष पछि नागरिकता दिन्छ तर तुरुन्तै दिदै आएको राषनरआधार कार्ड जस्तै नेपालमा पनि भारतीय चेलि(नेपाली बुहारी)लाइ सुबिधा 

५. सात बर्ष पछाडि नै नागरिकता पाए पनि भारतमा नेपाली चेली प्रधानमन्त्री/राष्ट्रपति समेत बन्न पाउने तर नेपालमा प्रमुख पदहरुमा प्रतिबन्ध रहेकोले हुनुहुन्न।

No description available.

नेपाल कोरोना अपडेटः थप ५३५ जनामा देखियो कोरोना, संक्रमितको सँख्या ९ हजार ५६१ पुग्यो

काठमाडौं । देशमा थप ५३५ जना कोरोना भाइरस संक्रमित फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशमा थप ५३५ जनामा कोरोना देखिएको हो ।

पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ९ हजार ५६१ पुगेको छ ।

आज २०७७ आषाढ ८ गते सोमवारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 
दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउँने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 

समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । औ’ष’धीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ।

देवानगञ्जमा विकासले गति लियो

देवानगंज ।  सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका क्षेत्रका सडकबाटो निर्माणको कार्यले तिव्रता पाएको छ । गाउँमा हिलो र धुलो सडकहरुमा धमाधम उच्चस्तरीय ग्राभेल र कालोपत्रेको काम सुरु भएको छ । केही स्थानमा काम सम्पन्न भएको छ भने केही ठाउँमा कालोपत्रेको काम सुरु भएको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले जानकारी दिनुभयो ।

मेहताका अनुसार कप्तानगञ्ज नयाँ हटियादेखी पाचोसिम्बरसम्मको बाटो कालोपत्रे भईरहेको छ । वर्षौदेखी हिलो र धुलो रहेको सडक निर्माणको काम भईरहेकोले स्थानीयहरु समेत खुसी भएको वडा अध्यक्ष अनिल कुमार भगतले जानकारी दिनुभयो । देवानगञ्ज गाउँपालिकाको कप्नागञ्ज क्षेत्रमा मात्रै पाँच किलो मिटर बाटो कालो पत्रे र उच्चस्तरीय ग्राभेल गर्ने काम भएको भगतले बताउनुभयो ।
उता देवानगञ्ज गाउँपालिका ७ सिनुवारीमा हिलो हुने दुई वटा बाटोमा आरसिसि ढलान गरिएको छ । आरसीसी ढलान सहितको बाटो निर्माण भएकाले आवतजावतमा सहज भएको राजगञ्ज सिनुवारीका विजल यादवले बताउनुभयो ।

त्यसैगरी भाडामा रहेको देवानगञ्ज गाउँपालिकाको कार्यालय अव एक वर्षमा आफ्नै भवनमा सर्ने गरी देवानगञ्ज गाउँपालिकाको आफ्नै भवन निर्माणको काम सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिनुभयो । देवानगञ्ज गाउँपालिका २ मा सुविधा सम्पन्न, भूकम्प प्रतिरोधी भवन निर्माणको काम सात करोड लगानीमा सुरु भएको न्यौपानेले बताउनुभयो ।

त्यसैगरी देवानगञ्ज गाउँपालिका ४ नम्बर वडा कार्यालय भवन समेत निर्माण अन्तिम चरणमा पुगेको वडा अध्यक्ष चन्देश्वर मेहताले जानकारी दिनुभयो ।

सुनसरीमा छैठौ योग दिवश मनाईयो

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी छैठौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । आईतबार योग दिवसको अवसर पारेर इनरुवामा योगाभ्यास कार्यक्रम तथा योग गरौ निरोगी रहौ सन्देश उल्लेख गरिएको टि सर्ट वितरण गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको आयोजनामा जिल्ला स्तरीय कार्यक्रम गरि योग दिवश मनाईएको हो ।

सम्पन्न भएको सो कार्यत्रममा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी, इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेल, आयुर्वेद स्वास्थ्य प्रमुख डा. सूर्य नारायण मेहता, वरिष्ट कविराज मुकेश कुमार सिंह, करुणा समाजका अध्यक्ष माधव आचार्य, दिनेश पोखरेल, कुमार शर्मा र योग प्रशिक्षक गहेन्द्रचन्द्र ढुगेंल सहितको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि भण्डारीले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँ र घरघरमा गर्न जरुरी रहेको बताउनुभयो । साथै उहाँले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले यसमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । वहाँले सरकारले दिवसको रुपमा मनाउने गरेको र यसलाई घरघरमा पनि लान आवश्यक भएको बताउनुभयो ।

कोरोना कहरको बीचमा शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको र यसलाई अझै प्रचारप्रसार गर्न जरुरी रहेको इनरुवा उपप्रमुख जमुना गौतम पोखरेलले बताउनुभयो । योगले धेरै रोग लाग्नबाट जोगाउने भएकाले संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको वहाँको भनाई छ । उता सदरमुकाम इनरुवामा पत्नजली योग समितिको आयोजानमा सप्ताहव्यापि छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा १ रामानुज आश्रममा सञ्चालित योग साधनामा प्रदेश नं.१ का प्रतिपक्षी दलका नेता तथा सांसद राजीव कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । दिवशसगै दैनिक योग कक्षा सन्चालन हुने योग प्रशिक्षक देवनारायण साहले जानकारी दिनुभयो ।

बबियाका पशु किसानलाई कुटी काट्ने मेसीन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाका किसानलाई कुटी काट्ने मेसीन वितरण गरेको छ ।

वडाका ५० जना किसानलाई ७५ प्रतिशत अनुदानमा कुटी काट्ने मेसीन वितरण गरेको हो । यहाँका गाई र भैसी पालक किसानलाई एक एक थान कुटी काट्ने मेसीन वितरण गरेको वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले जानकारी दिनुभयो ।

मंसुरीका अनुसार अघिल्लो वर्षमा पनि केही किसानलाई कुटी काट्ने मेसीन वितरण गरीएको थियो ।

नागरिकता ऐन संशोधन विधेयकविरुद्ध वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज ।  नागरिकता ऐन संसोधन विद्येयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीका युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनँइ छ । मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्नका लागि संसोधन विद्येयक ल्याएको तर्क उनीहरुको छ ।

‘एउटै विछ्यौनामा ७ वर्षसम्म एउटा नेपाली र अर्को विदेशी नागरिक बनेर सुत्छन् । यो कहाँसम्मको अन्याय हो,’ उनीहरुले भनेका छन् ।

जनता समाजवादी पार्टी वीरगञ्ज महानगर समितिका युवाहरुले वीरगञ्जको घण्टाघरमा आइतबार बिहान प्रदर्शन गरेका थिए । ‘मधेसीमाथि अत्याचार बन्द गर’, ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवा प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागी समाजवादी आवद्ध युवा ईश्वर यादवले नागरिकता ऐन संसोधन विधेयक फिर्ता नभए मधेस आन्दोलनभन्दा ठूलो आन्दोलन हुने बताए ।

‘महिलामाथि अत्याचार गर्न षडयन्त्र भइरहेको छ । निर्मला हत्याकाण्डलगायतलाई लुकाउन नागरिकता ऐन संसोधन विधेयक ल्याइएको हो,’ चेतावनी दिदै उनले भने, ‘अधिकारका लागि मधेस आन्दोलनमा दिएको आहुतीभन्दा पनि अगाडि बढेर हतियार उठाउन सक्छौं ।’

सदियौंदेखि मधेसीमाथि अत्याचार र विभेद भएको र त्यसलाई दबाउन विद्येयक ल्याइएको आरोप उनले लगाए ।

संविधानको धारा ११(६० मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने प्रावधान छ ।

नेपाल नागरिकता ऐन २०६३ मा पनि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्ने उल्लेख छ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्छ ।

ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत मधेस केन्द्रित दलहरू विरोध जनाउँदै आएका छन् ।

भारतीयले नेपालीलाई विवाह गरे नागरिकताको लागि सात वर्ष कुर्नु पर्ने प्रावधान छ । त्यसैले नेपालमा पनि त्यस्तै व्यवस्था गरेको नेकपाका नेताहरूको तर्क छ ।

व्यवस्थापिका संसद्का दुवै सदनमा सत्तारुढ दलको बहुमत छ । यसर्थ नेकपाको निर्णय अनुसार नै विधेयक पारित हुन सक्छ ।

आज २०७७ असार ७ गते आइतबारको राशिफल

मेष

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

बृष

हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

मिथुन

पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

कर्कट

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

सिंह

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

कन्या

कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

तुला

नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

बृश्चिक

आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

धनु

अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।

मकर

पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ

समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।

मीन

पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।

सुनसरीका क्वारेन्टाईनमा बस्नेहरुलाई शक्ति वर्धक आयुर्वेद औषधी

इनरुवा । सुनसरी जिल्लामा रहेको विभिन्न क्वारेन्टाईनमा राखिएको व्यक्तिहरुलाई रोगसंग लड्न सक्ने आयुर्वेद औषधी वितरण गरिएको छ ।

सुनसरीका क्वारेन्टाईनमा बस्नेहरुलाई रोगसंग लड्न सक्ने शक्ति वर्धक आयुर्वेद औषधी वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. सूर्यनारायण मेहताले जानकारी दिनुभयो ।

वहाँका अनुसार जिल्लाको क्वारेन्टाईनमा दुई सता अघि गरिएको अनुगमनमा आएको सुझावका आधारमा क्वारेन्टाईनमा बस्नेहरुलाई शक्ति वर्धक आयुर्वेद औषधी वितरण गरिएको हो ।

मेहताले दिएको जानकारी अनुसार क्षमता, अवस्था तथा भौतिक सुधारका लागि अनुगमन गरिएको र जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीको अध्यक्षतामा रेहको अनुगमन टोलीले जिल्लामा रहेका विभिन्न नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाईनहरुको स्थलगत अनुगमन गरेर औषधी वितरण गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपािलका, दुहवी नगरपािलका, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, वर्जु, गढी सहितका ६ वटा गाउँपालिका र चार नगरपालिका गरि १० पालिकामा रहेका क्वारेन्टाईनमा बस्नेहरुलाई शक्ति वर्धक आयुर्वेद औषधी वितरण गरेको जनाएको छ ।

अनुगमनका क्रममा क्वारेन्टाईनहरुमा खानेपानी, चार पटक खानाको व्यवस्था गरेको, सरसफाई, वाईफाईको सुविधा रहेको भएपनि बसाई सामाजिक दुरी कामय गर्ने गरी नभएको पाइएकाले दिएको सुझावमा समेत सुधार भएको जिल्ला व्यवस्थापन समितिका प्रमुख गोपालराज भण्डारीले बताउनुभयो ।

भण्डारीले जिल्लामा सञ्चालन भएको कोभीट १९ रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य जीवन प्रवद्र्धन कार्यक्रम अन्तरगत पाँच सय जनालाई पुग्ने शक्ती प्रवर्दक औषधी वितरण गरेको जानकारी दिनुभयो ।

वहाँका अनुसार क्वारेन्टाईनमा बस्ने मानिसगैं सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाईकर्मी, भान्सामा काम गर्नेहरुलाई च्यामनप्रास, स्यानिटाईजर, जडिबुटी चिया, गुर्जो काढा, आर्सेनिक एल तेल, अश्वगन्धा चुर्ण र कोरानाबाट बच्ने सन्देश भएको व्यानर सहित शक्ती प्रवर्दक औषधी वितरण गरेको हो ।

शक्ती प्रवर्दक औषधी वितरण कार्यक्रममा जिसस प्रमुख गोपालराज भण्डारी, अचुत भण्डारी, डा.खगेन्द्र ओली, स्वास्थ्य जीवन प्रवद्र्धन कार्यक्रम जिल्ला समिति सदस्य सचिव तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. सूर्यनारायाण मेहता, बरिष्ठ कविराज मुकेश कुमार सिंह, स्वास्थ्य जिवन प्रवद्र्धन समितिको निर्देशक समितिका सदस्य निर्मल बराल र पत्रकार जयकृष्ण यादव लगायतको उपस्थिति रहेको थियो ।

समितिले बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, इनरुवा नगरपािलकाका स्वास्थ्य शाखाका निखिल पोखरेल, दुहवी नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर प्रसाद महतो, कोशीका अध्यक्ष ऐयुव अंसारी, भोक्राहा नरसिंहका स्वास्थ्य शाखा प्रमुख आलम अंसारी, हरिनगरमा मिठु श्रेष्ठ, देवानगञ्जका अध्यक्ष लालीप्रसाद मेहता, वर्जुमा क्वारेन्टाईन प्रमुखलाई, गढीका अध्यक्ष श्रीप्रसाद यादव सहितकालाई हस्तान्तरण गरेर क्वारेन्टाईनमा बस्नेहरुलाई शक्ति वर्धक आयुर्वेद औषधी वितरण गरेको जनाएको छ ।

जिल्लामा हाल २६ वटा क्वारेन्टाईन र २ वटा होल्डिंग एरिया सञ्चालनमा रहेको छ । क्वारेन्टाईनमा बस्ने मध्ये ६४ जनामा कोरोना पुष्टी भएर आईसोलेसनमा पठाएको र २४ जना निको भएर फर्किएका छन् । विभिन्न क्वारेन्टाईनमा ५४९ जना व्यक्तिहरु रहेका छन् ।

टोलीले इनरुवा नगरपालिकाको नेपाल राष्टिय हरी आधारभुत विद्यालय, भगवती मावि क्वारेन्टाईन, नयाँ बस पार्क क्वारेन्टाईन, भोक्राहा नरसिंहको जनता मावि क्वारेन्टाईन, जामिया मदर्शा क्वारेन्टाईन, कोशीको राजापोखरी क्वारेन्टाईन, कुम्याही क्वारेन्टाईन,राष्टिय आधारभुत विद्यालय क्वारेन्टाईन, बराहक्षेत्रको जनता मावि मधुवन क्वारेन्टाईन, महेन्द्र मावि भरौल, प्रकाश मावि प्रकाशपुर क्वारेन्टाईन, महेन्द्र मावि चक्रघण्टी क्वारेन्टाईन, रामधुनीको झुम्का कृषि तालिम केन्द्र क्वारेन्टाईन, हरीनगरको बिजी हस्पिटल क्वारेन्टाईन र वर्जु क्वारेन्टाईमा बस्नेहरु मध्ये ६४ जनामा कोरोना पुष्टी भएको थियो ।