अनेम संघ क्रान्तिकारी इनरुवामा भट्टराई
८ चैत्र २०७८, मंगलवार १७:३६
सुनसरी सदरमुकाम इनरुवामा चुनवी सगर्मी बढेको बेला नेकपा माओवादी केन्द्रको भातृ संस्था अखिल नेपाल महिला संघ क्रान्तिकारी इनरुवा नगर कमिटि गठन भएको छ । इनरुवामा राधा भट्टराईको अध्यक्षतामा अनेम संघ क्रान्तिकारी नगर कमिटि गठन भएको हो । पार्टीका नेता रमेश भट्टराईका अनुसार अनेमसंघ क्रान्तिकारी इनरुवा नगर भेलाबाट राधा भट्टराईको अध्यक्षतामा ६१ सदस्य कमिटि गठन गरिएको हो । अनेम संघ क्रान्तिकारी इनरुवा नगर भेलामा पार्टीका नजगर अध्यक्ष तोया गिरी सहितका जिल्ला, प्रदेश स्तरका नेताहरुको पनि उपस्थिती रहेको थियो ।
उता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)पुरानो इनरुवा ४ नम्बर वडामा बिरेन्द्र टोल कमिटि संजय पन्डितको अध्यक्षतामा ११ सदस्यीय कमिटि बनाएको छ । गाउँटोलमा माओवादी जिताउने गरी विरेन्द्र टोल कमिटी गठन गरिएको पार्टीका नगर उपाध्यक्ष नारायण यादवले जानकारी दिनुभयो । यादवको आतिथ्यता तथा राजकुमार उराँवको अध्यक्षतामा टोल कमिटि गठन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समितिलाई माओवादी केन्द्र जिन्दावाद, महान अमर सहिदहरु लाल सलाम, घरघर जाउँ; माओवादी केन्द्रलाई बिजयी गराऔ र नेकपा माओबादी केन्द्र जिन्दाबादको नारा लगाउन भनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया