मानव अधिकार समूहद्धारा ज्ञापन पत्र – Nagarikabhiyan : National News

मानव अधिकार समूहद्धारा ज्ञापन पत्र

इनरुवा ।  सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा मानव अधिकार समूहले ज्ञापन बुझाएको छ ।

सुनसरीको सीमावर्ती क्षेत्रमा मानव अधिकारमैत्री बजेट ल्याउनुपर्ने माग गर्दै ज्ञापन बुझाएको हो । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अांसरी र भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई ज्ञापन पत्र बुझाएको हो ।

समूहले गाउँपालिकाका ८ वटै वडाका सरोकारबालाहरुको भेला तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालय विराटनगर र सुनसरी जिल्ला प्रतिनिधीको समन्वयमा २०७६ मा मानव अधिकार समूह गठन गरेकाले समूहलाई सशक्त बनाउन तथा गाउँपालिकामा आवास, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा सचेतनामुलक कार्यक्रम गर्न निती, बजेट तथा कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।

समूहले आफूहरु विभिन्न वडाहरुमा सेवादायी सेवाप्रदायका बीचमा अन्तरकृया, छलफल र बहस कार्यक्रम सम्पन्न गरेको समेत जानकारी गराउदै मानवअधिकारकमैत्री कार्यक्रम ल्याउन सुझाव दिएको छ ।

समूहको कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष सहित जनप्रतिनिधिहरूले गाउँपालिकाले सम्पूर्ण मानव अधिकारमैत्री काम गर्ने प्रतिवद्धता जनाएकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक वजेट, निती तथा कार्यक्रममा मानव अधिकारमैत्री योजना समावेश गर्न हुन आग्रह सहितको ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएमो माग तथा सुझावहरुमा गाउँपालिकाका सबै वटामा मासिक वा त्रेमासिक रुपमा स्थानीय सरकारले गर्ने शिक्षा, स्वास्थ्य, खाध्य र आवासको अधिकार बारेमा अन्तरकृया कार्यक्रम गर्नुपर्ने, मानव अधिकार रक्षाका लागि मानव अधिकारमैत्री बजेट विनियोजन गर्नुपर्ने, गाउँपालिकाका सबै विद्यलायहरुको मानव अधिकार समूह सहित पालिका, शिक्षा शाखाले नियमित अनुगमन गरी पृष्ठपोषण गर्ने अभियान वा कार्यक्रम ल्याउनुपर्ने, गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुको अवस्था, औषधी भएको नभएको विषयमा मानव अधिकार समूह सहित पालिका, स्वास्थ्य शाखाले नियमित अनुगमन गरी पृष्ठपोषण गर्ने अभियान वा कार्यक्रम ल्याउनुपर्ने र प्रत्येक वडामा कम्तिमा २० हजार रुपियाँ बराबरको एउटा एउटा कार्यक्रम गर्ने र पालिकास्तरीय एक लाख रुपियाँ बराबरको वृहत शिक्षा, स्वास्थ्य, खाध्य र आवासको अधिकार बारेमा अन्तरकृया कार्यक्रम गर्ने बजेट विनियोजन गर्नुपर्ने भनिएको छ ।

कोशीमा समूहका सुरेन्द्र मेहता र मुस्ताक आलम तथा भोक्राहा नरसिंहमा समूहका अध्यक्ष सोभा मेहता र उपाध्यक्ष मुर्सीद आलम सहितकाले ज्ञापन बुझाएका छन् ।

त्यसैगरी मानव अधिकार समूह कोशीले पाँच बुदे ज्ञापन पत्र गाउँपालिका अध्यक्ष एयुब अन्सारीलाई बुझाएको हो । समुहको तर्फबाट मुस्ताक आलम, सुरेन्द्र मेहता, मानवअधिकार सञ्जालका जिल्ला अध्यक्ष रमेश भट्टराई, गैरसरकारी संस्थामहासंघका मेघराज न्योपानै, इन्सेक प्रतिनिधि जयकृष्ण यादव लगायतका सरोकारबालाहरु उपस्तिथिति रहेको थियो ।