रेडक्रस सोसाइटी उपशाखा इनरुवाको सधारण सभा नै अवैधानी र चोरबाटो बाट गरेको आरोप – Nagarikabhiyan : National News

रेडक्रस सोसाइटी उपशाखा इनरुवाको सधारण सभा नै अवैधानी र चोरबाटो बाट गरेको आरोप

नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाको सधारण सभा नै अवैधानी र चोरबाटो बाट गरेको आरोप बाहिर आएको छ । इनरुवा सभापति रामप्रसाद मेहताले पदमा रहीरहनका लागि जालझेल गरेको उपसभापती महिचन्द साहले आरोप लगाउनुभएको छ । आफै धामी आफै बोक्सी भने झै गोप्य रुपा सधारण सभा गरेर आफै पुनः चयन भएको सामाजिक सञ्जालबाट थाहा आउदाँ आफूलाई आश्चर्य लागेको साहको भनाई छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाका सभापतिमा रामप्रसाद मेहता सर्वसम्मतबाट चयन भएको दावी गरिएको छ तर साहले त्यो झुठ भ्रमपूर्ण कुरा भएको बताउनुभएको छ । रेडक्रसले भने मेहताको सभापतित्वमा ११ सदस्यीय इनरुवा उपशाखा समिति सर्वसम्मतबाट चयन भएको प्रतिकृया दिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाका उपसभापतिमा कानुन अधिकारी, सचिव योगेन्द्र प्रसाद मेहता, उपसचिव कुन्दन मेहता, कोषाध्यक्ष कुमार ओझा, उपकोषाध्यक्ष बिन्दु कुमारी पन्त बराल सर्वसम्मतबाट चयन भएको दावी अर्को थरीले गरेका छन् । त्यसैगरी महिला सदस्यमा विना परियार र सदस्यहरुमा हरि पोखरेल, विश्वनाथ ठाकुर, श्यामदेव मेहता र कामेश्वर पंडित चयन भएका छन् । रेडक्रस सामाजिक कार्य गर्ने संस्था भएर पनि जालझेलमा पारेर सभापती मेहताले अनियमितता गर्ने नियत राखेको रेडक्रसकर्मीको आरोप छ ।