चिनियाँहरूको आपत्तिजनक गतिबिधि र सरकारको रबैया प्रति काँग्रेस उपसभापति निधिको आपत्ति, सरकारसँग मागे जबाफ !
९ असार २०७७, मंगलवार १६:२२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले चिनियाँहरुको आपत्तिजनक गतिविधिवारे सरकारसँग जवाफ मागेका छन् ।
समाजिक सञ्जाल ट्वीटमार्फत आज (मंगलबार) कांग्रेसका उपसभापति निधीले सरकारसँग चिनियाँहरुको आपत्तिजनक गतिविधिवारे जवाफ मागेका हुन् ।
उनले ट्वीटमा ‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधिः हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हे. जग्गा चीनद्वारा कब्जा, गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने, र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जबाफ चाहियो।’ भनेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया