फरार अभियुक्त पक्राउ
८ चैत्र २०७८, मंगलवार १७:२०
मिति २०७५/११/२७ गते देखि बैंकिङ कसुर मुद्दामा फरार रहेका फरार अभियुक्त
जिल्ला सुनसरी हरिनगर गाउँपालिका वडा न. १ बस्ने बर्ष ३६ का सम्सेर
आलमलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलिले ३ वर्ष पछि
पक्राउ गर्न सफल भएको छ ।
सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७५/११/२७ गते फैसलाले ३
महिना कैद र रु.७१,९०,०००/-(एकहत्तर लाख नब्बे हजार) जरिवाना भए पश्चात
सम्सेर आलम फरार भएका थिए ।
निज अभियुक्त उपर पुन अनिल कुमार झा र गोबिन्द प्रसाद घिमिरेले
दिएको उजुरी आधारमा सम्मानित अदालतबाट लगत नं. ९०२९, मिति
२०७५/११/२७ गतेको फैसलाले ३ महिना कैद र रु. ५१,९०,०००/-(एकाउन्न
लाख नब्बे हजार) र लगत नं. ९०३०, मिति २०७५/११/२७ गतेको फैसलाले
रु.२०,००,०००/- (बिस लाख) कैद जरिवाना ठेगिएको थियो ।
अभियुक्तलाई पक्राउ पश्चात मिति २०७८।१२।०७ गते नै सम्मानित
अदालतमा उपस्थित गराईएको थियो । निजले जरिवाना बापतको रकम व्यहोर्न
नसकेको हुँदा सम्मानित अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार
कार्यालय पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया