११ असार २०७७, बिहीबार २०:२१ – Page 4 – Nagarikabhiyan : National News

भारतस्थित नेपाली दूतावास अगाडी चीन बिरुद्ध प्रदर्शन

काठमाडौं । भारतस्थित नेपाली दूतावास अगाडी विरोध प्रदर्शन गरिएको छ । भारतको न्युदिल्लीस्थित रहेको नेपाली दूतावास अगाडी नेपाल भारत मैत्री संगठनका सदस्यहरुद्वारा विरोध प्रदर्शन गरिएको हाे ।

विरोध प्रदर्शनका क्रममा ‘Boy Coot Chinese Products’ जस्ता नारा लगाएका थिए । नेपाल भारत मैत्री संगठनका सदस्यहरुले नेपालमा चीनको आपतीजनक गतिबिधि बढेको भन्दै विरोध प्रदर्शन गरेकाे बुझिएको छ ।

सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भनी विश्वले नै भन्ने गरेको छ । तर, चुचुरोलाई चीनले आफ्नो नक्शामा राखेको छ । गुगल नक्शामा हेर्यो भने चुचुरो चीनतर्फ देखाउँछ ।

चीनले चुचुरोसम्म प्रभाव राख्ने गरी फाइभ जी इन्टरनेट प्रविधि जडान गरिसकेको छ । उसले सगरमाथाको उचाई नापिरहेको छ । संयुक्त रुपमा उचाई सार्वजनिक गरेर चुचुरो आफ्नो पनि हो भनी विश्वलाई सुनाउन र देखाउन खोजिरहेको छ । तर, सरकार यसमा सहयोगी बनिरहेको छ ।

चीनले उत्तरतर्फ नेपाली भुभाग अतिक्रमण गरेको खबरहरु आइरहेको छ । हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरी ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा भएको छ । तैपनि, सरकार मौन छ ।

नेपालका निजी तथा सरकारी विद्यालयमा धमाधम चिनियाँ भाषा अध्ययन गराउनेहरु योजनावद्ध तरिकाले प्रवेश गरेका छन् । अध्यापन गराउनेहरु चिनियाँ सैनिक पनि भएको विषय बाहिर आउन थालेका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल पसेको भन्दै ट्वीटरमै लेखेका छन् । यसबारे पनि सरकार मौन छ ।

लायन्स क्लब अफ काठमाडौँ मातृभूमिको ८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ मातृभूमिको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ मातृभूमिले आफ्नो आठौं वार्षिक साधारण सभा रोयल एम्पायर होटेलमा सम्पन्न गरेको हो । असार ६ गते शनिबार भएको साधारण सभाले लायन गिरिश शाहलाई लायन बर्ष २०२०/२१को लागी क्लबको नऔँ अध्यक्षको रूपमा निर्वाचित गरेको छ ।

क्लबको लायन वर्ष २०१९/२० का अध्यक्ष लायन नवराज सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका अभिभावक लायन्स अन्त्रास्ट्ररिय जिल्ला ३२५ बि २ का गवरर्नर लायन अनुप कुमार पाहरि, लायन्स मातृभुमी का पुर्ब अध्यक्ष लायन कबिराज सिपखान, लियो मातृभुमीका संस्थापक अध्यक्ष लियो सरोज महतो , लियो जिल्ला परिशद का काठमाडौं छेत्र संयोजक लियो सुशील महतो, लियोका पूर्वअध्यक्ष लियो लायन क्षितिज कार्कि, लियो मातृभूमि का अध्यक्ष लियो सन्जय बिक्रम अधिकरि र मातृभुमीका प्रोजेक्ट ब्लड फर नेपालबाट लियो दिपेस मेहता र लियो नेहा झाले आ–आफ्नो धारण राखेका थिए ।

साथै मुख्य अतिथी एरिया ३२५ बि टु का जिल्ला गभर्नर ज्युले शुभकामना र बधाई दिएका थिए । मातृभुमी लायन्स नेपालको अझ उत्कृष्ट लायन्स क्लब बनाउने अभियान जारी रहेको र एउटा बलियो संस्था बनाउने कुराहरु आफ्नो मन्तब्यमा क्लबका अध्यक्ष लायन नवराज सिल्वालले जोडे।

साधारण सभाले लायन क्षितिज कार्कि, लायन सन्जोग उप्रेती र लायन बिबेक कुमार ठाकुरलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । क्लबका राजदुत अर्थात क्लब अम्ब्यासडरमा लायन प्रियंन्का यादव, क्लबको महा सचिवमा लायन सन्तोष ढकाल, कार्यकारी ‌सचिवमा लायन उस्मिता थापा तथा कोषाध्यक्षमा लायन मनिता छेत्री नियुक्त भएका छन् । लायन बिबेक थापा सह सचिव र सह – कोषाध्यक्षमा लायन आशिष् गुरुङ मनोनयन भएका छन् ।

साधारण सभा सामाजिक दुरिलाई मध्यनजर गर्दै सम्पन्न भएको थियो। लायन्स क्लब २१६ भन्दा बढी मुलुकमा र नेपालमा मात्र ३५००० भन्दा बढि लायन भएको र लायन्स क्लबले सामाजिक कार्यमा सधैं सक्रिय भएर लागि रहेको छ । कुनै पनि बिपतमा पीडित नागरिकलाई उद्धार, राहत र बास स्थानको ब्यवस्था साथै बिभिन्न चाडपर्बमा काम गर्दै आएको‌ यस करोनाको महामारीमा पनि‌ धेरैको चुल्हो बल्न मद्दत ‌गर्दै‌ आइरहेको छ भनेर मातृभुमीका सल्लाहकार लियो सरोज महतोले बताए ।

नागरिकता विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै आज पाँचौं दिन पनि जसपाद्धारा जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । नागरिकता ऐन संशोधन विधेयकको विरोधमा आज (बिहीबार) जनकपुरधाममा पाँचौं दिन पनि विरोध प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताहरुले नागरिकता विधेयकप्रति असहमति जनाउँदै स्थानीय जनकचोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’,‘केपी ओली सरकार राजनीमा दे’,केपी ओली तेरो पाराले दुः ख पायो साराले,महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर, केपी ओली मुर्दावाद,रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन, विभेदकारी नागरिकता खारेज गर,मधेशीमाथिको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए ।

प्रदेशसभा सदस्य समेत रहेका जसपाका नेता रामअशिष यादव,शेषनारायण यादव,धिरेन्द्र बहादुर सिंह,ज्ञानेन्द्र झा ज्ञानु,सतिश लाल दास,रामबिनोद पप्पु,संजय साह,सदाशिव मिश्रा,पशुपति यादव,रामजी राय,नेतृहरु विभा ठाकुर,विन्दु ठाकुर,सुन्तली थापा,पुनम झा मैथिली सहितको अगुवाईमा सडक जाम गर्दै विरोध गरिएको थियो ।

नेकपाले ७ वर्ष पछि मात्र नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरेको र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् ।

जनता समाजवादी पार्टीले असार १६ गतेदेखि देशव्यापी विरोध प्रदर्शन गर्ने (विज्ञप्तीसहित)

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालले असार १६ गतेदेखि देश व्यापीरुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।

संसदको राज्य व्यवस्था समितिले गरेको नागरिकता ऐन संशोधनका लागि गरेको प्रस्तावको विरोधमा पार्टीले प्रदर्शन गर्ने भएको छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगिकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र निजले नेपालको अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधानको सो पार्टीले विरोध गरेको हो ।

पार्टीले त्यसको विरोधमा असार १६ गते काठमाडौंलगायत प्रत्येक जिल्ला सदरमुकाम र अन्य मुख्य शहरहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने जनाएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकिकरणपछि बनेको जनता समाजवादी पार्टीले नयाँ प्रावधानका कारण महिलाप्रति लैंगिक विभेद, असमानता र महिला हिंसालाई प्रोत्साहन दिने कार्य गरेको बताएको छ ।

‘उक्त संशोधनको प्रस्तावले एकातिर महिला र पुरुषकाबीच लैंगिक विभेद गरेको छ भने अर्कोतिर युगौंदेखि नेपाली जनताको भारतीय लगायत अन्य मुलुकका जनताहरुबीच कायम रहेको पारिवारिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि सम्बन्धलाई अवरुद्ध गर्ने’ भनी पार्टीले जनाएको छ ।

‘विगतमा नागरिकता ऐनमा भएका वैवाहिक अंगिकृत व्यवास्थालाई नै यथावत राखिनु पर्दछ,’ अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणका आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरिनुपर्दछ ।’ सो पार्टीले नयाँ विधेयकका कारण गोर्खा सेनाको रुपमा विदेशमा कार्यरत नेपालीहरुको सन्तानलाईसमेत गैरनागरिक बनाई राख्ने प्रयास गरेको बताएको छ ।

१६ अर्ब ४२ करोड काठमाडौं महानगरको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा पूर्वाधार विकास क्षेत्रको लागि ८ अर्ब ४३ करोड ४३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि एक अर्ब ७८ करोड २७ लाख र आर्थिक विकास क्षेत्रको लागि १७ करोड २३ लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै सामाजिक विकास क्षेत्रको लागि दुई अर्ब ४९ करोड ९८ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको लागि ९६ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरले सशर्त अनुदानतर्फ दुई अर्ब ५७ करोड ५१ लाख पाँच हजार विनियोजन गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जसमध्ये अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख र बाह्य स्रोततर्फ निःशर्त अनुदानबाट एक अर्ब ४२ करोड ४८ लाख ९५ हजार, सशर्त अनुदानबाट दुई अर्ब ५७ करोड ५१ लाख पाँच हजार, सामाजिक सुरक्षा भत्ताबापत एक अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड आठ लाख २६ हजार गरी ६ अर्ब १६ करोड आठ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।

कुल आम्दानीमा नपुग हुने रकम तीन अर्ब ५० करोड रुपैयाँ बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कुल आम्दानीको २१.३० प्रतिशत हो ।

महानगरपालिकाको आम्दानी प्रक्षेपण
आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आ आम्दानी गर्ने लक्ष्य लिएको छ । जस अन्तर्गत प्रमुख स्रोतको रुपमा रहेको बहाल करबाट एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ ।

त्यसैगरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । कवाडी करलगायतबाटपनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलव १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ ।

कोभिड-१९ को असर र रोकथाम न्यूनीकरणलाई प्राथमिकता
कोभिड-१९ को असर, त्यसको रोकथाम र यसबाट पर्नसक्ने प्रभावहरुको न्यूनीकरणको लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।

महानगरको लागि विशेष महत्तव मानिने योजनाहरु काठमाडौं महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किङ भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर–तीनकुनेमा बुद्ध पार्क निर्माण, मेगा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।

समृद्धिको लागि सहकारी अभियान, एकीकृत सीप विकास कार्यक्रम, मेड इन काठमाण्डौ, जीवन निर्वाहको लागि पारिश्रमिक कार्यक्रम, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम र वडा-वडामा मेलमिलाप शिविर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमको लागि पनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।

गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा संवर्धन र पूर्वाधार विकासलाई महत्व दिई बजेट विनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।

‘महानगरबाट सञ्चालित विकास कार्यक्रमको सुनिश्चितताको लाकि सूत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शीतापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हाँसिल हुने विश्वास लिएका छौँ’, बजेट प्रस्तुत गर्दै उपप्रमुख श्रेष्ठले भनिन्,‘हामीबाट सञ्चालित विकासका गतिविधिहरुले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पूरा गर्न हामी जनप्रतिनिधि,सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन ।’

ललितपुर महानगरपालिकाको बजेट ४ अर्ब ७९ करोड

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजक गरेको छ । बुधबार महानगरपालिका मेयर चिरीबाबु महर्जनले ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा करसम्बन्धी नयाँ कार्यक्रमहरू पनि समावेश भएका छन् । विद्युतीय माध्यमबाट कर तिर्न सकिने र निःशुल्क रुपमा कर चुक्ताको प्रमाण पत्र उपलब्ध गराउने महानगरको नीति छ ।

यसैगरी महानगरले सम्पत्ति करमा कडा रुपमा प्रस्तुत हुने नीति लिने भएको छ । बैङ्कमा खाता खोल्न, खानेपानीको धारणा जडान गर्नेलगायत कामका लागि सम्पत्ति कर चुक्ताको प्रमाण पत्र पेश गर्नैपर्ने नीति लिने महानगरले बताएको छ ।

यसका लागि सम्बन्धित कार्यालयहरूसँग समन्वय गरिने महानगरको बजेटमा उल्लेख छ ।

सरकार विरुद्ध काठमाडौंमा महिलाहरुको विरोध प्रदर्शन

काठमाडौं । अलौकिक रुपमा बढिरहेको भ्रष्टाचार, अव्यवस्थित क्वारेन्टाइन लगायतका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विरोध र्याली तथा कोणसभा गरेको छ ।

बबरमहलमा भेला भएका राप्रमसंका नेता, कार्यकर्ताहरुले सामाजिक दुरी कायम गर्दै निकालेको विरोध र्याली नयाँ वानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री एवं राप्रमसंकी अध्यक्ष कुन्ति कुमारी शाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा मात्र केन्द्रीत भएको बताईन् ।

मन्त्रीक्वाटरमा जीमखाना र राष्ट्रपति कार्यालयमा कोमल गलैंचा विछ्याउनुको सट्टा अव्यवस्थित रहेका क्वारेन्टाइनलाई व्यवस्थीत गर्नेतर्फ सरकारले समयमा ध्यान दिएको भए कुनै पनि महिला क्यारेन्टाइनमै बलत्कारको सिकार हुनुपर्ने थिएन भन्दै उनले क्वारेन्टाइनमा बसेकाहरुलाई घृणित व्यवहार गरिएकोमा सरकारको विरोध गरिन् ।

कोणसभामा राप्रमसंका नेतृहरु मिना सुवेदी, विजयकला राई, ३ नं. प्रदेशसभा सदस्य रिता माझी, कुमारी स्याङतान लगायतले सम्बोधन गरेका थिए ।

र्यालीमा सहभागि महिलाहरुले महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गर, लकडाउनमा भएको महिला हिंसा वृद्धिको अन्त्य गर, क्वारेन्टाइनमा बलात्कृत भएकी महिलालाई क्षतिपूर्तिको व्यवस्था गर, भ्रष्टाचारीलाई कारवाही गर, पिसिआर परिमाणको दायरा बढाउ, गरिब जनतालाई राहतको व्यवस्था गर, क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकालाई पोषणयुक्त खानाको व्यवस्था गर भन्दै सरकारको विरोध गरेका थिए ।

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ३७ करोड बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३७ करोड बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि २०७७/७८ का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा दुई अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट सार्वजनिक गरेको हो ।

बुधबार बसेको छैठौं नगरसभामा महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ लाख आम्दानी हुने बताइन् । त्यस्तै, वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट सशर्त अनुदान एक अर्ब २ करोड र प्रदेशबाट सशर्त दुई करोड ९० लाख अनुदान प्राप्त हुने महानगरले बताएको छ।

त्यस्तै, संघीय सरकार विशेष अनुदानबाट १३ करोड रुपैयाँ, प्रदेशबाट समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट तीन करोेड २६ लाख महानगरपालिकामा प्राप्त हुने बजेटमा उल्लेख गरेको छ ।

महानगरपालिकाले पुँजीगत खर्चतर्फ एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षाका लागि ३६ करोड रुपैयाँ खर्च हुने बताएको छ ।

महानगरपालिकाले स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार रुपैयाँ, शैक्षिक विकास कार्यक्रममा ५६ करोड १३ लाख ५ हजार रुपैयाँ, महिला, बालबालिका, युवा विकास तथा खेलकुदमा दुई करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, फोहोर व्यवस्थापनका लागि ल्याडफिल साइटको जग्गा खरिद तथा फोहोरमैला व्यवस्थापनमा ११ करोड ४९ हजार ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन जाँदा सांसद परियारसहित १० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । सांसद लक्ष्मी परियारसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन जाँदा सांसद परियारसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद परियारको तीन वटा औँलामा चोट लागेको छ ।

सांसद लक्ष्मी परियारसहित पूर्वसांसद जीवन परियार, सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल पक्राउ परेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको छ ।

ज्ञापन पत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए ।

बुधबार ६ सय २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७२८

काठमाडौं । नेपालमा थप ५ सय ३८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले बुधबार ५ सय १९ जना पुरुष र १ सय १० जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

हालसम्म २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिलेसम्म १ लाख ९३ हजार १ सय ९४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी २ लाख ८३ हजार ६ सय ९३ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर ७८ हजार ६ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ३ सय ६६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहारमा भने अझै लागु हुन सकेको देखिँदैन ।

प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा देखिने गरी लेखिएको ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ भन्ने नाराले अहिले तिनै सरकारी कार्यालयलाई गिजाइरहेको छ ।

पछिल्लो समय भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको तथ्यांकले घुस लिने र भ्रष्टाचार गर्ने प्रवृत्ति झनै बढेर गएको देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा ३ सय ५० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गत वर्ष १९ वर्षको इतिहासकै धेरै भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारको दाबी थियो । तर, अहिले यो आर्थिक वर्षको १० महिनाको अवधिमा ३ सय ७० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

गत आर्थिक वर्षमा घुस लेनदेनका १ सय ५० वटा मुद्दा दर्ता भएकामा यो आर्थिक वर्षको १० महिनाको अवधिमा १ सय ४२ वटा मुद्दा दर्ता भइसकेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

म भ्रष्टाचार गर्दिनँ भन्ने नारा कर्मचारीले शपथका रूपमा खाए पनि भ्रष्टाचारको संख्यामा भने विगतभन्दा झनै बढेको प्रवक्ता कोइरालाले बताए । ‘अख्तियारले अहिले सक्रियता धेरै बढाएको छ,’ उनले भने, ‘उजुरी दिनेको संख्या पनि विगतभन्दा धेरै रहेको छ ।’

त्यस्तै, अख्तियारले आर्थिक वर्ष २०७४(७५ मा १ सय ९४ मुद्दा चलाएको थियो । २०७३/७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए । यो संख्या २०७२/७३ मा १ सय ४४ थियो । त्यसअघि पनि अख्तियारले यो वर्षभन्दा बढी मुद्दा दर्ता गरेको देखिँदैन ।

गत आर्थिक वर्ष अख्तियारले दायर गरेका भ्रष्टाचार मुद्दामध्ये १ सय ४७ वटा रंगेहात घुससँग सम्बन्धित छन् । नक्कली प्रमाणपत्रका ८८, सार्वजनिक सम्पत्ति नोक्सानीका ३९, गैरकानुनी लाभहानिका ३३, राजस्व हिनामिनाका १०, गैरकानुनी सम्पत्तिका १२ अनि विविध विषयका २२ वटा मुद्दा दायर भएका छन् ।

पछिल्लो तीन महिनाको अवधिलाई हेर्दा पनि अख्तियारले यो लकडाउनको अवधिमा मात्रै ४७ वटा केसमा ९७ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको छ । अकुत सम्पत्ति, घुस, नक्कली सर्टिफिकेट, आर्थिक अनियमिततालगायतको मुद्दा अख्तियारले विशेष अदालतमा दर्ता गराएको छ ।

आर्थिक अनियमिततासँग सम्बन्धित १० वटा मुद्दा ३९ जनाविरुद्ध मुद्दा चलाइएको छ । नक्कली सर्टिफिकेट प्रयोग गरेर सरकारी जागिर खाने ११ जना, अकुत सम्पतिसँग जोडिएका चारवटा मुद्दामा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्यस्तै, घुस रकम लिएका १४ वटामा २४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । घुस लिनेमा वन कार्यालयका प्रमुख, प्रहरी, स्थानीय निकायका वडा सदस्यसम्म छन् । अख्तियारले लकडाउनको अवधिमा १५ हजारदेखि ३ लाख रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको पाइएको छ ।

त्यस्तै, राजस्वसम्बन्धी मुद्दामा १५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियारले यस आर्थिक वर्षमामा ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता ग¥यो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणलाई अख्तियारले ठूलो उपलब्धिका रूपमा लिएको छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने निकायमा बस्ने पाठक मात्रै होइनन्, पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टाचार काण्डमा नै मुछिएका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् । अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ । केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन् ।

एकातिर अख्तियारले भ्रष्टाचार गर्नेलाई मुद्दा चलाइरहे पनि अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ । यी घटनाले कतै अहिले पनि अख्तियारमा रहेका त्यस्तै, भ्रष्ट कर्मचारीले ‘बार्गेनिङ’ गर्दै घुस त लिइरहेका छैनन् भन्ने आशंका सिर्जना गरिदिएको छ ।

अख्तियारको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा मुद्दा र प्रतिवादीको संख्या बढाएको छ । रंगेहातमा कारबाही गर्नुका साथै कतिपय अवस्थामा सेवाग्राहीले नै घुस दिँदा दिँदै कर्मचारी पक्राउ परेका थिए । धेरै मिहिनेत नपर्ने, दायर भएका मुद्दा ठहर हुने प्रबल सम्भावना भएकाले रंगेहात घुस र नक्कली प्रमाणपत्रका मुद्दा अख्तियारको सफलता दर बढाउने माध्यम भएका छन् । अख्तियारले अघिल्लो वर्षको तुलनामा गैरकानुनी सम्पत्ति आर्जनका मुद्दाको संख्या केही बढाएको छ । तर, यस्ता अनुसन्धानमा पर्ने आरोपितहरू भने प्रशासनिक र राजनीतिक नियुक्तिमा परेका व्यक्ति धेरै छन् ।

नयाँ संविधान जारी भएसँगै अख्तियारको ‘अनुचित कार्य’माथि अनुसन्धान गर्ने क्षेत्राधिकार कटौती भएको छ । भ्रष्टाचारका मुद्दा दायर नहुने तर अनियमितता भएका घटनामा अख्तियारले कारबाही गर्न नसक्दा ठूलो संख्याको उजुरी अलपत्र परेको देखिन्छ । राजधानी दैनिकबाट

नेपाल कोरोना संक्रमणको चौथो चरणमा प्रवेश

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ।

स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागु गर्ने योजना बनाएको थियो।

ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ।

यस्तै, स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड– १९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ।

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको १ सय ५० दिनको अवधिमा १० हजार ९९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा थप ३ हजार ५ सय आठ जनालाई संक्रमण देखिएको छ ।

तर, अस्तव्यस्त क्वारेन्टिन, खुकुलो लकडाउन, पिसिआर परीक्षणको दायरा फराकिलो बन्न नसक्नुलगायतका कारण जोखिम झन् बढेको विज्ञको दाबी छ।

कुल संक्रमितमध्ये २४ जनाको ज्यान गएको छ । नेपालमा पहिलोपटक १० माघमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना भाइरस संक्रमणको स्रोत बन्दै गएका क्वारेन्टिनबाट दैनिक ६ हजार ७ सय बाहिरिने गरेका छन् । पछिल्लो एक सातामा क्वारेन्टिनबाट ६ हजार सात सय ४२ जना बाहिरिएका छन्।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । मंगलबार थप ५ सय ३८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो । यस्तै, हालसम्म संक्रमितमध्ये २ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७६ जिल्लामा संक्रमण देखिएको छ।

हालसम्म आरटी–पिसिआर प्रविधिबाट १ लाख ८६ हजार ३ सय ६६ जनाको कोरोना परीक्षण भएको छ । मंगलबार ४ हजार ९ सय ९५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । पछिल्लो दुई सातायता सबैभन्दा कम मात्रामा कोरोना परीक्षण मंगलबार भएको देखिन्छ । संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन। राजधानी दैनिकबाट

आज १० आषाढ २०७७ बुधवार को राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन हुन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सवारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।

मानव अधिकार समूहद्धारा ज्ञापन पत्र

इनरुवा ।  सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा मानव अधिकार समूहले ज्ञापन बुझाएको छ ।

सुनसरीको सीमावर्ती क्षेत्रमा मानव अधिकारमैत्री बजेट ल्याउनुपर्ने माग गर्दै ज्ञापन बुझाएको हो । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अांसरी र भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई ज्ञापन पत्र बुझाएको हो ।

समूहले गाउँपालिकाका ८ वटै वडाका सरोकारबालाहरुको भेला तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालय विराटनगर र सुनसरी जिल्ला प्रतिनिधीको समन्वयमा २०७६ मा मानव अधिकार समूह गठन गरेकाले समूहलाई सशक्त बनाउन तथा गाउँपालिकामा आवास, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा सचेतनामुलक कार्यक्रम गर्न निती, बजेट तथा कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।

समूहले आफूहरु विभिन्न वडाहरुमा सेवादायी सेवाप्रदायका बीचमा अन्तरकृया, छलफल र बहस कार्यक्रम सम्पन्न गरेको समेत जानकारी गराउदै मानवअधिकारकमैत्री कार्यक्रम ल्याउन सुझाव दिएको छ ।

समूहको कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष सहित जनप्रतिनिधिहरूले गाउँपालिकाले सम्पूर्ण मानव अधिकारमैत्री काम गर्ने प्रतिवद्धता जनाएकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक वजेट, निती तथा कार्यक्रममा मानव अधिकारमैत्री योजना समावेश गर्न हुन आग्रह सहितको ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएमो माग तथा सुझावहरुमा गाउँपालिकाका सबै वटामा मासिक वा त्रेमासिक रुपमा स्थानीय सरकारले गर्ने शिक्षा, स्वास्थ्य, खाध्य र आवासको अधिकार बारेमा अन्तरकृया कार्यक्रम गर्नुपर्ने, मानव अधिकार रक्षाका लागि मानव अधिकारमैत्री बजेट विनियोजन गर्नुपर्ने, गाउँपालिकाका सबै विद्यलायहरुको मानव अधिकार समूह सहित पालिका, शिक्षा शाखाले नियमित अनुगमन गरी पृष्ठपोषण गर्ने अभियान वा कार्यक्रम ल्याउनुपर्ने, गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुको अवस्था, औषधी भएको नभएको विषयमा मानव अधिकार समूह सहित पालिका, स्वास्थ्य शाखाले नियमित अनुगमन गरी पृष्ठपोषण गर्ने अभियान वा कार्यक्रम ल्याउनुपर्ने र प्रत्येक वडामा कम्तिमा २० हजार रुपियाँ बराबरको एउटा एउटा कार्यक्रम गर्ने र पालिकास्तरीय एक लाख रुपियाँ बराबरको वृहत शिक्षा, स्वास्थ्य, खाध्य र आवासको अधिकार बारेमा अन्तरकृया कार्यक्रम गर्ने बजेट विनियोजन गर्नुपर्ने भनिएको छ ।

कोशीमा समूहका सुरेन्द्र मेहता र मुस्ताक आलम तथा भोक्राहा नरसिंहमा समूहका अध्यक्ष सोभा मेहता र उपाध्यक्ष मुर्सीद आलम सहितकाले ज्ञापन बुझाएका छन् ।

त्यसैगरी मानव अधिकार समूह कोशीले पाँच बुदे ज्ञापन पत्र गाउँपालिका अध्यक्ष एयुब अन्सारीलाई बुझाएको हो । समुहको तर्फबाट मुस्ताक आलम, सुरेन्द्र मेहता, मानवअधिकार सञ्जालका जिल्ला अध्यक्ष रमेश भट्टराई, गैरसरकारी संस्थामहासंघका मेघराज न्योपानै, इन्सेक प्रतिनिधि जयकृष्ण यादव लगायतका सरोकारबालाहरु उपस्तिथिति रहेको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।

चिनियाँहरूको आपत्तिजनक गतिबिधि र सरकारको रबैया प्रति काँग्रेस उपसभापति निधिको आपत्ति, सरकारसँग मागे जबाफ !

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले चिनियाँहरुको आपत्तिजनक गतिविधिवारे सरकारसँग जवाफ मागेका छन् ।

समाजिक सञ्जाल ट्वीटमार्फत आज (मंगलबार) कांग्रेसका उपसभापति निधीले सरकारसँग चिनियाँहरुको आपत्तिजनक गतिविधिवारे जवाफ मागेका हुन् ।

उनले ट्वीटमा ‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधिः हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हे. जग्गा चीनद्वारा कब्जा, गोरखाक‍ो रुई गाउँ कब्जा, क‍ोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने, र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जबाफ चाहियो।’ भनेका छन् ।

No description available.