सुनसरीमा छैठौ योग दिवश मनाईयो
७ असार २०७७, आईतवार १४:४८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी छैठौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । आईतबार योग दिवसको अवसर पारेर इनरुवामा योगाभ्यास कार्यक्रम तथा योग गरौ निरोगी रहौ सन्देश उल्लेख गरिएको टि सर्ट वितरण गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको आयोजनामा जिल्ला स्तरीय कार्यक्रम गरि योग दिवश मनाईएको हो ।
सम्पन्न भएको सो कार्यत्रममा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी, इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेल, आयुर्वेद स्वास्थ्य प्रमुख डा. सूर्य नारायण मेहता, वरिष्ट कविराज मुकेश कुमार सिंह, करुणा समाजका अध्यक्ष माधव आचार्य, दिनेश पोखरेल, कुमार शर्मा र योग प्रशिक्षक गहेन्द्रचन्द्र ढुगेंल सहितको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि भण्डारीले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँ र घरघरमा गर्न जरुरी रहेको बताउनुभयो । साथै उहाँले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले यसमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । वहाँले सरकारले दिवसको रुपमा मनाउने गरेको र यसलाई घरघरमा पनि लान आवश्यक भएको बताउनुभयो ।
कोरोना कहरको बीचमा शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको र यसलाई अझै प्रचारप्रसार गर्न जरुरी रहेको इनरुवा उपप्रमुख जमुना गौतम पोखरेलले बताउनुभयो । योगले धेरै रोग लाग्नबाट जोगाउने भएकाले संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको वहाँको भनाई छ । उता सदरमुकाम इनरुवामा पत्नजली योग समितिको आयोजानमा सप्ताहव्यापि छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा १ रामानुज आश्रममा सञ्चालित योग साधनामा प्रदेश नं.१ का प्रतिपक्षी दलका नेता तथा सांसद राजीव कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । दिवशसगै दैनिक योग कक्षा सन्चालन हुने योग प्रशिक्षक देवनारायण साहले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया