भारतमा ३ लाख ८१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण
५ असार २०७७, शुक्रबार ०६:५४
एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३४२ जनाको मृत्यु भएको छ भने १३ हजार ८२७ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै भारतमा संक्रमितको ३ लाख ८१ हजार ९१ पुगेको हो ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख ५ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका १२ लाख ११ हजार ४८६ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया