८ चैत्र २०७८, मंगलवार १०:५१ – Page 4 – Nagarikabhiyan : National News

जागिरे जीवन भन्दा किसानको जीवन बेस वादविवाद प्रतियोगिता सम्पन्न

कोशी गाउँपालीकाको आयोजनामा वादविवाद प्रतियोगिता सम्पन्न विषयक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कोशी गाउँपालीका ६ स्थित रहेको राष्ट्रिय मावि श्रीपुरमा “जागिरे जीवन भन्दा किसानको जीवन बेस” भन्ने विषयमा विद्यालयस्तरीय वादविवाद सोमबार सम्पन्न भएको हो । वादविवाद प्रतियोगिता कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादवको प्रमुख आतिथ्य तथा राष्ट्रिय मावि श्रीपुरका प्रधानाध्यापक जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो वादविवाद प्रतियोगितामा सामुदायिक, संस्थागत र मदरसा गरी ११ विद्यालय बाट २/२ जनागरी २२ जनाको सहभागिता रहेको थियो भने उक्त वादविवाद प्रतियोगितामा काेशी मावि पश्चिम कुशाहाकी अनुषा साह प्रथम, अलफला पब्लिक स्कुलका शमशेर आलम द्वितीय, मिथिला पब्लिक स्कुलकी चाँदनी साह तृतीय,काेशी जनता मावि हरिपुरकी रचना ठाकुर चाैथाे र राष्ट्रिय मावि शोभनपुरका दिलशाद आलम पाँचौ भए भने अन्य बाँकी सबै सान्त्वना भएको कोशी गाउँपालीका सामाजिक शाखा प्रमुख नायब सुब्बा राजकिशोर मेहताले जानकारी दिए । प्रथमदेखि सान्त्वना हुनेलाई क्रमशः ३०००, २५००,२०००,१५००,१००० र ५००/५०० का दरले नगदसहित स्टेशनरी र प्रमाणपत्र वितरण गरिएको उनको भनाइ छ ।

सहभागी विद्यार्थीहरुको प्रस्तुतिलाई मुल्यांकनकर्ताहरू कोशी गाउँपालीका शिक्षा शाखा प्रमुख बेदराज अधिकारी,स्वकीय सचिव धर्मेन्द्र विश्वास र शिक्षक बेचन यादवले मूल्यांकन गर्दै उनीहरूले दिएको नम्बरका आधारमा उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिएको हो । उत्कृष्ट प्रतियोगीहरुलाई उपाध्यक्ष अनिता यादव, कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चाेलाराज दंगाल,वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार साह, कार्यपालिका सदस्य सरीता मण्डल र अकलीदेवि सरदार,वडा सदस्य सुनिता यादव राष्ट्रिय मावि शोभनपुरका प्रअ हरेकृष्ण राउत, कोशी मावि हरिपुरका माेहन यादव, कञ्चन यादवलगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष यादवले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गर्दै किसान जीवनको महत्त्वबारेमा प्रचारप्रसार गर्न यस्ता वादविवाद प्रतियोगिता उपयोगी सावित हुने बताइन् । विद्यार्थीहरुमा रहेका प्रतिभा देखाउनुका साथै समाजमा समयसापेक्ष सर्वसाधारणमा चेतनाको स्तर वृद्धि गर्न वादविवाद प्रतियोगिता महत्त्वपूर्ण भएकोले समयको मागअनुसार यस्ता कार्यक्रमहरु निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत चौलाराज दंगालको भनाइ छ ।

एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै सो आदेश गरेको हो ।

अदालतले यही चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ । उक्त आदेशसँगै सङ्घको यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचन अदालतको अर्को आदेश नआएसम्म स्थगित भएको छ ।

सङ्घको संस्थापन पक्षविरुद्ध चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले एकपक्षीयरूपमा निर्वाचन गराउन लागिएको भन्दै अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि सो आदेश भएको हो ।

कार्यकक्षमै वडाध्यक्षको निधन

सिन्धुली । मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो ।

बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए।

लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताए।

लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष रहेका थिए। स्व. लामाको पार्थिव शरीरलाई लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ । लामाको बुबाआमा, श्रीमती र पाँच छोरा रहेका छन् ।

देशले विकल्प खोजेको छ : राप्रपा अध्यक्ष लिङ्देन

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा देशले परिवर्तनसँगै विकल्प खोजेको बताएका छन् ।

राप्रपा चाँगुनारायण–८ वडा समितिले आज सुडालस्थित मिश्रिकोटारमा आयोजना गरेको आमसभामा उनले जनताले देश हाँक्ने दल र नेतृत्वको विकल्प खोजेको बताए।

उनले भने, ‘देश चलाइरहेका र चलाइसकेका दलहरुबाट जनताले आशा र भरोसा पाउन सकेनन्, त्यसैले जनताले विकल्प खोजेका छन्, जनताले चाहेको विकल्प राप्रपा नै हो, अबको निर्वाचनमा राप्रपा शक्तिशाली पार्टीका रूपमा उदाउने छ, त्यसका लागि तपाईं सबै नेता कार्यकर्ता जनताको घरघरमा जानुस् ।’

कांग्रेस र कम्युनिष्टले जनताको भावनानुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले जनतालाई परिवर्तनको आभाष दिन र विकास गर्न राप्रपालाई जनताले विश्वास गर्ने दाबी गरे। कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसवादी दलबाट देशको स्थिरता, विकास र समृद्धि नआउने भन्दै अध्यक्ष लिङ्देनले लामो समय देशको नेतृत्व गरिरहेका दलको गलत नीतिका कारण देशले निकास नपाएको बताए।

आमसभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रवीन्द्रप्रताप शाह, प्रवक्ता सगुनसुन्दर लावती, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं नायिका रेखा थापालगायतले अबको स्थानीय तहदेखि प्रदेश र संसदीय निर्वाचनमा राप्रपालाई जनताले खोजेको विकल्पसहितको शक्तिशाली पार्टी बनाउन सबैलाई लाग्न आग्रह गरे ।

ग्रीनल्याण्ड कलेजको वार्षिक साधारणसभा सम्पन्न

विराटनगर । विराटनगर–९ स्थित ज्ञानभूमि ग्रुपअफ इन्स्टिच्यूसन्स प्रा. लि. द्वारा सञ्चालित ग्रीनल्याण्ड कलेजले वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

धनकुट्टाको हिलेमा एक कार्यक्रमको आयोजनाविच कलेजले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाका लागि हिले पुगेका सञ्चालक सदस्यहरु माझ कम्पनीका अध्यक्ष समेत रहेका कलेजका प्राचार्य दिपक पोखरेलले आर्थिक वर्ष २०७७ र ७८ को आर्थिक प्रशाशनिक एवं शैक्षिक प्रतिवेदन प्रस्तुत गरे ।

प्राचार्य पोखरेलद्वारा प्रस्तुत प्रतिवेदन सञ्चालनहरुबीच छलफल पश्चात सर्वसम्मत रुपमापारित पारित गरेको कलेजले जनाएको छ । प्राचार्य पोखरेलले कलेज सञ्चालन सम्बन्धी आगामी कार्ययोजनासमेत प्रस्तुत गरे ।

प्रस्तुत कार्ययोजनामा बुँदागत छलफल गर्दै चिकित्सा शिक्षा, इन्जिनियरिङ शिक्षा तथाव्यवस्थापनतर्फ वि. वि. ए. मा छात्रवृत्तिमा नामनिकाल्न प्लस टु का विद्यार्थीहरुलाई सहयोग पु¥याउने किसिमले कक्षा ११ देखि नै सपर ४८ र सिम्याट कक्षा विशेष प्रारुपका साथ सञ्चालन गर्ने र प्रदेश १ मा ग्रीनल्याण्डले प्राप्त गरेको ऐतिहासिक सफलतालाई कायम राख्दै शैक्षिक गुणस्तर थप उचाइमा पुर्याउन शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउदै अगाडी बढ्ने निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको कलेजका संचालक शिवनरायण यादवले जानकारी दिनु भयो ।

गढी ३ स्वच्छ र सफा गाउँ क्षेत्र घोषणा

सुनसरी जिल्लाको गढी गाउँपालिकाको वडा नम्वर ३ को सरदार टोललाई पूर्ण सरसफाइ युक्त टोल तथा स्वच्छ र सफा गाउँ क्षेत्र घोषणा गरिएको छ । तीन वर्ष अघि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको वडामा नमुनाका रुपमा सरदार टोललाई टोललाई स्वच्छ र सफा टोल घोषणा गरिएको हो ।
उक्त टोल जिल्लाकै दोस्रो पूर्ण सरसफाई तथा सफा र स्वच्छ गाउँ बन्न पुगेको छ । सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा हुनको लागि आवश्यक पर्ने सवै सुचकहरु पुरा गरेकाले सरदार टोललाई पुर्ण सरसफाई युक्त स्वच्छ र सफा गाउँ घोषणा गरिएको गढी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी चौधरीmे जानकारी दिनुभयो । सो मार्गदर्शनमा २०७३ ले ५ वटा चरणहरु सम्बन्धित बासिन्दाले पालना गर्नुपर्ने हुन्छ, तीमध्ये शौचालयको उचित प्रयोग, ब्यक्तिगत सरसफाई, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरसफाइका १५ वटा सुचकहरु तथा ४५ वटा सहायक सुचकहरु पुरा गरेमा पुर्ण सरसफाइ युक्त गाउँ भन्न मिल्ने व्यवस्था भएकाले सरदार टोललाई घोषणा गरिएको चौधरीको भनाई छ । घोषणासभालाई सम्बोधन गर्दै चौधरीले घोषणा गरिएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै पालिका सबै वडामा यस्तो सन्देश पु¥याउन सफल भएकोमा वडा र सरदार टोलसुधार समितिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यहाँ सुरुवात गरेको यो प्रयासले नेपाल सरकारले सन २०३० सम्ममा राखेको दिगो विकासको लक्ष्य प्राप्तीलाइ पनि टेवा पुग्ने समेत चौधरीले बताउनुभयो । सो कार्यक्रममा गढी ४ का वडा अध्यक्ष रामचन्द्र महतोले आगामी दुई वर्षभित्र सिङ्गो गाउँपालिकालाई नै पुर्ण सरसफाइ युक्त गाउँ घोषणा गर्नको लागि काम थालिसकेको बताउँनुभयो । महतोले यस कार्यमा सबै स्थानीय बासिन्दाको साथ सहयोगको अपेक्षा गर्नुभएको थियो । स्वच्छ र सफा गाउँ घोषणा गर्नको लागि गैरसरकारी सस्थाहरु आरएसडीसी सुनसरी लगायतले गढी गाउँपालिकासंग साझेदारी गरेर जनचेतनामुलक कार्यक्रम तथा प्राविधिक सहयोग गरेका थिए । सफा र स्वच्छ गाउँ घोषणा कार्यक्रमका अध्यक्ष तथा गढी गाउँपालिका ३ का वडा अध्यक्ष टुनालाल चौधरीले आफूहरुले साकरात्मक प्रयास गर्दा गाउँबासिको उत्सहाजनक सहभागीता र सहयोगमा सफा र स्वच्छ गाउँ घोषणा सम्भव भएको बताउनुभयो । चौधरीले विकासका लागि सरसफाई र स्वच्छता पनि आवश्यक भएको र त्यो मानवीय विकासमा समेत पर्ने भएकाले सफा र स्वच्छ गाउँ सरदार टोललाई घोषणा गर्न पाउदाँ आफू हर्षित भएको बताउनुभयो । गढी ३ का वडा सचिव शत्रुधन श्रेष्ठले सफा र स्वच्छ गाउँ बनाउनमा दातृ निकायहरुको सहयोग रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व छिटाहा गाविस उपाध्यक्ष रामदेव यादवले नागरिकको चेतनास्तर वृद्धि गर्दै सफा र स्वच्छ गाउँ घोषणा गरेकोमा सहयोगीहरुलाई धन्वयदा दिनुभयो । कार्यक्रममा श्री माविका प्रधानाध्यापक शिवचरण साह र स्थानीय निजी विद्यालयका प्रधानाध्यापक सुरेन्द्र चौधरी लगायतकाले सफा र स्वच्छ गाउँ घोषणा कार्यक्रमलाई सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । यसैबीच कार्यक्रममा उत्कृष्ट सरसफाई गर्ने तीन परिवारलाई सरसफाई सामग्री सहित सम्मान गरिएको छ । समनित र पुरस्कृत हुनेहरुमा हेमकुमारी चौधरी, विनिता कर्ण र मनुलाल सरदार रहनुभएको छ । त्यसैगरी विषेश योगदान गर्ने उषा चौधरी र आरएसडीसीलाई पनि सम्मान गरेको वडा सचिव शत्रुधन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य हरी उराँव, वडा सदस्य पन्चलाल मेहता, चन्देश्वर साह, ललती चौधरी, इन्द्रदेवी ऋषिदेव, गढी ५ का वडा सचिव श्याम साह, आरएसडीसीका हरी बुडाथोकी, प्रहरी सहायक निरीक्षक सत्यनारायण कुर्मी सहितको उपस्थिती रहेको थियो ।

गठबन्धन होला र जितौंला भनेर नबसौं : प्रचण्ड

पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै आश नगर्न आफ्ना नेता-कार्यकर्तालाई सुझाव दिएका छन् ।

चुनाव केन्द्रित अभियानमा रहेका प्रचण्डले आइतबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नै बलमा चुनाव जित्ने गरी तयारी गर्न पार्टी नेता-कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीमा जोड गरेर भनेको कुरा के हो भने गठबन्धन होला, त्यहीबाट जितौंला भनेर बसेर हुँदैन, आफ्नै शक्ति र बलमा जित्ने हो’, उनले भने, ‘आफ्नै बलमा चुनाव लड्ने कुरालाई ध्यानमा राख्दै तालमेल गर्ने कुरालाई पनि उपयोग गर्नुपर्छ ।’

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

काठमाडाैं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।

मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।

नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।

नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ । १८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब नौ प्रतिशत जनसङख्या मात्र बाँकी छ ।

इनरुवाको १० नंम्बर वडामा अन्सारी टोल कमिटी गठन

सुनसरीको विभिन्न टोल गठन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगरपालिकाको १० नंम्बर वडामा अन्सारी टोल कमिटी गठन गरेको छ । एक महिनादेखी माओवादीको जारी टोल कमिटि भेला तथा गठनको क्रममा इनरुवा नगरपालिका १० नंम्बर वडाको अन्सारी टोल कमिटी रउफ अन्सारीको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी गठन गरिको हो । सनिबार पार्टीका जिल्ला संयोजक योगेन्द्र प्रसाद मण्डल पप्पुको प्रमुख अतिथित्यतामा टोल कमिटि गठन गरेको पार्टीका नगर उपाध्यक्ष मोख्खतार हुसेनले जानकारी दिनुभयो । अन्सारी टोल कमिटी गठन तथा भेलामा अतिथीहरु पार्टीका प्रदेश सदस्य तथा इनरुवा इन्चार्ज ओके दाहाल, इनरुवा नगर अध्यक्ष तोया गिरी पोदार, नेता रमेश भट्टराई, मुख्तार आलम सहितको उपस्थिती रहेको थियो । सोही अन्सारी टोल कमिटी गठन कार्यक्रममा नेपाली काङ्ग्रेस ,एमाले र राप्रपा सहितका पार्टी परित्याग गरेर ४० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टीका नेताहरुले आगन्तुक कमरेडहरुलाई सु–स्वागत गर्दै प्रदेश गराएको पार्टीले जनाएको छ । नवप्रवेशीलाई माओवादी केन्द्र जिन्दावाद, महान अमर सहिदहरु लाल सलाम, घरघर जाउँ; माओवादी केन्द्रलाई बिजयी गराऔ, नेकपा माओबादी केन्द्र जिन्दाबादको नारा लगाउदै अविर लगाएर स्वगत गरेको पार्टीका नगर अध्यक्ष तोया गिरीले जानकारी दिनुभयो ।

 

होली मिलन तथा साहित्य कार्यक्रम सम्पन्न

सुनसरीको सदरमुकाम इनरुवा सहित विभिन्न स्थानीय तहमा मधेसी तथा थारु तथा आदीबासीहरु होली तथा पर्व धुमधामका साथ मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजना गरि होली मलाइएको हो । सुनसरीको इनरुवामा संखुवागाछी बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवाको आयोजनामा होली मिलन तथा साहित्यिक कार्यक्रम शुक्रबार विहान सम्पन्न गरेको छ । इनरुवाका राजनीतिक दलहरु, नेता तथा साहित्यकार र पत्रकारहरुको रचना, विचार र कला प्रस्ुतत गर्दै होली साहित्य कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष फडिन्द्र दाहालले जानकारी दिनुभयो ।
कवी तथा साहित्यकारहरुलाई मौलिक तरकारीका माला लगाएर सम्मान सहित होली विषेश गित, गजल, कविता, जोगिरा र लघु नाटक सहित कार्यक्रम सम्पन्न गरेको दाहालले जानकारी दिनुभयो ।सम्पन्न कार्यक्रममा कालकार तथा पत्रकारिता, राजनीतिक र साहित्यमा रुची राख्ने ५० बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो । सम्पन्न भएको कार्यक्रममा साहित्यकार फडिन्द्र प्रसाद दाहाल, किसोर कोईराला, काब्यकार डम्भरुबल्ल्भ भण्डारी, यसोधा अधिकारी, गीतकार राधा सुवेदी, टिका आचार्य, युवराज पोखरेल, समिक्षा दाहाल, सरिता घिमिरे, अर्जुन दाहाल(ओखलढुगेंं), कवि तथा पत्रकार जयकृष्ण यादव, वरिष्ठ साहित्यकार प्राज्ञ जिवनाथ पोखरेल, प्रध्यापक तथा साहित्यकार रमेन्द्रमुनि कोइराला, लिलानाथ सिलवाल,किसोर कोईराला, सागर तिम्सिना लगायतकाले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार सहित नेकपा एमालेका नेता खेमराज पोखरेल, विदुर सुवेदी, नेपाली काग्रेंसका रोशन खड्का, सितोश पोखरेल, नेकपा माओवादी केन्द्रका ओके दाहाल, नेकपा एकिकृत समाजवादीका तिर्थ अधिकारी, समाजसेवी रोशन भट्टराई, झडक खड्का सहितकाले होलीमा आपसी दसदभाव र भाईचाराको कामना गर्दै शुभकामना दिनुभएको थियो ।
उता इनरुवामा इनरुवा जेसिजले पनि होली मिलन कार्यक्रम सम्पन्न गरेको स्थानीय सुनोज निरौलाले जानकारी दिनुभयो । उता बर्जु गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरेर होली विषेश सम्पन्न गरेको छ ।
यसैबीच गढी गाउँपालिका ४ छिटाहामा डिजिटल आर्दश गढी निर्माण अभियानको आयोजना र स्वयम सेवक शिक्षक प्राचार्यद्धारा बालिकाहरुसंग होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । गाउँमा गरिएको कार्यक्रममा गढी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी चौधरीले एकआपसमा सदभाव, भातृत्व र शिक्षाका लागि पनि होलि मिलन कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । चौधरीले गाउँका सयौं बालबालिकाहरुलाई अबिर र रंग लगाएर शुभमामना सहित गढीमा डिजिटल आर्दश गढी निर्माण अभियानको कार्यको प्रसंसा समेत गर्नुभयो । छिटाहाको वडा कार्यालय अगाडी नै नाचगान र पौराणिक होरीका गीतका कार्यक्रम सहित होलि मिलन कार्यक्रम गरेकोमा गढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष रामचन्द्र महतोले छिटाहामा नौलौ कार्यक्रम भएको बताउनुभयो । मेहतोले डिजिटल आर्दश गढी निर्माण अभियानको आयोजना, बालबालिकाहरु र स्वयम सेवक शिक्षकले आयोजना गरेको कार्यक्रममा रमाईलो र आर्दश शिक्षा तथा अनुशासनको सन्देश प्रवाह भएको बताउनुभयो । कार्यक्रममा डिजिटल आर्दश गढी निर्माण अभियानका श्रवण कुमार यादव, विधान्दन यादव, सुरेन्द्र चौधरी सहित कक्षा १० मुनीका बालबालिकाहरुलाई आफूले सिकेका कुराहरु निशुल्क रुपमा सिकाउने स्वयम सेवक शिक्षकहरु सविता उराँव, रुवि शर्मा, सुशकला उराँव, रेनु मेहता, मनिता चौधरी, रुवि साहु, गौरी उराँव सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा पत्रकार जयकृष्ण यादवले स्वयम सेवक शिक्षकको उदाहरणीय कार्यको प्रसंशा गर्नुभयो ।


१, सुनसरीको सदरमुकाम इनरुवामा आयोजना गरिएको होली विषेश कार्यक्रम ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

हाेलीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

हाेलीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएकाे छ । २०७८ सालको फागु पूर्णिमाको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नभएकाे छ ।भोक्राहा नरसिंह गाउॅपालिका, गाउॅ कार्यपालिकाको कार्यलयको आयोजनामा मिति २०७८/१२/०२ गते बुधबार होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा गाउॅपालिका उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, कार्यपालिका पदाधिकारीहरू, स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यूहरू, होली पर्व लगायत स्थानीय सांसकृतिक उत्थानमा सक्रिय भुमिका निर्वाह गर्नु हुने स्थानीय अगुवाहरू/गबैयाहरू, किर्तन/भजन मण्डली , स्थानीय सुरक्षाकर्मीहरू, स्थानीय भद्रभलादमी, नागरिक समाज, स्थानीय संचारकर्मी, कार्यालयका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय संसकृति, परम्परा, रहनसहनमा योगदान पुर्याउने स्थानीय अगुवाहरू, गबैयाहरू, भजन/किर्तन मण्डली लगायतलाई गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव र गाउॅपालिका उपाध्यक्ष पुनम कुमारी मेहताले अबिर, स्थानीय गमछा लगायतले सम्मान गर्नु भयो ।
कार्यक्रममा गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, वडाध्यक्ष राजेश्वर साह लगायतका वक्ताहरूले स्थानीय पर्वहरू होली, करमाधरमा, मोहरम्म लगायतको संरक्षण सम्बर्द्धनमा पालिका पछि नपर्ने धारणा राख्नु भयो ।
उक्त कार्यक्रमको विशेष आकर्षणको रूपमा रहेको होलिगित जोगिरा सर र र … लगभग १ घण्टा सम्म संचालन भएको थियो । कार्यक्रममा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो । एक आपसमा होलीको रंग लगाइ शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादी नेताका अभिव्यक्तिले चुनावी गठबन्धन नै अन्याेलमा

काठमाडौं । ‘व्याख्यात्मक घोषणा भनेर दुईवटा पन्ना टाँसिदिएपछि उहाँहरू (माओवादी केन्द्र र नेकपा एस)ले मान्नुभयो । दुईवटा पन्ना पनि एमसीसीमा सम्झौताभित्र जे छ, त्यही छ त्यहाँ । एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इंग्लिसमा छ । व्याख्यात्मक घोषणा इंग्लिस र नेपालीमा छ । व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मानिदिनुभयो, मानिदिनेलाई पनि धन्यवाद, व्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यवाद ।’

गृहमन्त्री बालकृष्ण खाँणको यो अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा चर्चामा छ । गृहमन्त्रीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई अमेरिकी सहयाेग परियाेजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने अवस्थामा पुगे ? भन्नेबारेमा व्याख्या गरिरहँदा हलमा कार्यकर्ताको हाँसो गुन्जयमान हुन्छ ।

‘वास्तवमा व्याख्यात्मक घोषणामा उल्लेख भएका कुरा पहिले नै सम्बोधन भइसकेका कुरा हुन्, तथापि अंग्रेजीमा लेखिएका कुरालाई अहिले नेपालीमा उल्था गरेर व्याख्यात्मक टिप्पणी भनेर सार्वजनिक गरिएको छ,’ कांग्रेस नेता मिनेन्द्र रिजालले सार्वजनिक रूपमै भनिसकेका छन् ।

१८ फागुनमा रिजालले ‘व्याख्यात्मक टिप्पणी सरकार (माओवादी केन्द्र र नेकपा एस)  मा बसिरहने बाटो’ मात्र रहेको प्रतिक्रिया दिएका थिए । सोही दिन विराटनगरमा रिजालले भने, ‘व्याख्यात्मक टिप्पणीले एमसीसीलाई परिमार्जन पनि गर्दैन र अमेरिकाले यसलाई हेरेर मान्छु वा मान्दैनौं भनेर भन्नु पनि पर्दैन, कम्युनिस्ट राजनीतिबाट यहाँसम्म आइपुगेका नेताहरूको सम्मान जोगाइदिनुपर्ने भएकाले मात्र व्याख्यात्मक टिप्पणी आएको हो ।’ माओवादी केन्द्र र नेकपा एसको देउवा सरकारमा उपयोगिता सकिनेबित्तिकै गठबन्धनको औचित्यसमेत नहुने उनकाे भनाइ थियाे ।

यी त उदाहरण मात्र हो । माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म गठबन्धन गर्ने एकतर्फी अभिव्यक्ति दिइरहेका बेला सत्तारुढ कांग्रेसका नेताहरूकाे भने एमसीसीदेखि चुनावी गठबन्धनसम्मलाई लिएर फरक फरक धारणा सार्वजनिक गरिरहेका छन् ।

२७ माघको  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शेखर कोइरालाले कसैसँग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत राखेका थिए । सो बैठकअघि माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका कोइरालाले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने जनाउँदै कांग्रेसका नेता तथा कार्यकर्ताले रुखबाहेक अन्यत्र मत हाल्न नसक्ने प्रस्ट्याएर आएको जानकारी दिएका थिए ।

सभापतिमा पराजित कोइरालाले चुनावी अन्य दलसँग कांग्रेसको गठबन्धन हुन नसक्ने विषयलाई विराटनगर पुगेर फेरि दोहोर्‍याए । २१ फागुनमा ‘वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनले ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्र हो’ भनेर निर्वाचनमा एक्लै जाने विषयमा कार्यकर्तालाई आश्वस्त पारेका थिए ।  कांग्रेस नेता कार्यकर्ताको मनस्थितिबारे कोइरालाले थप भनेका छन, ‘जिल्ला जिल्लामा नेताहरू एक्लै लड्नुपर्छ भनिरहेका छन, कांग्रेसको सिद्धान्त कम्युनिस्टहरूलाई भोट हाल्ने होइन, कांग्रेस प्रदेश, संघ वा स्थानीय चुनावमा एक्लै लड्छ ।’

उपसभापति धनराज गुरुङले विराटनगरमा माओवादी केन्द्र र नेकपा एसलाई ‘हात्तीको कानमा बस्न आएको चमेरो’को संज्ञा दिँदै कांग्रेस कार्यकर्ता र मतदाताले ‘रुखमा बाहेक अन्त भोट नहाल्ने’ बताएका थिए । ‘नेपाली कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । तर हात्तीको ठूलो कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेरा (माओवादी र नेकपा एस)हरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ,’ गुरुङको यो व्यंग्य चर्चित हुन पुगेको थियो ।

कांग्रेस महामन्त्री गगन थापाले पनि २७ फागुनमा चितवन पुगेर घोषणा गरे, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनु पर्दछ भन्ने लाग्दैन, रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ, यो सिंगो कांग्रेसजनलाई अन्याय हुन्छ ।’  कांग्रेस महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिँदा नै थापा ‘कांग्रेसलाई एक्लै चुनाव लडन सक्ने बनाउन’ भनेर पर्चा छापेर मत मागेर विजयी भएका नेता हुन् । महाधिवेशनताकादेखि नै गठबन्धनको विपक्षमा उभिएका थापालाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले समर्थन गरेर विजयीसमेत बनाएका थिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाहेक दोस्रो तहका अधिकांश नेताहरूले गठबन्धनको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिएको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्तिसमेत जनाएका छन् । कांग्रेसका दोस्रो तहका नेताहरूले निरन्तर रूपमा चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिएपछि गत २५ फागुनमा बाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूमाथि ‘अपमान’ गर्ने काम भइरहेको भन्दै आक्राेश व्यक्त गरेका थिए।

गठबन्धन नगर्ने भनेर कांग्रेसका नेताहरूले ‘अपमानित गर्ने गरेको’ भन्दै आक्रोश पोखेका प्रचण्डले माओवादी एक्लै चुनाव लड्न सक्ने तर्कसम्म गर्न भ्याएका थिए । ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा कांग्रेस १० सिट तल हो, त्यही पार्टीलाई उचालेर सिंहाशनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्नँ,’ प्रचण्डले आक्रोश पोख्दै माओवादीसँग एजेन्डा र मुद्दा भएकाले एक्लै लडन सक्ने क्षमता रहेको दाबी गरेका छन् ।  उनले ‘कांग्रेस र नेकपा एमाले विचार शून्य’ रहेकाले एजेन्डाविहीन हुँदा माओवादीलाई एक्लै चुनाव लड्न सजिलो भएको तर्कसमेत गरेका थिए ।

कांग्रेस नेताहरूले ‘सत्तामा बस्नका लागि’ एमसीसीको व्याख्यात्मक घोषणा मात्र गरेको निरन्तर आरोप लगाइरहेपछि प्रचण्डले सोही दिन त्यसबारे थप स्पष्टीकरण दिएका थिए । ‘मलाई प्रधानमन्त्री (देउवा)ले अब म केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भनेपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ,’ प्रचण्डकाे भनाइ थियाे ।

ठूला वामपन्थी शक्तिहरू विभाजित भएको अवस्थामा कांग्रेस पहिलो पार्टी बन्ने आंकलन गरेर स्थानीय तहको निर्वाचनको तयारीमा देश दौडाहामा हिँडेका कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले माओवादी केन्द्र र नेकपा (एस)को गठबन्धनप्रति अनिच्छा व्यक्त गर्दै कांग्रेस एक्लै निर्वाचनमा होम्मिने जनाउँदै आएका छन् ।

माओवादी र नेकपा (एस) का नेताले स्थानीय तहदेखि केन्द्रीय तहसम्म गठबन्धन गरेर चुनाव लड्ने अभिव्यक्ति दिइरहँदा कांग्रेस नेताहरूले फरक फरक धारणा सार्वजनिक गरेपछि सभापति देउवाले २४ फागुनमा निर्देशन नै दिनुपरेको थियो । स्थानीय निर्वाचन लक्षित एक महिने अभियानबारे प्रशिक्षण कार्यक्रमलाई सानेपामा सम्बोधन गर्दै देउवाले भनेक थिए, ‘गठबन्धनलाई बिच्काउने गरी अभिव्यक्ति नदिऊ, उनीहरूलाई अपमान गर्नुहुन्न, हाम्रो गठबन्धन कायमै छ ।’

पन्जाबका नयाँ मुख्यमन्त्रीले लिँदैछन् गाउँमा सपथ, सहभागी हुन जनतालाई निम्तो

काठमाडौँ । भारतीय राज्य पन्जाबका नयाँ मुख्यमन्त्री भागवन्त मानले बुधबार पद तथा गोपनियताको सपथ लिँदैछन्। पहिलो पटक पन्जाबमा सरकार बनाउन लागेका आम आदमी पार्टी (आप)का नेताले राजधानी चन्डीगढमा नभई एक गाउँमा सपथ लिँदै छन्। भारतीय स्वतन्त्रता आन्दोलनका योद्धा सरदार भगत सिंहको गाउँमा खट्कर कलानमा उनको सपथ हुने हिन्दुस्तान टाइम्सले जनाएको छ। मानले आफ्नो सपथ समारोहमा सहभागी हुन सबै पन्जाबीलाई निम्तो दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा एक भिडिओ सार्वजनिक गर्दै ४८ वर्षीय मानले आफू एक्लैले पन्जाबको मुख्यमन्त्रीको सपथ नलिने बरू सबै पन्जाबीले एकसाथ मुख्यमन्त्रीको सपथ लिने उनले बताएका छन्। आपका संस्थापक एंव दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि मानको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्। मार्च १० मा आएको पन्जाब विधान सभाको मतपरिणाममा आपले ११७ मध्ये ९२ सिट जितेको थियो।

आफ्ना सांसदहरूलाई मानले राजधानी चन्डीगढमा नबस्न र भोट माग्न गाउँ(गाउँ गएजसरी काम गर्न गाउँ(गाउँ जान निर्देशन दिएका छन्।
वैकल्पिक राजनीति थालेको १० वर्षमै आम आदमी पार्टीको दोस्रो राज्यमा बहुमतको सरकार भारतीय प्रान्त पन्जाबको विधान सभा चुनावमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बढी सिट जितेको छ। बिहीबार पाँच वटा भारतीय राज्यमा विधान सभा चुनावको मतगणना भइरहेको छ। तीमध्ये पन्जाबमा अरबिन्द केजरीवाल नेतृत्वको आपले दुई तिहाइ बढी बहुमत ल्याएको हो।

टाइम्स अफ इन्डियाका अनुसार ११७ सिटमध्ये आपले ९२ सिट जितेको हो। पन्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ। आपले झन्डै ७९ प्रतिशत सिट जितेको हो। पन्जाबमा हाल कंग्रेस आईको सरकार छ। कंग्रेसले जम्मा १८ सिटमात्रै जितेको छ। सिरोमनी अकेली दल ९एसएडी० ले तीन सिट, भारतीय जनता पार्टी ९भाजपा० ले दुई सिट र अरूले दुई सिट जितेका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ।

जीतपछि पार्टी अध्यक्ष केजरीवालले पन्जाबका जनतालाई धन्यवाद दिएका छन्। ‘पन्जाबका जनताले गज्जब गरे। हामी सबै तपाईंहरूलाई माया गर्छौं, पन्जाब,’ उनले भने। उनले अब आपको क्रान्ति देशभर फैलिने बताए। कंग्रेसका ‍पूर्व(मुख्यमन्त्री अमरिन्दर सिंह, कंग्रेस पन्जाब राज्यका अध्यक्ष नवजोतसिंह सिद्धू र मुख्यमन्त्री समेत रहेका चरन्जित चन्नी पराजित भएका छन्।

सन् २०१७ मा भएको विधान सभा चुनावमा कंग्रेसले ७७ सिट जितेको थियो। पार्टीको आन्तरिक विवाद सम्हाल्न नसक्दा केही महिनाअघि मात्रै मुख्यमन्त्री अमरिन्दर सिंहले पार्टी छोडेका थिए। विभाजित भएको कंग्रेसले अहिले १८ सिटमात्रै जितेको हो।

कंग्रेसका नेता राहुल गान्धीले जनताले गरेको निर्णयलाई नम्रताका साथ स्वीकार्ने बताएका छन्। उनले बिहीबार ट्विट गर्दै विधान सभा चुनावमा जितेका नेताहरूलाई बधाई समेत दिएका छन्। वैकल्पिक राजनीति थालेको १० वर्षमा आपले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको हो। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब पन्जाबमा पनि सरकार बनाउने छ।

दिल्लीमा पनि आपले विधान सभा चुनावमा झन्डै ९० प्रतिशत सिट जितेको थियो। सन् २०२० मा भएको विधान सभा चुनावमा आपले ७० मध्ये ६२ सिट जितेको थियो। पन्जाबमा अब आपका नेता भागवन्त मान मुख्यमन्त्री बन्नेछन्। वैकल्पिक शक्तिका रूपमा उदाएको आपले दिल्लीमा तेस्रो पटक सत्ता चलाइरहेको भए पनि अरू राज्यमा फैलिन उसलाई मुस्किल भइरहेको थियो। पन्जाब विधान सभा जित्नु आपका लागि ऐतिहासिक सफलता हो।

यसअघि दिल्लीमा पनि आपले कंग्रेसबाट नै सत्ता छिनेको थियो।आपले पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छानेको थियो।आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो। अभियानमा सहभागीहरू भागवन्त मनलाई मुख्यमन्त्री बनाउनु पर्ने बताएका थिए।

झन्डै २२ लाख मानिस अभियानमा आफ्नो राय व्यक्त गरेको र तीमध्ये ९३ प्रतिशत मत भागवन्तको पक्षमा आएको बताइएको थियो।आपले सन् २०१७ को विधान सभा चुनावमा पनि पन्जाबमा लडेको थियो। त्यतिबेला पहिला नै मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरिएको थिएन। आपले पाँच वर्षअघिको चुनावमा विधान सभाका २० सिट जितेको थियो।आपले मुख्यमन्त्रीका उम्मेदवार बनाएका भागवन्त ४८ वर्षका भए। राजनीतिमा आउनुभन्दा पहिला उनी कमेडियन थिए।

सन् २०१२ मा उनी राजनीतिमा आएका थिए। सुरूमा उनी पन्जाब पिपल पार्टीमा आवद्ध भएका थिए। उक्त पार्टीबाट विधान सभा चुनाव जित्न नसकेपछि भागवन्त सन् २०१४ मा आपमा लागेका थिए।भागवन्त सन् २०१४ देखि लोकसभा सदस्य छन्। सन् २०१९ को चुनाव पन्जाबबाट लोकसभा चुनाव जित्ने उनी एकमात्र आप उम्मेदवार हुन्।(विभिन्न भारतीय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)

स्थानीय तहकाे निर्वाचनका लागि आवश्यक रणानीति बनाउन एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो।

एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ। पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो।

बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ। एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८–९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको बैठक बोलाएको छ। एमालेबाट माधव नेपाल नेतृत्वको समूह विभाजन भए पनि माओवादी केन्द्रका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा, मणि थापालगायतका नेता एमालेमै बसेका कारण यस दलका नेता कार्यकर्ताको मनोबल बढेको छ।

युक्रेनमा रुसी हमलाः लत्ताकपडा, विद्युतीय सामानदेखि तेल र चिनीको भाउ आकाशियो

मस्को ।  युक्रेनमाथि रुसले हमला गरेसँगै सर्बसाधारण युक्रेनीको जीवन त कस्टकर नै बनेको छ , तर युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ । युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहगी र अभावसँग जुधेका छन् ।

युक्रेनमा रुसी हमलापछि पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुस निर्यात हुने सामाग्रीहरुमा प्रतिबन्ध लाग्दा त्यसको मारमा सबैभन्दा बढी सर्वसाधारण रुसी परेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरुले पुटिनले युद्धका बहाना गरेकोे बताउँदै आएका छन् ।

रुसमाथि पश्चिमा देशहरुले वित्तिय दण्ड दिएका छन् ।  अन्तर्र्राष्ट्रिय कम्पनीले त्यहाँको सञ्चालन स्थगित गर्दा रुसीहरुको दैनिकीमा असर परेकाे छ । जीवनयापनको खर्च बढिरहेको छ । रोजगारी गुम्ने जोखिम बढ्दो छ  । धेरै वित्तीय संस्थाहरू रुसबाट अलग भएका छन् ।

पकाउने तेल, चिनी र अन्य आधारभूत उत्पादनको मूल्य बढिरहेको छ । उपभोत्ता मूल्य २ दशमलब २ प्रतिशतले बढेको छ ।

मस्को र अन्य सहरका पसलहरूले औषधि र अन्य केही वस्तुको बिक्रीमा रोक लगाएको छ ।

२४ फेब्रुवरीदेिख सुरु भएकाे रुसी हमलापछि रुसी मुद्रा रुबलको मूल्यमा गिरावट आएको छ । २० फेब्रुबरीसम्म ५ हजार ५०० रुबलमा अर्डर गरेको किराना सामानको मूल्य  ८ हजार रुबल रहेको इयूका बासिन्दा जानले बताएका छन् । त्यस्तै चिनीको मूल्य २० प्रतिशत  बढेको छ ।- एजेन्सी

स्थानीय तह निर्वाचन : ७९ वटा राजनीतिक दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजजनीतिक दल दर्ता भएका छन् ।

आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ ।

‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन्,’ पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।