लकडाउन गर्ने अधिकार अब प्रदेशलाई – Nagarikabhiyan : National News

लकडाउन गर्ने अधिकार अब प्रदेशलाई

काठमाडौं । प्रदेश सरकारले जनसंख्याको अनुपात र कोरोना भाइरस संक्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुने गरी पूर्ण बन्दाबन्दी गर्न सक्ने भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड-१९ संकट व्यवस्थान केन्द्रको सिफारिस अनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्न सक्ने निर्णय गरेको हो ।

सीसीएमसीद्वारा जारी विज्ञप्ति अनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकार मार्फत विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णयसमेत बैठकले गरेको छ ।