कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु – Nagarikabhiyan : National News

कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु

दैलेख । कोरोना भाइरस पोजिटिभ देखिएका दुल्लु नगरपालिकाका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काले दिएको जानकारी अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनको सोमबार राती साढे ९ बजे मृत्यु भएको हो ।

खड्काका अनुसार उनी क्षयरोगबाट थलिएका थिए । अस्पतालमा भर्ना गरिसकेपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको निर्देशक डा.खड्काले जनाए ।

क्षयरोगका बिरामी समेत रहेका ती व्यक्तिलाई दैलेखको दुल्लुबाट जेठ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।