प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन जाँदा सांसद परियारसहित १० जना प्रहरी नियन्त्रणमा – Nagarikabhiyan : National News

प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन जाँदा सांसद परियारसहित १० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । सांसद लक्ष्मी परियारसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन जाँदा सांसद परियारसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद परियारको तीन वटा औँलामा चोट लागेको छ ।

सांसद लक्ष्मी परियारसहित पूर्वसांसद जीवन परियार, सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल पक्राउ परेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको छ ।

ज्ञापन पत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए ।