कसले सुन्ने चित्कार, क्वारेन्टाइनमै बलात्कार यही हो दश अर्बको चमत्कार? – Nagarikabhiyan : National News

कसले सुन्ने चित्कार, क्वारेन्टाइनमै बलात्कार यही हो दश अर्बको चमत्कार?

काठमाडौं । सरकारको काम कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा काठमाडौँमा युवाहरू प्रदर्शनमा उत्रिएका छन् । विभिन्न क्षेत्रमा भ्रष्टाचार र अनियमितता भएको भन्दै सरकारलाई खबरदारी गर्ने हेतुले उनीहरू सडकमा उत्रिएका छन् ।

केही साता अघि इनफ इज इनफ भन्दै सडकमा आएका युवाहरू फरक शैलीबाट प्रदर्शन गरिरहेका छन् । आज शनिबार शहिद गेटमा सुतेर सरकारको विरोध गरेका हुन् ।

‘भ्रष्टचारी र बलात्कारी चिल्लो गाडीमा युवाजति साउदीको खाडीमा, कसले सुन्ने चित्कार, क्वारेन्टाइनमै बलात्कार यही हो अर्बको चमत्कार ??’ जस्ता नार लेखिएको प्ले कार्ड उनीहरूले बोकेका थिए ।

साथै उनीहरूले कोरोना नियन्त्रण र उपचारमा भएको सबै खर्चको हिसाब पनि मागका छन् । आरडिटी बन्द गनुपर्ने र सबैलाई पीसीआर परीक्षणको दायरामा ल्याउनु पर्ने उनीहरूको माग छ ।