नेपाल कोरोना अपडेटः संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो – Nagarikabhiyan : National News

नेपाल कोरोना अपडेटः संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं । देशमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

देशमा शुक्रबार मात्र ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएका छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ।