सुनसरीका क्वारेन्टाईनमा बस्नेहरुलाई शक्ति वर्धक आयुर्वेद औषधी
६ असार २०७७, शनिबार १९:४१
इनरुवा । सुनसरी जिल्लामा रहेको विभिन्न क्वारेन्टाईनमा राखिएको व्यक्तिहरुलाई रोगसंग लड्न सक्ने आयुर्वेद औषधी वितरण गरिएको छ ।
सुनसरीका क्वारेन्टाईनमा बस्नेहरुलाई रोगसंग लड्न सक्ने शक्ति वर्धक आयुर्वेद औषधी वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. सूर्यनारायण मेहताले जानकारी दिनुभयो ।
वहाँका अनुसार जिल्लाको क्वारेन्टाईनमा दुई सता अघि गरिएको अनुगमनमा आएको सुझावका आधारमा क्वारेन्टाईनमा बस्नेहरुलाई शक्ति वर्धक आयुर्वेद औषधी वितरण गरिएको हो ।
मेहताले दिएको जानकारी अनुसार क्षमता, अवस्था तथा भौतिक सुधारका लागि अनुगमन गरिएको र जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीको अध्यक्षतामा रेहको अनुगमन टोलीले जिल्लामा रहेका विभिन्न नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाईनहरुको स्थलगत अनुगमन गरेर औषधी वितरण गरेको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपािलका, दुहवी नगरपािलका, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, वर्जु, गढी सहितका ६ वटा गाउँपालिका र चार नगरपालिका गरि १० पालिकामा रहेका क्वारेन्टाईनमा बस्नेहरुलाई शक्ति वर्धक आयुर्वेद औषधी वितरण गरेको जनाएको छ ।
अनुगमनका क्रममा क्वारेन्टाईनहरुमा खानेपानी, चार पटक खानाको व्यवस्था गरेको, सरसफाई, वाईफाईको सुविधा रहेको भएपनि बसाई सामाजिक दुरी कामय गर्ने गरी नभएको पाइएकाले दिएको सुझावमा समेत सुधार भएको जिल्ला व्यवस्थापन समितिका प्रमुख गोपालराज भण्डारीले बताउनुभयो ।
भण्डारीले जिल्लामा सञ्चालन भएको कोभीट १९ रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य जीवन प्रवद्र्धन कार्यक्रम अन्तरगत पाँच सय जनालाई पुग्ने शक्ती प्रवर्दक औषधी वितरण गरेको जानकारी दिनुभयो ।
वहाँका अनुसार क्वारेन्टाईनमा बस्ने मानिसगैं सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाईकर्मी, भान्सामा काम गर्नेहरुलाई च्यामनप्रास, स्यानिटाईजर, जडिबुटी चिया, गुर्जो काढा, आर्सेनिक एल तेल, अश्वगन्धा चुर्ण र कोरानाबाट बच्ने सन्देश भएको व्यानर सहित शक्ती प्रवर्दक औषधी वितरण गरेको हो ।
शक्ती प्रवर्दक औषधी वितरण कार्यक्रममा जिसस प्रमुख गोपालराज भण्डारी, अचुत भण्डारी, डा.खगेन्द्र ओली, स्वास्थ्य जीवन प्रवद्र्धन कार्यक्रम जिल्ला समिति सदस्य सचिव तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. सूर्यनारायाण मेहता, बरिष्ठ कविराज मुकेश कुमार सिंह, स्वास्थ्य जिवन प्रवद्र्धन समितिको निर्देशक समितिका सदस्य निर्मल बराल र पत्रकार जयकृष्ण यादव लगायतको उपस्थिति रहेको थियो ।
समितिले बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, इनरुवा नगरपािलकाका स्वास्थ्य शाखाका निखिल पोखरेल, दुहवी नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर प्रसाद महतो, कोशीका अध्यक्ष ऐयुव अंसारी, भोक्राहा नरसिंहका स्वास्थ्य शाखा प्रमुख आलम अंसारी, हरिनगरमा मिठु श्रेष्ठ, देवानगञ्जका अध्यक्ष लालीप्रसाद मेहता, वर्जुमा क्वारेन्टाईन प्रमुखलाई, गढीका अध्यक्ष श्रीप्रसाद यादव सहितकालाई हस्तान्तरण गरेर क्वारेन्टाईनमा बस्नेहरुलाई शक्ति वर्धक आयुर्वेद औषधी वितरण गरेको जनाएको छ ।
जिल्लामा हाल २६ वटा क्वारेन्टाईन र २ वटा होल्डिंग एरिया सञ्चालनमा रहेको छ । क्वारेन्टाईनमा बस्ने मध्ये ६४ जनामा कोरोना पुष्टी भएर आईसोलेसनमा पठाएको र २४ जना निको भएर फर्किएका छन् । विभिन्न क्वारेन्टाईनमा ५४९ जना व्यक्तिहरु रहेका छन् ।
टोलीले इनरुवा नगरपालिकाको नेपाल राष्टिय हरी आधारभुत विद्यालय, भगवती मावि क्वारेन्टाईन, नयाँ बस पार्क क्वारेन्टाईन, भोक्राहा नरसिंहको जनता मावि क्वारेन्टाईन, जामिया मदर्शा क्वारेन्टाईन, कोशीको राजापोखरी क्वारेन्टाईन, कुम्याही क्वारेन्टाईन,राष्टिय आधारभुत विद्यालय क्वारेन्टाईन, बराहक्षेत्रको जनता मावि मधुवन क्वारेन्टाईन, महेन्द्र मावि भरौल, प्रकाश मावि प्रकाशपुर क्वारेन्टाईन, महेन्द्र मावि चक्रघण्टी क्वारेन्टाईन, रामधुनीको झुम्का कृषि तालिम केन्द्र क्वारेन्टाईन, हरीनगरको बिजी हस्पिटल क्वारेन्टाईन र वर्जु क्वारेन्टाईमा बस्नेहरु मध्ये ६४ जनामा कोरोना पुष्टी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया