काठमाडौं । सत्ता नेतृत्वमा रहेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यलयमा दिउँसो २ बजे बस्ने बैठकमा मुख्यगरी तीन एजेडामा छलपल हुने जनाइएको छ ।
जसमा स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुने मुख्य चिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
त्यस्तैगरी स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन गरिने र चुनावी तालमेलबारे पनि छलफल हुने बनाइएको छ ।
आजको केन्द्रीय कमिटी बैठकमा समसामयिक बिषयमा पनि विशेष छलफल हुने नेपाली काँग्रेसले जनाएको छ । काँगेसका केही नेताहरु आगामी निर्वाचनमा कुनैपनि दलहरुसँग तालमेल गर्न नहुने पक्षमा उभिएका छन् । यद्यपि सभापति देउवाले भने तालमेल गर्ने वा नगर्ने भन्नेबारे स्पष्ट बताइनसकेको अवस्था छ ।
आजको बैठकमा स्थानीय तहका लागि गठबन्धनका दलहरुसँग सर्तसहित तालमेल गर्नेगरी सहमति गर्नेबारे निर्णय हुनसक्ने संभावना रहेको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार काँग्रेस गठबनधनका दलहरु एमालेसँग मिल्न जान सक्ने भन्दै सशंकित भएकाले सर्त राख्न चाहेको हो । यद्यपि यसबारे आजको बैठकले ठोस निर्णय लिने नेताहरुको भनाइ छ ।
काँग्रेसमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे दुई धार हुँदा नेताहरु एक अर्कामा आरोप प्रत्यारोपमा छन् ।



सो अवसरमा सहभागि युवाहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए ।
नमिता मण्डलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन र्इं. इमरानले गरेका थिए ।

उद्घाटन कार्यक्रममा काग्रेंसकालाई मात्रै बोलाएको साना दलहरुले आरोप लगाएको छ । वडा कार्यालयमा भएको अनियमितता, भ्रष्टाचार र ढिलासुस्तीको विरुद्ध नबोल्नेहरुलाई मात्रै बोलाएर वडा कार्यालय भवन उदघाटन गरिएको स्थानीय वडाबासीको आरोप छ । वडाबासीले भवन निर्माणमा लाखौको अनियमितता भएको र गुणस्तरहिन काम भएकाले त्यस बारेमा छानविन गर्नुपर्ने जनता समाजवादी पार्टीका एक नेताले बताएका छन् । उक्त वडामा जसपाका सदस्यहरु भएपछि उनीहरुलाई उपेक्षा गरेको आरोप बाहिर आएको छ । उद्घाटन कार्यक्रम चलिरहदाँ स्थानीयहरुले वडाको भवन निर्माणमा भएको अनियमितता र गुणस्तरहिनताका बारेमा छानविन गरी यर्थान सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
